कृषकले एउटै जमिनलाई लामो समयसम्म नर्सरीको रुपमा प्रयोग गर्ने प्रथाले पनि रोग कीराको प्रकोप बढाउनुको साथै बेर्नाको गुणस्तरमा ह्रास आई उत्पादन र गुणस्तरमा गिरावट आइरहेको छ ।

यस्तो परिस्थितिमा परम्परागत बेर्ना उत्पादनको विकल्पको खोजी विगतदेखि नै भइरहेको छ । यसको बिकल्प भनेको पछिल्लो समय प्रचलनमा आएको प्लास्टिकको ट्रेमा बेर्ना उत्पादन प्रविधि हो।

कोकोपिट जुन नरिवलको जटा लाई क्रसिंग गरेर बनाइएको हुन्छ त्यसको एक भाग परलाइट र एक भाग कम्पोस्ट मल वा भर्मी कुलेट मिसाएर ट्रे को प्वालमा भरेर बेर्ना उत्पादन गरिने यो प्रविधिका विभिन्न फाइदा रहेका छन्।

फाईदाहरु :

बीउको उमार प्रतिशतमा वृद्धि हुने
तरकारी उत्पादनमा १६ देखि २१ प्रतिशत सम्म वृद्धि हुने ।
पानीको राम्रो निकास हुने हुँदा ढुसी जन्य रोगको प्रकोपबाट बचाउन सकिने ।
बाख्राको मल स्थानीय स्तरमा सजिलै उपलब्ध हुने हुँदा आर्थिक दृष्टिकोणले किफायती हुने ।
स्वस्थ बेर्नाको उत्पादन गर्न सकिने ।
बेर्नाको वृद्धि जरामा मल वा टाँसिरहने हुँदा विरुवा रोप्दा लाग्ने तनावमा कमी भई उत्पादन गर्न लाग्ने समय घटाउन सकिने
उत्पादनमा वृद्धि हुने र बालीमा रोग कीराको प्रकोप कम हुने ।
तरकारी वेर्ना उत्पादनका ठूला समस्याहरु जस्तै जरा कुहिने रोग, जुका, खुम्रे र फेद कटुवा कीराको प्रकोपबाट बचाउन सकिने ।
माटोमा घुलनसिल मल तथा सूक्ष्म तत्वहरुको प्रयोग सजिलै गर्न सकिने ।
जैविक ढुसीनाशक विषादीहरु जस्तै ट्राइकोडर्मा आदिको प्रयोगले विरुवालाई रोगबाट बचाउन सकिने ।
प्लाष्टिक ट्रेलाई जाली घरभित्र राखी विरुवा उत्पादन गरिने हुँदा बालीलाई भाइरसको प्रकोपबाट बचाउन सकिने ।
सिंचाईको लागि पानीको प्रयोगको किफायत हुने । सिंचाईगर्नमा सहजता हुने ।