रैथाने जातको धान जस्तै अनदीको महत्त्व र संरक्षण
रैथाने बाली भन्नाले बालीका त्यस्ता प्रजाति हुन् – जुन पञ्जीकरण (Quintuplication) र व्यवसायीकरण नगरिएको भन्ने बुझिन्छ। रैथाने बाली कुनै ठाउँविशेषको स्थानीय हावापानीमा पाइन्छ। धान जातिका रैथाने बालीहरू जस्तै मन्सुली, मनहरा, तिल्की, चन्नचुर, मानामुरी, ठिमाहा, अनदी, लक्का बास्मति, जोरायलो बास्मति, गौरिया, आदि देशको तराई भेगदेखि उच्च हिमाली क्षेत्रमा पाइन्छन्। तीमध्ये एक हो अनदी धान। यसलाई पकाएपछि […]





