पशुपालन ग्रामीण क्षेत्र तथा सहरोन्मुख क्षेत्रका कृषकहरुको प्रमुख आयको स्रोत मानिन्छ । यसका साथै समग्र राष्ट्रिय अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्याउने गरेको तथ्यांक त हाम्रो आफ्नै छ । यस कारण पनि यिनलाई पशुधन पनि भनिन्छ । यसमा हाम्रो परिवेशमा भैंसी प्रजातिको विशेष महत्व छ । यो प्रजातिबाट दूध मात्र प्राप्त हुँदैन मासु, छाला, हाडखुर, पुच्छर, पुच्छरको रौंबाट पनि आम्दानी लिन सकिन्छ । त्यसैले युरोपियन तथा अन्य पश्चिमी मुलुकहरुमा गाई प्रजातिमा महामारीकै रुपमा मानव स्वास्थ्यलाई असर पार्न सक्ने बीएसई फैलिएपछि नेपाल, भारत, थाइल्यान्ड, फिलिपिन्स, बर्मामा मात्र पालिने यो पश्चिमा मुलुकमा पनि पालिन थालिएको तथ्य भेटिन्छ । यो प्रजातिबाट प्राप्त हुने स्रोतका कारण यो प्रजातिलाई ब्ल्याक डलर भन्ने गरिन्छ ।
न्यून तहमा हाम्रा रैथाने तथा प्राकृतिक प्रजनन साँढे लगाई जन्माइएका भैंसीमा हुने प्रजननजन्य उत्पादकत्व तथा अन्य उपभोग्य वस्तु दूध, मासुको पनि उत्पादकत्व कम हँुदा कृषक तथा पशुपालन विज्ञको टाउको दुखेको यत्तिले हो । अझ हाम्रो आफ्नो परिवेशमा भैंसीका जन्मेका पाडापाडी मरे भने दूध भात बढी खान पाइने भइयो भन्ने चलन त प्रचलित नै छ । अझ सुदूरतिरका पहाडी भेगतिर भैंसी ब्याउन लागे बोरा वा डोको थापी जन्मेका पाडापाडी राखेर डाँडा कटाउने चलनले माउले आफ्नो सन्तान के देख्न पाउलान् । अझ सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा जिल्लामा तीन दशकदेखि वर्षेनि देखिने खरी रोगको यकिन कारण पत्ता नलाग्दा तथा उपचार एवं प्रभावशाली उपाय पत्ता लगाउन वर्षेनि परियोजनासहित विज्ञ टोली खटाउँदा पनि प्रत्येकपटक खटिने विज्ञ टोलीको फरकफरक कारण भएको तथा रोकथाम तथा उपचार प्रविधि सिफारिस गर्दा पनि रोग नियन्त्रण नहुँदा किसान आफ्नो गोठमा पालेका छिमेकी देशको बरेली अवस्थित वधशालामा वैध-अवैध तरिकाले पठाउन थालेका छन् । यस्तै अवस्था रहे भोलिका दिनमा त्यस क्षेत्रमा भैंसी पनि पालिन्थ्यो भन्ने अवस्था नआउला भन्न सकिन्न । भैंसी प्रजातिमा प्रजननजन्य तथा उत्पादकजन्य कमी हुनुमा निम्न कारक तत्वले असर पार्ने गर्दछन् ।
भैंसी प्रजाति मौसमी प्रजातिमा पर्दछन् । यिनीहरुको ऋतुकाल अनि ऋतुचक्र खासगरी कात्तिकदेखि पुस महिनासम्म देखिन्छ । यो अवधिमा ऋतुकालको ऋतुचक्रको उचित समयमा पाठेघर कुनै किसिमको संक्रमणरहित भए कृत्रिम गर्भाधान निसंक्रमित निर्मलीकृत औजार प्रयोग गरिनुका साथै गर्भाधान गराउन सक्ने क्षमता भएका तथा उचित संख्या भएको विर्य प्रयोग गरे वा स्वस्थ ब्याडको राँगो लगाई प्राकृतिक गर्भाधान गराइएमा गर्भ बस्न सक्छ । यस प्रजाति