बहु बर्षिय घाँस खेती प्रविधि
वदामे घाँस: यो मानिसहरुले खाने बदाम जस्तै देखिने, वर्षा याममा बढ्ने र फैलिने वहुवर्षिय कोशे घाँसहो । यो घाँसपशुहरुको लागि अति नै पोषिलो हुन्छ । यो घाँसवदाम जसरी नै जमिनमा जालो जस्तै गरी फैलिन्छ र जमिनलाई राम्रोसंग ढाक्छ साथै २० देखि ३० से.मी. जती अग्लो हुने गर्दछ। यो घाँसले अरु घाँससंग राम्रो प्रतिस्पर्धा गरी बाँच्दछ । […]





