मकै नेपालको प्रमुख अन्नबाली हो । यो हिमाल, पहाड, तराई सबै भेगमा धेरथोर उत्पादन हुन्छ । मकैबाट दिडो, रोटि भात आदि परिकार तयार गर्न सकिन्छ । स्वादिष्ट सुप बनाउनका लागि हरियो दुधे मकैको पिठो (कर्न पाउडर) अनिवार्य हुन्छ । अहिले मकैबाट खाने तेल उत्पादन हुन थालेको छ । उन्नत प्रविधि र गुणस्तरीय उन्नत विउको प्रयोगबाट खाद्यान्न बालीको उत्पादन २५ प्रतिशतले बढाउन सकिन्छ । मकै खेतीमा मकै उम्रनको लागि २० डिग्री तापक्रम चाहिन्छ भने वृद्धि विकासको लागि २१ देखि २७ डिग्री सेन्टिग्रेड तापक्रम चाहिन्छ । मकै चमर निस्कने (फूल फुल्ने) समयमा ३५ डिग्री सेन्टिग्रेडभन्दा बढि र १० डिग्री सेन्टीग्रेडभन्दा कम तापक्रम भयो भने परागसेचन घट्ने र घोगामा दाना नलाग्ने समस्या हुन सक्छ । यसमा बोटको उचाई, घोगा लाग्ने आख्लासम्मको उचाई, धान चमरा तथा जुँगा निस्कन लाग्ने दिन तथा पाक्ने दिनमा सबै बोटमा एकरूपता हुन्छ तथा एकै किसिमको वंशाडू रहने हुँदा सबै बोट निरोगी हुन्छन् र रोग लागेमा सबै बोटमा लाग्दछ।
नेलमा करिब ९,००,२८८ हे क्षेत्रफलमा मकै खेती गरेको पाइन्छ भने उत्पादकत्व २५५ मे. टन रहेको छ । कुल मकै खेती गरिने क्षेत्रफलको ७० प्रतिशत भू-भाग पहाडमा, २० प्रतिशत तराई र १० प्रतिशत उच्च पहाडमा रहेको छ भने उन्नत मकैले ढाकेको क्षेत्रफल करिब ८६ प्रतिशत, करिब १० प्रतिशत क्षेत्रफल स्थानिय एवम् रैथाने मकैले तथा हाइब्रेड मकैले ढाकेको क्षेत्रफल करिब ४ देखि ५ प्रतिशत रहेको अनुमान गरिएको छ ।
पुराना तथा स्थानिय जातका मकैको बिउमा प्रयोग, रोग र किराग्रस्त बीउको प्रयोग,माटोमा विभिन्न खाद्य तत्वहरूको कमी, उन्नत तरिकाको खेति प्रविधिको कमी जस्तो कारणले मकैको उत्पादकत्व कम रहेको छ । पछिल्ला वर्षहरूमा बाटोको सुविधा भएको, रासायनिक मल, सिंचाईको राम्रो प्रबन्ध र बजारको व्यवस्था भएका क्षेत्रहरूमा बढ्दै गएको हाइब्रिड मकै खेतिको कारण उत्पादन, उत्पादकत्व एवं रोजगारी सिर्जनामा समेत फाइदा पुगेको देखिन्छ ।
हाइब्रिड भन्नाले क्रमबद्ध रुपमा मकैको विरुवालाई ६-७ पुस्तासम्म स्वसेचन गरी निकालिएका इन्ब्रेड लाइनहरू आपसमा क्रम गरेर निकालिएको पहिलो पुस्ता भन्ने जनाउँदछ । हाइब्रिड विभिन्न प्रकारका हुन्छन। सिंगल क्रस, डबल क्रस, थ्रि वे क्र्स तथा टप क्रस हाइब्रिड आदि। सिंगल क्रस हाइब्रिडको उत्पादन क्षमता अन्य हाइब्रिडको भन्दा बढि हुन्छ । हाइब्रिडलाई एक पटक लगाई त्यसबाट आएको बीउ पुन: लगाएमा उत्पादनमा निकै कमी आउने हुँदा प्रत्येक सिजन मकै लगाउँदा नयाँ बिउ किनेर लगाउनुपर्छ । हाइब्रीडको सबै बोटमा एकलासका घोगा पाइन्छ ।
