समाचार

१० कृषि परियोजनाका कृषकलाई आठ करोड अनुदान

बागलुङ। कृषि ज्ञान केन्द्र बागलुङमा स्थापना भएसँगै योजना कार्यान्वयन शुरु गरेको छ । एक महिनाअघि मात्रै बागलुङमा स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले २ सय २१ साना ठूला कृषि फर्मलाई अनुदान दिनका लागि प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रले बागलुङमा आर्थिक वर्ष २०७७/७८ का लागि अनुदानका लागि प्रस्ताव आह्वान गरेको थियो । अनुदानका लागि आएको […]

जौ र मल्टेड जौको खाद्य परिकार बनाउने तीन दिने तालिम सम्पन्न

दोलखा। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पहाडी बाली अनुसन्धान कार्यक्रम अन्र्तगत दोलखाका २० जना कृषि उधमीलाई जौ र मल्टेड जौको बिभिन्न खाद्य परिकार जस्तै पाउरोटी, केक, सिन्के चाउचाउ, कुकिज, बाल आहार, बिस्कुट, पिज्जा आदि बनाउने तीन दिने तालिम प्रदान गरेको छ । कृषक र उद्यमी छनौट गर्दा दोलखाका स्थानीय तह र पहाडी बाली अनुसन्धान […]

कृषिमा रमाउँदै स्याङ्जाका युवा

स्याङ्जा। केही समय पहिला युवाको रोजाइमा नपरेको कृषि पेशामा अहिले विस्तारै युवाहरू आकर्षित हुन थालेका छन् । एक समय कृषि पेशा भन्नेबित्तिकै नाक खुम्च्याउने युवापङ्क्ति अहिले भने यो पेशाप्रति आकर्षित हुन थालेका छन् । नेपालका युवाको रोजाइमा पर्ने गरेको वैदेशिक रोजगारीलाई कोरोना महामारीले समस्यामा पारेपछि नेपाली युवा विकल्पका रुपमा कृषि पेशामा आउन चाहेका हुन् । […]

उन्नतजातको मकैको बीउ अभाव

चितवन।  मकै लगाउने मौसममा बीउको अभाव भएको छ । हरियो घोगा र कुखुराको दानाका लागि उत्पादनको समयमै मकै बिक्री भएपछि बीउ अभाव भएको हो । कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमराज अर्यालका अनुसार बीउका लागि उत्पादन गरिने मकैका उत्पादन गर्न अपनाउनु पर्ने प्रक्रिया कृषकले झन्झटिलो मान्न थालेकाले बीउको अभाव भएको हो । उनका अनुसार […]

जाजरकोट मौरी र सुन्तला जोनको लागि सिफारिस

जाजरकोट। मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ । नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातै वटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक […]

चिउरी कटानले मह उत्पादनमा कमी

जाजरकोट। वर्सेनि वनजङ्गल फँडानी गरी ऐलानी जग्गा कमाउने र सामुदायिक वनको मनोमानीले मह उत्पादनमा समस्या भएको छ । मह उत्पादनको मुख्य स्रोत रहेको चिउरीको फूल चिउरी कटानसँगै मासिने क्रम बढेपछि मह उत्पादनमा कमी आएको हो । जिल्लाको नलगाड नगरपालिका, भेरी नगरपालिकामा चिउरीको जङ्गल मासिने क्रम बढेको छ । पशु चौपायालाई घाँस खुवाउनसमेत चिउरीकै प्रयोग गर्दा […]

सुर्खेतमा पनि देखियो बर्डफ्लु

वीरेन्द्रनगर। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का कृषकले पालेको स्थानीय कुखुरामा बर्डफ्लु रोग देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा विभागले कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठले जानकारी दिइन। यसअघि काठमाडौंको तारकेश्वर नगरपालिकामा पालिएका पछींमा बर्डफ्लु देखिएको थियो । विभागले बर्डफ्लु रोग […]

५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्र्याक्टर

लमजुङ। पहाडी जिल्ला लमजुङमा अनुदानमा यहाँका ९० जना किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाको बेंसीशहर नगरपालिकाले नगरभित्रका ९० जना किसानलाई आज हाते ट्र्याक्टर वितरण गरेको हो । नगर प्रमुख गुमानसिंह अर्यालले किसानलाई ट्र्याक्टर वितरण गर्नुहुँदै कृषिमा यान्त्रीकरण गरी लागत घटाउन र कृषि क्षेत्रलाई प्रविधिमैत्री […]

कृषिमा लगानी बढाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर। कृषिलाई आधुनिकीकरण गरी कम लागतमै बढी उत्पादन बढाउन भीमदत्त नगरपालिकाले कृषिमा लगानी बढाउँदै लैजान थालेको छ । तीन वर्षका अवधिमै नगरपालिकाले कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न, किसानलाई कृषियन्त्र उपलब्ध गराउन, मलखाद, बीउ र प्रविधिमा गरी रु एक करोड ९१ लाख दुई हजार ६२० रकम अनुदानका रुपमा किसानलाई उपलब्ध गराएको छ । आव २०७४/७५ मा […]

‘सुरक्षित तरकारी’ उत्पादन गर्दै पाँचखालका कृषक

काभ्रे। पाँचखाल नगरपालिका–७ श्रीरामपाटीको कृषक शशिकला ढकालले यो वर्ष पनि काउली र आलु बालीमा रासायनिक विषादी हालेनन् । उनले जाडोयाममा विशेषगरी बालीमा ढुसी लागेमा मात्रै कृषि प्राविधिकको सल्लाहमा विषादी छरे । “करिब दुई वर्षदेखि रासायनिक विषादी हाल्न छाडेका छौँ, कहिलेकाहीँ बालीमा ढुसी लागेमा मात्रै कृषि प्राविधिकको सल्लाहमा हाल्छौँ”, दाहालले भने। यस वर्ष काउली र गोलभेँडामा […]