गर्भावस्था अलि लामो दश महिनाभन्दा बढी हुन्छ । यी प्रजाति भदौ, असोज, कात्तिक महिनामा ब्याउने गर्दछन् । यी जातिमा तापक्रम नियमितता हुने प्रणाली राम्रोसँग विकास भएको हँदैन । त्यसैले यिनलाई पोखरी वा नदीमा आहाल बसाल्न गर्मीको मौसममा लानुपर्दछ ताकि यिनले शीतल महसुस गरुन् । त्यसैगरी जाडोको मौसममा अत्यधिक चिसोबाट बचाउनुपर्दछ । यो प्रजाति पाको वयस्क धेरै ढिलो हुने गर्दछ । प्रजनन गराउनको लागि माघ, असार वा मध्य साउनको बेला ब्याडको वा कृत्तिम गर्भाधान गराउने राँगोको विर्यमा गर्भधारण गराउने क्षमता न्यून हुने गर्दछ । भैंसी प्रजातिमा प्राकृतिक रुपले राँगो लगाएर प्रजनन गराएको भन्दा कृत्रिम तरिकाले प्रजनन गराउँदा गर्भ ठहर्ने अवस्था प्राकृतिक प्रजनन गराएको तुलनामा न्यून हुन्छ ।
भैंसी प्रजातिमा देखिने प्रजननजन्य समस्याहरु ढिलो गरी वयस्क हुने एक बेतदेखि अर्को बेतमा ब्याउने अवधि राम्रो हुने ऋतुचक्र देखिन लामो समय लाग्ने गर्भाधान हुने निश्चित नहुने पटकपटक उल्टिरहने एकपटक ब्याएपछि ऋतु कालको ऋतुचक्रमा नआउने अल्छी ब्याडको राँगो विर्य उत्पादन शक्रकिटको क्षमता कम भएका कारण कमसल विर्य विसर्जन पाठेघरमा हुनु ।
असामान्य ऋतुकाल : अनइस्ट्रस, ऋतुकालचक्र नदेखाउनु, सुषुप्त ऋतुकाल चक्र राँगो खोजेको देखिने गरी बाहिय लक्षण नदेखाउने, अनियमित ऋतुकाल चक्र, ऋतुकाल चक्र कि त छोटो अवधिको हुनु । भैंसीको शरीरमा भित्री प्रजनन अंग नहुनु सिस्टिक ओभरी हुनु ।
रोगजन्य कारण : भैंसीमा भाइरसजनित रोग लागेमा जस्तै भल्भोभेजाइ, भेजानाइटिसा, ब्याकटेरिया, संक्रमित, ब्रुन्सेलुसिसजस्ता रोग लागेमा ट्राइकोमोनिसएसिसजन्य प्रोटोजोवाको भैंसीको प्रजनन अंगमा संक्रमण भएमा मेट्राइटाटिस, इन्डोमेट्राइटिस, पायोमेट्रा, परसिस्टेन्स करपस ल्युटियमा ओभरीमा अवस्थित रहेमा ।
पोषणजन्य कारण : दाना आहारामा प्रोटिन इनर्जीको अनुपातमा असन्तुलन हुनु । खनिज तत्वहरुको अल्पता तथा असन्तुलन हुनु । ऋतुकाल चक्र देखाउन सहयोगी हुनेखालका महत्वपूर्ण भिटामिनयुक्त दाना आहारामा असन्तुलित हुनु जसका कारण महत्वपूर्ण भिटामिनको भैंसीको शरीरमा अल्पता भई प्रजनन प्रणालीका अंगहरुको सन्तुलित विकास नहुनुका साथै ऋतुकालको ऋतुचक्र परिचालन गर्ने हर्मोनहरुको उत्पादनमा कमी वा बढी भएमा भैंसी प्रजातिमा प्रजननजन्य क्षमतामा कमी आउनाका साथै बथानमा भैंसीहरु बाँझा हुने, पटकपटक बाली खोज्ने, गर्भाधारण गर्न नसक्ने अवस्थामा पुग्दछन् जसले गर्दा भैंसी पालनको आर्थिक भार टाउकोमा आइपर्ने अनि कृत्रिम गर्भाधान गराउन घरघर डुल्ने प्रविधिक पशु चिकित्सा विज्ञको ज्ञान सीप पनि शंकाको घेरामा पर्ने खतरा पनि उत्तिकै छ । नत्र कुनै किसानले तत्कालीन कृषिसचिवज्यूलाई मेरो भैंसीलाई प्रत्येक महिना गर्भाधान गराएको सात महिना पुग्यो ब्याउने कहिले होला मुकुन्दे भनी फोन गर्ने थिएनन् होला ।
