लमजुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषि क्षेत्रबाटै मुलुक समृद्ध हुने बताएका छन् ।
गृह जिल्ला लमजुङस्थित सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा सञ्चालित तीन महिने तालीमको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले कृषि क्षेत्रबाटै मुलुक समृद्ध हुने र यसका लागि इजरायली प्रविधि विस्तार गर्न आवश्यक रहेकाले त्यसतर्फ प्रदेश सरकार लागेको बताए ।
इजरायली प्रविधिको प्रयोग गर्दै कृषिमा यान्त्रिकरण, आधुनिकरण र व्यवसायीकरण गर्दै अघि बढ्नुपर्नेमा गुरुङले जोड दिए । त्यस्तै, प्रदेश सरकारले जनताका लागि विजुली, खानेपानी, सडक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई विषेश प्राथमिकतामा राख्दै अघि बढिरहेको मुख्यमन्त्री गुरुङको भनाइ छ ।