समाचार

तरकारी खेतीमा रमाउँदै युवा

कन्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन । घरकै बारीमा तरकारी खेती गरेर उनले वार्षिकरूपमा रु. आठ लाख बढी आम्दानी गर्दै आएका । विदेशमा दुःख गर्दासमेत गतिलो आम्दानी हात पार्न नसकेका उनले बारीमा तरकारी रोप्न थालेपछि विगतका दुःखका दिन […]

भाउ बढेसँगै बजार पुग्न थाल्यो अम्लिसो

इलाम। विगतका वर्षहरूको तुलनामा यस वर्ष कुचो (अम्लिसो) को भाउ बढेपछि किसान औधी रमाएका छन् । उनीहरु अहिले अम्लिसो थुतेर बजारसम्म पु¥याउन थालेका हुन् । मध्यपहाडी क्षेत्रमा उत्पादन हुने कुचोको ठूलो परिमाणमा भारत जान्छ । नेपाली उत्पादन भए पनि भारतीय व्यवसायीले राखेको भाउमा नेपाली व्यवसायी चल्नुपर्छ । भाउ अस्थिर हुनाले किसानले अधिकतम मूल्य पाउनकै लागि […]

प्रदेश एक बन्यो दूधमा आत्मनिर्भर

विराटनगर। ‘दूध सेवन, स्वस्थ र समृद्ध जीवन’ भन्ने तथ्यलाई आम नागरिकले ग्रहण गर्नसकेमा प्रदेश नम्बर १ बाट ‘मिल्क होली डे’ समाप्त हुने अवस्था छ । शरीरका लागि अत्यधिक पोषिलो र लाभदायक मानिने दूध र दुग्धजन्य पदार्थको सेवनमा पछिल्लो समयमा मानिसहरु थप आकर्षित भएको पाइएको छ । आमनागरिकमा साकाहारी बन्ने र अर्गानिक खानेकुराको सेवन गर्ने बानीको […]

किसानहरुको वर्गीकरण गरी कृषि कार्यक्रमलाई व्यवस्थित गछौं : मन्त्री अर्याल

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताएकी छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलाहरुसँग आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले पहिलो चरणमा किसानहरुको वर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने उल्लेख गरिन् । मन्त्री अर्यालले भनिन्, “किसानहरुको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न […]

सुन्तलाको बगैँचा मासेर ड्रागनखेती

तनहुँ। रोगका कारण सुन्तला बगैँचाका रुख मर्दै गएपछि सुन्तलाखेती मासेर यहाँका दुई व्यक्ति मिलेर ड्रागनखेती शुरु गरेका छन् । जिल्लाको व्यास नगरपालिका–११ तनहुँसुर धरमपानीका हिमलाल श्रेष्ठ र देवेन्द्र क्षेत्री मिलेर ड्रागनखेती थालेका हुन् । एचडी ड्रागन फ्रुट एण्ड फर्म दर्ता गरी बाँझो जग्गामा ड्रागनखेतीतर्फ लगाएको कृषक श्रेष्ठ बताउछन् । सुन्तलाखेतीको तुलनामा दुःख कम हुने, बजारमा […]

स्याउमा सुनौलो भविष्य खोज्दै मुस्ताङका किसान

गण्डकी। हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा व्यावसायिक कृषिको महत्वपूर्ण विकल्प बनेको स्याउ खेतीका लागि पुसमाघको समय कलमी गर्ने, स्याहारसुसार गर्ने एवम् लाग्न सक्ने सम्भाव्य रोगबाट जोगाउन रोग प्रतिरोधक औषधि एवं अन्य कीटनाशक औषधि प्रयोग गर्ने बेला हो । पछिल्ला वर्ष बढ्दै गएको जलवायु परिवर्तनको असरसमेतका कारण विगतमा […]

रेशम खेतीतर्फ आकर्षित हुँदै देउखुरीका किसान

देउखुरी। दाङ देउखुरीको गढवा क्षेत्रमा रेशम खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । गढवा गाउँपालिकामा ६० बिघामा रेशम खेतीका लागि किम्बुको बिरुवा रोपिएको छ । रेशम कीराले मन पराउने किम्बुको बोटबाट आहारा विकास गरी रेशम कीरापालनबाट प्राप्त कोया प्रशोधन गरेर रेशम धागो उत्पादन गरी रेशम खेती गरिन्छ । देउखुरीको हडैया गाउँमा १० कृषि फर्म स्थापना […]

राजनीतिक भागबण्डाले अस्तव्यस्त कृषि तथा वन विज्ञान विश्वविद्यालय

चितवन। राजनीतिक दल निकटका प्राज्ञिक समूहको पदको होडबाजीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । एक महिनाअघिदेखि विश्वविद्यालयका केन्द्रीय कार्यालयमा विभिन्न समूहको तालाबन्दी छ । विश्वविद्यालमा महत्वपूर्ण पद आफू र आफ्नो समूहलाई हात पार्ने नाउँमा विश्वविद्यालयलाई बन्दक वनाइएको हो । विश्वविद्यालयमा प्रजातन्त्रवादी प्रध्यापक सङ्घ, प्रगतिशील प्राध्यापक सङ्गठन र ज्यालादारी कर्मचारीले छुट्टाछुट्टै ताला […]

कृषि क्षेत्र सुधारका लागि कर्णाली प्रदेश सरकारको साढे दश करोड लगानी

सर्खुेत। कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रको सुधारका लागि सुर्खेतमा एकै पटक साढे दस करोड लगानी गरेको छ । चालु आर्थिक वर्षमा कृषिका विभिन्न कार्यक्रमका लागि साढे दस करोडभन्दा बढी रकम लगानी गरेको हो । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार कृषि उत्पादन बढाउने उद्देश्यले प्रदेश सरकारले दश करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । प्रधानमन्त्री […]

स्याउका बिरुवा निर्यात गर्दै किसान

खलङ्गा। जुम्लाका किसान स्याउका बिरुवा जिल्ला बाहिरा निर्यात गर्न लागिपरेका छन् । बाहिर जिल्लाका किसान बिरुवा लिन नर्सरीमै पुग्ने गरेको स्याउ किसान गोपाल रोकायाले जानकारी दिए । यस वर्षमा पहिलो पटक दाङ जिल्लामा स्याउ बिरुवा निर्यात गरेसँगै बाहिरी जिल्लाबाट स्याउका बिरुवा खरीद गर्न नर्सरीमै स्याउ लगाउने किसानको भीड हुने गरेका तिला गाउँपालिका– १ का वरिष्ठ […]