समाचार

रघुगङ्गाका किसानलाई अनुदानमा कृषि सामग्री र औजार वितरण

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा कृषि सामग्री र औजार उपलब्ध गराएको छ । कृषिमा यान्त्रिकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन सामग्री र औजार खरिदमा अनुदान उपलब्ध गराएको हो । दुई सय ६१ जनालाई प्लास्टिक टनेल, ७८ लाई स्प्रे, ७४ लाई सिकेचर, २९ लाई यान्त्रिक हलो, १० पिसानी मिल, ८ […]

अझै केही दिन मौसम सुधार नहुने

ललितपुर। विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ । “अबको दुईतीन दिनमा त्यस्तो कुनै मौसमी प्रणाली विकास हुने अवस्था देखिएको छैन”, मौसमविद् श्रेष्ठले भन्नुभयो । नेपालका अधिकांश जिल्लामा डढेलो […]

बन्दीपुरलाई बाख्रापालन पकेट क्षेत्र बनाइँदै

तनहुँ। बन्दीपुर गाउँपालिका–१ लाई बाख्रापालनका लागि पकेट क्षेत्र बनाउन लागिएको छ । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले बाख्रापालन पकेट क्षेत्र बनाउन लागेको हो । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत बाख्रापालन पकेट क्षेत्रका लागि रु. १५ लाख विनियोजन भएको वडाध्यक्ष भानुभक्त पोखरेलले बताए। गाउँपालिकाले बाख्रापालनका लागि १ नं वडालाई छनोट गरेपछि कार्यक्रमको प्रक्रिया अघि बढाइएको उनले बताए । […]

जुम्लाको धान दिवस : ‘बारुवा, सोरुवाँ र विश्वाँपर्व’

कर्णाली। ‘चैताबारुवाँसम्म घर आएन भने जुम्ली म¥यो भुनि जान्नु ।’ दुई दशकअघिसम्म चैतको १२ गतेसम्म घर नपुग्दा जुम्लीको मृत्यु सुनिश्चित गरिन्थ्यो । यो कर्णालीको जनजीवनमा आधारित यथार्थ र कारुणिक कथन हो । यससँग यहाँको सामाजिक र सांस्कृतिक जीवन जोडिएको छ । असोज कात्तिकमा धान, कोदो, फापरलगायत बाली भण्डारण गरेर कालापहाड जाने कर्णालीवासीको जीवनशैलीसँग सम्बन्धित कथा […]

चौंथो नेपाल एग्रिटेक अन्र्तराष्ट्रिय कृषि प्रर्दशनीको मिति परिवर्तन

ललितपुर। मिडिया स्पेस सोलुसन्स् प्रा.लि.द्धारा यही चैत्र २७ देखि २९ गते चितवनको भरतपुरमा आयोजना गर्ने भनिएको चौंथो नेपाल एग्रिटेक अन्र्तराष्ट्रिय कृषि प्रर्दशनी छिमेकी मुलुकहरुमा बढिरहेको कोभिड संक्रमण एवं अवलोकनमा आउने अवलोकनकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दे प्रर्दशन मिति परिवर्तन गरिएको जनाएको छ । साथै अव उक्त मेला २०७८ भाद्र १८ देखि २० गते सम्म सोहि स्थानमा हुने […]

केरा उत्पादक कृषक उत्साहित

परासी। कृषि उपज भण्डारका लागि शीतभण्डार निर्माण अघि बढेपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता र प्रतापपुर क्षेत्रका स्थानीय केरा उत्पादक कृषक उत्साहित भएका छन् । कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षण गराउने उद्देश्यले सुस्ता गाउँपालिका–४ नर्सहीमा शीतभण्डार निर्माण सुरुवात गरिएको हो । लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७५ र सुस्ता गाउँपालिकाको २५ प्रतिशत […]

गहुँ उत्पादनमा अग्रणी बन्दै सुन्दरीफाँटा

कञ्चनपुर। कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटा गाउँ गहुँ खेतीको उर्वर भूमिका रुपमा परिचित भएको छ । गहुँ खेतीका लागि किसानले आधुनिक यन्त्र, उपकरण, उन्नत जातको गहुँको बीउ र मलको प्रयोग गर्न थालेपछि प्रतिवर्ष गहुँको उत्पादन बढ्दो रुपमा रहेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चौधरी थारू गहुँ ब्लक समिति गठन गरेपछि यस क्षेत्रले […]

पशुजन्य उत्पादनमा अनुदान पाएपछि कृषकहरु उत्साहित

पर्वत। पर्वतको महाशिला गाउँपलिकाले पशुपालन गर्न ईच्छुक कृषकहरुलाई अनुदान दिएपछि यहाँका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन् । युवालाई स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि यहाँका कृषक उत्साहित बनेका हुन् । गाउँपालिकाले दूधमा प्रतिलिटर १० र खसीबोका उत्पादनमा प्रतिकिलो २५ अनुदानको व्यवस्था गरेको छ । गाउँका कुनै पनि कृषकले उत्पादन गरेर निर्यात गर्ने […]

मौसममा तत्काल सुधार देखिँदैन, सावधानी अपनाउनुस् : जल तथा मौसम विभाग

ललितपुर। जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जानकारी दिएको छ । मनसुनपूर्वको सोमवारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको […]

बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती

दमौली। तनहुँको म्याग्दे गाउँपालिका–२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान छन्। बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उनी मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित छन् । खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गुनासो छ । “खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण पनि गर्ने गरेको छ, […]