जानकारी

काँक्रो खेती गर्ने तरिका ,प्रबिधी र जानकारी

काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो। यो कुकुरविटासी परिवारमा पर्दछ। काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ। अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन। यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ। काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने बेमौसमी खेतीका लागि पुसमा बेर्ना तयार गरी रोपिन गर्दछ। […]

भिन्डी अर्थात रामतोरीया खेती सम्बन्धी सम्पूर्ण जानकारी

भिन्डी अर्थात रामतोरीया एक प्रकारको तरकारी हो । भिण्डी उष्ण तथा उपोष्ण क्षेत्रको तरकारी वाली हो । यस समूहका वालीहरुलाई गर्मी आदर्ता हावापानी र घाम लाग्ने मौसमको आवश्यकता पर्दछ । यसले तुषारो विल्कुलै सहन सक्तैन । यसको वोटको वृद्धि, फुल्ने तथा फल्नको लागि २५–३० डि. से. तापक्रम उपयुक्त मानिन्छ । भिण्डी फल सकेसम्म ताजामै प्रयोग […]

बाख्रा पालन गर्ने तरीका

बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो। बाख्रा बोभिड (Bovidae) परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडाहरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ (Caprinae) सह-परिवार अन्तर्गत पर्दछन। बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ। बाख्रालाई मासु, दुध, ऊन र मलको लागी धेरै जसो किसानहरूले बाख्रा पालन गरेको पाइन्छ। बाख्राहरू विभिन्न प्रजातीको हुन्छन्।खरी, औले, तराई […]

व्यवसायिक कुखुरा पालन, जाडोयाममा देखिने समस्या, रोकथाम र व्यवस्थापनका उपाएहरु

वर्षभरीमा हुने मौसम परिवर्तन संगै व्यवसायिक कुखुरा पालनमा मौसम अनुरुप आउने समस्या, रोकथाम र व्यवस्थापनका उपाएहरु जान्नु सफल व्यवसायको आधार हो।मौसम अनुसार तापक्रम घटबढ हुनाले कुखुरा पालनमा त्यहीअनुरुपले व्यवस्थापनमा ध्यान पुराउनु अत्यावश्यक छ। पशुपालन मध्यमा सबैभन्दा धेरै शारिरीक तापक्रम कुखुराहरुको हुने र मौसम अनुरुप तापक्रमको घटबढले गर्दा कुखुरामा हुने तनाबलाई न्यूनीकरण गर्न सक्नु कुखुरा पालन […]

अकबरे खुर्सानी खेती गर्ने तरिका

खुर्सानीको उत्पत्ति मध्य अमेरीकाबाट भएको भन्ने अनुमान छ । नेपालमा २०–२५ खालका पिरो,भेडेखुर्सानी र अकबरे खुर्सानी पाईन्छन्। त्यस मध्ये पूर्वी नेपालमा अकबरे खुर्सानी पाईन्छन्।भने कही कही नेपालको पश्चिमी क्षेत्रमा पनि यसको खेती गरेको पाइन्छ । नेपाल अधिराज्यभर यसको खेती गर्न सकिन्छ । विशेषगरी अकबरे खुर्सानी पूर्वी पहाडमध्ये पनि इलाम र धनकुटामा बढी खेती गरेको पाइन्छ । पूर्वी […]

जिरा खेती प्रविधि

जिरा एक मसला वाली हो । यस्को उत्पत्ति मिश्र ( इजिष्ट) मा भएको मानिन्छ । उत्पादन गर्ने प्रमुख राष्ट्रहरुमा भारत,इरान, इराक,साउदी अरव मिश्र चीन आदि पर्छन नेपालमा यसको खेति नगण्य रुपमा गरिदै आएको छ । नेपालमा जिरा आयात गर्ने पव्रमुख देश भारत हो ,बर्षको २० अर्ब भन्दा बदी जीरा आयत हुन्छ। यसको विकासका लागि नेपालमा राष्ट्रिय मसला वाली […]

काउली खेती प्रविधि

काउली बाली भन्नाले फूलकोभी, बन्दा ग्याठकोभी, चाइनिज बन्दा, ब्रकाउली, अन्तरकोभी आदी तरकारीहरुलाई बुझाउने भएकाले काउली एउटा सामूहिक नाम हो । यो वालीहरुको वंश क्रुसिफेरी र अनुवंश ब्रासिका हो । यो तरकारीहरुको खाइने भाग फरक–फरक भए तापनि खेती प्रविधि र आवश्यकताहरु मिल्दाजुल्दा नै छन् । हावापानी हावापानीको दृष्टिकोणले सबै कोभीहरु जाडो याममा हुने तरकारी हुन् । अगौटे, […]

एभोकाडो खेती गर्ने तरिका ,एभोकाडोको बजार !

एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ  । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो  । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट […]

जाडो मौसममा कुखुराको व्यवस्थापन

काठमाडौं। पशुपालनमा पनि कुखुरा पालन एउटा लाभकारी ब्यवसाय हुनुका साथै कम लागतमा गर्न सकिने तथा कम समयमा फाइदा दिने एक मात्र ब्यवसाय मानीन्छ । यो ब्यवसाय संचालन गर्न धेरै ठाउँको पनि आवश्यकता पर्दैन । मुलुकको अर्थव्यवस्थामा कुखुरा पालनको महत्वपुर्ण स्थान छ । यस प्रति मानीसको रुची आदीकाल देखिनै रहदै आएको छ , यो व्यवसाय बाट साना […]

मिल्किङ्ग मेसिनमा ५० प्रतिशत अनुदान !

काठमाडौं । गाईभैसी पालक किसानको लागि खुशीको खवर छ । सरकारले मिल्किङ्ग मेसिनको परल खरिद मूल्यमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । पशुपन्छी विकास मन्त्रालय मातहतको पशु उत्पादन निर्देशनालयले कात्तिक एक गते सूचना  प्रकाशित गर्दै यो सुविधा उपलब्ध गराउने घोषणा गरेको हो । यो सुविधा ७५ वटै जिल्लामा उपलब्ध गराइनेछ । आर्थिक […]