समाचार

डोटीमा चितुवा आतङ्क, हप्तादिनमा ८ चौपायाको ज्यान लियो

डोटी। जिल्लामा विगत एक हप्तादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ । जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्ताको अवधिमा कम्तीमा पनि आठ चौपाया मारेका छन् । सोही वडाका खगेन्द्र बोगटीको गाईको बाच्छो, कलुदेवी बोगटीको गाई, शेरबहादुर बोगटीको चार बाख्रा र […]

कृषिमन्त्री अर्याल भन्छिन्, ‘पहिलो सलाम किसानलाई’

स्याङ्जा। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएकी छन्। गृहजिल्ला स्याङ्जाको गल्याङस्थित सार्वजानिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा सोमबार व्यवसायिक उत्पादन शुभारम्भ गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्। विगतमा काम गरिखाने वर्गलाई हेलाहोचो गर्ने संस्कार परिवर्तन हुँदै आएको तर अहिले ती गलत कुराहरु परिवर्तन हुँदै किसानलाई सम्मान गर्ने […]

कृषि उत्पादकत्व वृद्धिका लागि प्रविधिमा जोड : मुख्यमन्त्री गुरुङ

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषिमा उच्च प्रविधिको प्रयोगसँगै उत्पादकत्व वृद्धिमा प्रदेश सरकारले जोड दिँदै आएको बताएका छन्। पोखरा महानगरपालिका–१७ विरौटास्थित कृषि ज्ञान केन्द्र कार्यालयको आज उद्घाटन गर्दै उनले सरकारले कृषि उत्पादन वृद्धिका लागि जमीनको चक्लाबन्दीको साथै व्यावसायिकतामा जोड दिएको बताए। जनसङ्ख्या दरमा आएको वृद्धिसँगै सानो जग्गा, कम लागतमा बढी उत्पादन गर्ने खालको प्रविधियुक्त […]

बाँस बिक्रीबाट मनग्य आम्दानी

विराटनगर। लगनशील भई काम गर्दा प्राप्त हुने आत्मसन्तुष्टि नै ठूलो हुने उदाहरण बाँस बिक्रेताबाट देखिएको छ । विराटनगर–११ केशलीया नदी सडक छेउमा विगत ३० वर्षदेखि बाँस बेच्दै आएका जुगल मण्डलले सो कुराको पुष्टि गरेका छन् । उनले मेहनत र लगनशील भएर काम गर्दा परिवारको पालनपोषण र मासिकरुपमा राम्रो आम्दानी गर्न सफल हुने बताए । बाँसको […]

घरदैलोमा अण्डा पुर्याउँदै किसान दाना उद्योग

चितवन। यहाँको किसान दाना उद्योग प्रालिले सङ्कलन भएको अण्डा घरदैलोसम्म पुर्याउन थालेको छ । कृषकलाई दाना बिक्री गरेर अण्डा उठाउने उद्देश्यले स्थापना भएको सो उद्योगले देशका प्रमुख शहरमा घरदैलोसम्म नै अण्डा पु¥याउन थालेको हो । उद्योगका कार्यकारी निर्देशक विनोद पोख्रेलका अनुसार देशभर ३० भन्दाबढी बिक्री केन्द्रमार्फत घरदैलोका किराना पसलसम्म अण्डा पु¥याउने लक्ष्य लिइएको छ । […]

सात वर्षमा पनि निर्माण सम्पन्न भएन चनौली शीत भण्डार

भरतपुर। चितवनको भरतपुर महानगरपालिका–१८ मा निर्माणाधीन चनौली शीत भण्डार सात वर्षमा पनि सम्पन्न हुनसकेको छैन । कृषि उत्पादन फलफूल, दुग्ध र मासुजन्य पदार्थको सुरक्षित भण्डारण गर्न २०७० वैशाख २७ मा निर्माण शुरु भएको शीत भण्डार अझै सम्पन्न हुन नसकेको हो । यान्त्रिक उपकरण जडान गरी २०७५ सालभित्रमा शीत भण्डार सञ्चालन गर्ने लक्ष्य राखिए पनि तोकिएको […]

कृषि क्षेत्रलाई प्रवद्र्धन गर्दै मालिकार्जुन

दार्चुला। मालिकार्जुन गाउँपालिकाले सरोकारवाला निकायका सहयोगमा कृषि र पशु क्षेत्रलाई प्रवद्र्धन गर्ने भएको छ । बेरोजगार युवालाई कृषि र पशुपालनमा आकर्षित गर्ने ध्येयले गाउँपालिकाले ती दुई क्षेत्रलाई थप विकास र विस्तार गर्न लागेको हो । कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र उपकरणमुखी कृषि प्रणालीको विकास गर्न गाउँपालिकाले पहल समेत थालेको छ । कृषकलाई बीउबिजन सहयोग गर्नेदेखि लिएर […]

गलकोटमा सामूहिक किबी खेती

बलेवा। बागलुङको गलकोट नगरपालिका–४ खरुवाका किसानले सामूहिक किबी खेती अभियान थालेका छन् । समूहमा खेती गरेर किबीको व्यावसायिक उत्पादनका लागि किसान एकै ठाउँमा भएका हुन् । समूहमा खेती गर्दा बजारीकरणमा सहज हुने र खेती गर्ने जमीनकोसमेत एकीकरण हुने भएकाले सामूहिक खेती थालेको किसान बताउँछन् । गलकोट नगरपालिकाको एक लाख ५० हजार आर्थिक सहयोग र बराहथान […]

निशुल्क व्यवसायीक बंगुरपालन तालिम लिने अवशर

पाख्रीबास। नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान केन्द्र पाख्रीबास धनकुटाले युवा उद्यमी कृषकहरुका लागि व्यवसायीक बंगुरपालन तालिम प्रदान गर्ने भएको छ । तालिम सम्बन्धी एक सूचना प्रकाशित गरी केन्द्रले सूचना प्रकाशन भएको १५ दिनभित्र केन्द्रको इमेल ठेगानमा आईपुग्ने गरी निवेदन पेश गर्न सक्ने जनाएको छ । तालिम लिन ईच्छुक किसानले नाम, ठेगाना, उमेर, लिङ्ग, शैक्षिक […]

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

जुम्ला। जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार विकास […]