हावापानी
मकैलाई अलि बढ़ि न्यानो हावापानी चाहिन्छ। तर वैज्ञानिकहरुको अनुसन्धानका अनुसार कुनै पनि हावापानीमा यसको खेती गर्न सकिन्छ । यद्यपि यसको लागि उपयुक्त तापक्रम १९ देखि ३२ डिग्री सेल्सियस (डि से) मानिन्छ भने वर्षाको हकमा १५ देखि २०से.मी उपयुक्त मानिन्छ । मकै न्यूनतम १० डि.सेमा उम्रन सक्छ । तर एकनासले उम्रनका लागि माटोको तापक्रम १६ देखि १८ डिग्री सेल्सियस उपयुक्त हुन्छ । कुहिरो र तुसारोले विरुवाको कुनै पनि अवस्थामा असर पार्न सक्छन् । मुख्यतया पातहरुलाई कुहिरो र तुसारोले क्षति पुयाउँछन् । त्यसैगरि दाना लाग्ने समयमा पनि यसले नराम्रोसँग क्षति पुयाउँछ । कुहिरो र तुसारोले विरुवाको कुनै पनि अवस्थामा असर पार्न सक्छन् । मुख्यतया पातहरुलाई कुहिरो र तुसारोले क्षति पुयाउँछन् । त्यसैगरि दाना लाग्ने समयमा पनि यसले नराम्रोसँग क्षति पुयाउँछ ।
माटो
गहिराई भएको माटो ,उपयुक्त निकास भएको,चिस्यान प्रशस्त भएको, उपयुक्त तथा सन्तुलित मात्रामा खाद्य तत्त्व समावेश भएको, उपयुक्त भौतिक एवं रासायनिक गुणहरू भएको माटो मकैको वृद्धि एवं विकासका लागि राम्रो मानिन्छ।
रोप्ने दूरी तथा बिउदर
बिउ रोप्दा लाइनमा रोप्नुपर्छ । दूरी मुख्यत लगाउने सिजन, माटोको उर्वर शक्ति, सिंचाईको अवस्था, आदिमा निर्भर गर्दछ । यसरी लाईनमा रोप्दा अगौटे मकैको हकमा लाइनदेखि लाइनको दुरी ६० से मी र बोट देखि बोटुको दूरी २० से.मि हुनुपर्दछ भने पछौटे मकैको हकमा ७५ से मी x २५ से मीको दुरीमा रोप्नु उपयुक्त हुन्छ ।
सिंचाई व्यवस्थापन
हिउँद र वसन्ते सिजनमा लगाइने मकैलाई रोपाई पूर्व सिंचाई दिनु पर्दछ । माटो सुख्खा भएमा सिचाईको स्रोत आदिमा निर्भर गर्दछ । ड्याङ बनाएर लगाएको बालीमा पानी लगाउँदा ड्याङ्को दुई तिहाई भाग भिज्ने गरी पानी लगाउनुपर्दछ । एकैपटक पानीले डुबाउनुभन्दा हल्का र पटक पटक पानी दिनु उपयुक्त हुन्छ । सामान्यता मकै बाली घुँडासम्म अग्लो भएको अवस्था, जुगा निस्कने अवस्था र दाना पोटिलो हुने अवस्थाहरु बढि संवेदनशील हुनाले यी अवस्थाहरूमा सिचाई दिनु जरुरी हुन्छ ।
सिंचाई व्यवस्थापन
हिउँद र वसन्ते सिजनमा लगाइने मकैलाई रोपाई पूर्व सिंचाई दिनु पर्दछ । माटो सुख्खा भएमा सिचाईको स्रोत आदिमा निर्भर गर्दछ । ड्याङ बनाएर लगाएको बालीमा पानी लगाउँदा ड्याङ्को दुई तिहाई भाग भिज्ने गरी पानी लगाउनुपर्दछ । एकैपटक पानीले डुबाउनुभन्दा हल्का र पटक पटक पानी दिनु उपयुक्त हुन्छ । सामान्यता मकै बाली घुँडासम्म अग्लो भएको अवस्था, जुगा निस्कने अवस्था र दाना पोटिलो हुने अवस्थाहरु बढि संवेदनशील हुनाले यी अवस्थाहरूमा सिचाई दिनु जरुरी हुन्छ ।
