ढुसीजनित रोग लाग्दा तरकारी उत्पादनमा समस्या
टीकापुर। जोशीपुर गाउँपालिका–३ का रामजान चौधरीको फल्न थालेको गोलभेंडा खेतीमा ढुसीजनित रोग देखा परेको छ । व्यावसायिकरुपमा तरकारीखेती गरिरहेका चौधरीको पाँच कठ्ठामा लगाइएको गोलभेंडा गलेर झर्न थालेको छ । ‘‘फलेका गोलभेंडामा ढुसीजनित डढुवा रोग देखा परेको छ । अब प्राविधिकको सल्लाहनुसार औषधि छर्ने भएको छु’’, रामजानले भने,‘‘आलु र काउली पनि तयार भइरहेको छ । गोलभेंडा […]





