जानकारी

सरकारले कति तोक्यो धानको मूल्य ?

काठमाडौं। सरकारले चालू वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मुलुकभर धान थन्क्याउने चटारो चलिरहेका बेला सरकारले पनि किसानको धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । आपूर्ति मन्त्रालयका अनुसार धानको यो न्यूनतम समर्थन मूल्य करीब एक साताअघि मन्त्रिपरिषद्ले पारित गरेको हो । कृषि विकास मन्त्रालयको सिफारिशका आधारमा आपूर्ति मन्त्रालयले न्यूनतम समर्थन मूल्यको प्रस्ताव […]

सुन्तला उत्पादनमा कमी आएपछि किसान निराश

म्याग्दी। सुन्तला उत्पादनमा भारी मात्रामा कमी आएपछि म्याग्दीका किसान निराश भएका छन् । फल लाग्ने बेलामा पर्याप्त पानी नपरेका कारण सुन्तला उत्पादनमा कमी आएको कृषकको भनाइ छ । बोटमा फल नै कम लागेको र अहिले बोटमा फलेका सुन्तलाका दानासमेत झर्न थालेपछि समस्यामा परेको बेनी नगरपालिका–१३ बास्कुनाका सुन्तला खेती गर्दै आएका कृषक भीम थापाले बताए । […]

सबै जिल्लामा कृषि ‘सुपर जोन’ कार्यक्रम

कैलाली । कृषिमन्त्री गौरीशङ्कर चौधरीले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’मार्फत ७५ ओटै जिल्लामा ‘सुपर जोन’ कार्यक्रम अघि बढेको बताएका छन् । पब्लिक मिडिया क्लबद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले सुपर जोन कार्यकमका लागि दशवर्षीय कार्यनीति तय भएको र यसका लागि रू. एक खर्ब ३० अर्ब खर्च गर्ने लक्ष्य रहेको बताए । बसौटी, उदासीपुर, मसुरिया र पहलमानपुरलाई […]

तीन कृषकलाई उत्कृष्ट राष्ट्रपति पुरस्कार

इनरुवा। जिल्ला कृषि विकास कार्यालय सुनसरीले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा आइतबार एक कार्यक्रमको आयोजना गरेर तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरेको कार्यालयका प्रमुख राजकान्त झाले जानकारी दिनुभयो । पुरस्कृत हुनेमा देवानगञ्जका तरकारी कृषक देवानन्द मेहता, पकलीका च्याउ कृषक दीपक आचार्य र प्रकाशपुरका मौरीपालक […]

संरक्षण हुन सकेन वीरेन्द्र फूलबारी

पाल्पा। सदरमुकाम तानसेनको टुँडिखेल नजिकै रहेको ऐतिहासिक वीरेन्द्र फूलबारीको अवस्था नाजुक बन्दै गएको छ । तानसेनको विकासमा थप टेवा पु¥याउने उद्देश्यले झन्डै ३६ वर्ष अगाडि निर्मित सो फूलबारी यतिखेर स्याहार संरक्षणको पर्खाइमा छ । तानसेन नगरपालिका प्राङ्गणको टँुिडखेल मैदान, बसपार्क नजिकै रहेको वीरेन्द्र फूलबारीले जो कोहीलाई मोहित पारेको थियो । अहिले यसको स्याहारसुसारमा कसैले चासो […]

राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट कृषक सम्मानित

धनगढी। कृषि विकास कार्यालय कैलालीले यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषकलाई शुक्रबार पुरस्कृत गरेको छ । विश्व खाद्य दिवसका अवसरमा आयोजित कार्यक्रममा धनगढी बोराडाँडीका कुखुरापालन व्यवसायी विवेक भट्ट, कैलाली सुगरखालका फलफूल खेतीमा संलग्न नवलसिंह रावल र तरकारी खेतीमा संलग्न अत्तरिया नगरपालिका–१२ गेटीका मन्त्री रानालाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही रु १० […]

डडेल्धुरामा यस वर्ष सुन्तला उत्पादनमा कमी

डडेल्धुरा। जिल्लामा सुन्तला उत्पादनमा कमी आएको छ ।बर्सेनि कृषकले सुन्तलाका बिरुवा लगाउँदै आएका भए पनि रोगका कारण बोट सुक्दै जाने, भएका बोटमा पनि सानो दाना फल्ने र दाना नपाक्दै झरेर जाँदा उत्पादनमा कमी आएको हो । जिल्लाका बगरकोट, अमरगढी नगरपालिका, गाङ्खेत, रुपाल, भागेश्वर, बेलापुर, मणिलेकलगायत गाविसमा सुन्तला अत्यधिक उत्पादन हुन्छ । गत वर्ष जिल्लामा ४३० […]

म्याग्दीमा उनन्चालीस हजार मेट्रिक टन खाद्यान्न उत्पादन

म्याग्दी। जिल्लाको १९ हजार ७५५ हेक्टर खेतीयोग्य जमिनमा वार्षिक ३९ हजार ६६७ मेट्रिक टन अन्नबाली उत्पादन भइरहेको छ । विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या एक लाख १३ हजार ६०० रहेको छ । जिल्लालाई आवश्यक पर्ने २२ हजार ८४१ मेट्रिक टन खाद्यान्न जिल्लामै उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद […]

केराबाट राम्राे आम्दानी

गाईघाट (उदयपुर) । जिल्लाको पूर्वी क्षेत्रका किसानले यस वर्ष दसैँ, तिहार र छठपर्वको अवसरमा केरा बिक्रीबाट मनग्य आम्दानी गरेका छन् । पूर्वी क्षेत्रका तपेश्वरी, सुन्दपुर, हँडिया र जोगीदहका किसानले दसैँ, तिहार र छठपर्वमा केरा बिक्री गरी रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गरेका तपेश्वरी–४ का विष्णुप्रसाद दाहालले बताउनुभयो । सबैभन्दा बढी मालबोक […]

उत्कृष्ट दश कृषक पुरस्कृत

पाल्पा । जिल्ला कृषि विकास कार्यालय पाल्पाले १० जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । कार्यालयले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारतर्फ मदनपोखराका नगेन्द्रराज पाण्डे, रामपुरका सूर्यप्रसाद रेग्मी र पोखराथोकका लेखनाथ गैरेलाई पुरस्कृत गरेको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले प्रतिव्यक्ति नगद रु १० हजार, सम्मान पत्र र दोसल्ला ओढाएर पुरस्कृत कृषकलाई सम्मान गर्नुभयो । त्यस्तै […]