गोडमेल तथा झारपात व्यवस्थापन
हाइब्रिड मकैबाट बढि उत्पादन लिनका लागि दुईपटकसम्म गोडमेल गर्नुपर्दछ । विरुवा उम्रेको २०-३५ दिन पछाडि पहिलो गोडाइ र दोस्रो गोडाई पहिलो गोडाईको ३ हप्तापछि गर्नुपर्दछ । दोस्रो गोडाइपछि उकेरा दिनु उपयुक्त हुन्छ । भारपातका कारण मकैमा ३५ प्रतिशतसम्म उत्पादनमा ह्रास पुगेको देखिन्छ । मकैको बिउ उम्रन भन्दा अगावै वा रोपेको ३ दिन भित्र एट्रांजिन वा सिमाजीन १ देखि १.५ के जो प्रति हे का दरले ६00 लिटर पानीमा मिसाएर छर्नु उपयुक्त हुन्छ । त्यस पश्चात १ देखि २ पटक कोदालोको सहायताले मकैमा माटो चढाउँदा जरामा हावाको सञ्चार राम्रोसँग हुने तथा झारपातको नियन्त्रण पनि राम्रो संग हुन्छ । झारपतको विषादी छर्दा विषादीको नेटवर्क नटुटाउनका लागि विषादी छर्दै पछाडि तर्फ आउनु उपयुक्त हुन्छ।
रोग तथा कीरा व्यवस्थापन
किराको हकमा माटोमा बसेर क्षति पुर्याउने खालका किराहरू फेदकटुवा, खुम्रे आदि प्रमुख मानिन्छन् । यि कीरा नियन्त्रणका लागि राम्रोसँग पाकेको तथा पुरानो गोबर वा कम्पोष्ट मल प्रयोग गर्ने, गहिरो खनजोत गरी जोत्ने जस कारण किराको लाभ्रे तथा प्युपा अवस्था माटोको सतहमा आई चर्को घामका कारण नष्ट हुन सकुन ।
डॉठ तथा गुबोभित्र बसेर खाने गबारो कीरा जमिनमाथि लाग्ने मुख्य कोरा हो यसको नियन्त्रणका लागि क्लोरपाईरिफस २ देखि ३ दाना प्रत्येक गुवोमा राखिदिने। रोगहरूको हकमा दक्षिणी पात डडुवा, उत्तर पात डडुवा, घोगा कुहिने रोग, डाठ कुहिने रोग आदि हुन्।
मकै भण्डारण
मकैको दाना उप्काई खोयामा गाडिने भाग तिर कोट्याई हेरेर कालो पत्र देखिएमा मकै पाकेको निश्चित हुन्छ । साधारणयता मकैको दानाको चिस्यान ३० प्रतिशतभन्दा कम भएपछि मकै भाँच्न उपयुक्त हुन्छ । मकैको घोगा सुकेपछि घाम लागेको बेला मकै भाच्नुपर्दछ । मकैको घोगालाई झुत्ता बनाएर झुन्ड्याउने वा घोगालाई राम्ररी घाममा सुकाएर मात्र भण्डारण गर्नु पर्दछ ।
किसानहरूले यि नयाँ प्रविधि बुझेर त्यसलाई अनुकरण गर्दै प्रशस्त मात्रामा मकै उत्पादन त गर्छन तर बजार व्यवस्थापन राम्रो नभएकाले किसानको खर्च उठाउन पनि मुश्किल देखिन्छ । प्रति घोगा रु ३ देखि ५ मा मुस्किलले बिग्री हुन्छ । किसान र सामान्य सर्वसाधरणका बिचमा रहेका बिचौलियाहरुको कारण यसो हुन गएको हो । किसानलाई मर्का नपर्ने गरी सरकारले मूल्य निर्धारण गर्दीदा राम्रो होला। कृपया यस विषयमा सम्बन्धित निकायको ध्यान जाओस ।
जय कृषि।