वदामे घाँस: यो मानिसहरुले खाने बदाम जस्तै देखिने, वर्षा याममा बढ्ने र फैलिने वहुवर्षिय कोशे घाँसहो । यो घाँसपशुहरुको लागि अति नै पोषिलो हुन्छ । यो घाँसवदाम जसरी नै जमिनमा जालो जस्तै गरी फैलिन्छ र जमिनलाई राम्रोसंग ढाक्छ साथै २० देखि ३० से.मी. जती अग्लो हुने गर्दछ। यो घाँसले अरु घाँससंग राम्रो प्रतिस्पर्धा गरी बाँच्दछ । यसले सुख्खा, अती चरिचरन र जनावरहरुको कुल्चाई समेत राम्रोसंग सहन सक्दछ । तुषारोले टुप्पो मर्न सक्दछ तर डाँठ मर्दैन र पछि डाँठको आँख्यालबाट पलाउने गर्दछ कम मलिलो जग्गामा पनि यो घाँसखेतीबाट राम्रो उत्पादन लिन सकिन्छ । यो घाँसको जरा माटोको भित्र तहसम्म जाने हुनाले यसले सुख्खा पनि खप्न सक्दछ । त्यसैले यो घाँसतुषारो परेको समयमा वाहेक अरु समयमा सधैभरी हरियो भईरहन्छ । यो घाँसलगाएपछि, बाक्लो घाँसको चौर भई चांडै फिजिएर जान्छ । यो घाँसउग्राउने जनावरहरुको साथ साथै नउग्राउने जनावरहरु सुंगुर, घोडा र कुखुराको लागि पनि राम्रो हुन्छ ।
हावापानी :
यो गरम हावापानीमा हुने घाँसहो । यसको खेती तराईदेखि मध्य पहाडसम्म जुनसुकै स्थानमा पनि गर्न सकिन्छ । साधारणतया वार्षिक ११०० मिलीलिटर भन्दा बढी वर्षा हुने क्षेत्रमा यसको राम्रो उत्पादन लिन सकिन्छ ।
माटो :
यसको खेती मध्यम खालको मलिलो र राम्रो निकास भएको माटोमा गर्न उपयुक्त भए पनि रुखो जग्गामा पनि लगाउन सकिन्छ । लगाउने समय यसको डाँठ वर्षको कुनै पनि समयमा सार्न सकिन्छ तर सुख्खाले गर्दा सारेको डाँठ नमरोस भन्ने हिसावले वर्षा शुरु भएपछि अर्थात असार–साउनमा सार्नु ठीक हुन्छ । लगाउने तरीका वदामे घाँसबीउबाट पनि लगाउन सकिन्छ । बीउ उत्पादन साह्रै कम हुने भएकोले सबैभन्दा उपयुक्त तरीका वानस्पतिक प्रसारण नै हो । यसको प्रसारणको लागि डाँठ वा हाँगा काटेर राम्रो चिस्यान भएको माटोमा सारी दिनु पर्दछ । यसको लागि उपयुक्त तरीका भनेको स्थानीय स्तरमा सानो नर्सरी बनाएर आवश्यक विरुवा बढाउने र जमिन तयार गरी ३० से.मी.दूरीमा विरुवा सार्ने हो । लगाउने स्थान यो घाँसजुनसुकै स्थानमा पनि लगाउन सकिन्छ । खास गरी छापो बाली अथवा ढाक्ने बालीको रुपमा, आली कान्लालाई स्थायीत्व दिन र घाँसउत्पादन गर्न यो घाँसलगाउन सकिन्छ । कोशे जातको हेजरोको बीचमा, हिडने बाटोमा माटो ढाक्ने बालीको रुपमा पनि लगाउन सकिन्छ । फलफूल वगैंचा भित्र पनि लगाउन सकिन्छ
कटाई :
यो घाँससिधा जमिन भित्र जाने बलियो जरा भएको र गाँज-हाँगा बाट पनि फैलिने, अती धेरै सुख्खा खप्न सक्ने र पहिलो पटक पानी पर्ने वित्तिकै तुरुन्तै वढ्ने हुनाले वर्षायाममा यसको उत्पादन बढी लिन सकिन्छ । जमिन देखि ५–१० से.मी. उचाईमा वारम्वार काटी उत्पादन लिन सकिन्छ ।
जात : दामे घाँसको सबैभन्दा लोकप्रिय एवं जनावरले असाध्यै रुचाएर खाने जातमा अराकिस पिन्टोई नै हो । यसको उपजाती अमारिलो धेरै प्रचलनमा छ । यो वाहेक अर्को ग्लावराटा जातको पनि प्रचलनमा छ । ग्लावराटाको बीउ उत्पादन हुदैन, डाँठ वा आँख्लाबाट सार्नु पर्दछ । अमारिलोको बीउ पनि उत्पादन हुन्छ । यदि बीउ रोप्ने हो भने १५–२० के.जी.बीउ प्रति हेक्टर आवश्यक पर्दछ ।