वातावरणीय कारण : कमसल गुणस्तर तथा उच्च गुणस्तरका हरियो तथा घाँस, परालको आवश्यकताअनुसार दुधालु तथा दूध दिन छाडेका तथा प्रजननयोग्य उमेर पुग्न लागेकालाई उपलब्ध गराउन नसके के कहिले राँगो खोज्ला भनी पात्रो हेरी बस्ने रु वातावरणीय उच्च तापक्रम तथा ह्युमिडिटी, शीतलहरका कारण अत्यधिक चिसो अवस्था भएमा सौर्य विकिरणका कारण भैंसी प्रजातिमा प्रजननजन्य क्षमता कम हुन सक्दछ । भरखर जन्मेका पाडापाडीलाई कस्तो पोसिलो आहारा दिएको थियो कति उचित तरिकाले व्यवस्थापनमा हुर्किने उमेरमा गरिएको थियो । यसले रोगविरुद्ध लड्ने प्राकृतिक संयन्त्रको विकास गराउँछ । जसले गर्दा साना पाडापाडीको मृत्यु दर घटाउनका साथै स्वस्थ बथानबाट विभिन्न कारणले हटाउनुपर्ने भैंसीको वैकल्पिक बथान आफ्नै गोठमा तयार पार्न मद्दत गर्दछ । उचित दाना आहारा नियमित व्यायम आन्तरिक परजीवीविरुद्ध जन्मेदेखि नै परजीवीको प्रयोगशालाबाट पहिचान गराई नियमित रुपमा भरपर्दो उत्पादक कम्पनीबाट उत्पादित औषधि, विज्ञको सल्लाहबमोजिम परजीवी नियन्त्रण गर्नु नै वेश । त्यस्तै जुम्रा, किर्ना नियन्त्रण पनि त्यसैअनुसार गर्नु उचित हुनेछ । झाडापखाला, आउँ, मासी परे विज्ञको सल्लाहअनुसार बेलामै उपचार गर्नुपर्छ । यिनै आधारमा बथानमा पालिने भैंसीको प्रजननजन्य क्षमता तथा उत्पादकत्व क्षमता भर पर्छ ।
कोरली अवस्थाका पाडापाडीलाई उचित मात्रामा हुर्काउन बढ्न राम्रोखाले पोषिलो हरियो तथा पोषिलो हरियो घाँसबाट तयार पारिएको हेका साथै ०.५ देखि एक केजी खनिज भिटामिनयुक्त दाना दिएर पाल्नु आवश्यक हुन्छ । अन्यथा कुपोषणबाट ग्रसित हलक्क नबढ्ने, जिउ नलाग्ने, ख्याउटे हुने, शरीर जिरिंग भई रौं उम्रने तथा विभिन्नखाले रोग विरुद्ध लड्न सक्ने क्षमता कम हुन गई कोरली पाडापाडीको अत्यधिक मृत्यु हुन सक्छ । यदि बाँचिहाले प्रजननयोग्य हुन धेरै वर्ष लाग्न सक्छ वा आजीवन बाँझै रहने गर्दछन् । हुर्कंदै गरेका कोरलीहरुलाई गर्मी तथा जाडोको मौसममा बेग्लाबेग्लै बँधुवा गरी पाल्नुपर्छ । १८ महिना उमेर पुगेका कोरलीहरुलाई उच्च पोषणयुक्त हरियो घाँस तथा हे उचित मात्रामा दिएर पाल्नुपर्छ । कोरलीहरुलाई जुनसुकै विधिबाट प्रजनन गराउँदा पनि पूर्ण वयस्क भई उचित जिउडालसहित शारीरिक तौल २७५ देखि ३०० केजी पुगेपछि गराउने । कोरलीहरुको ऋतुकालको ऋतुचक्रको अवस्थाबारे दुईदेखि १५ वर्षको उमेरदेखि नै शूक्ष्म अवलोकन गरी निगरानीमा राख्नुपर्दछ । यदि कोरलीहरुले ऋतुकालको ऋतुचक्रको कुनै लक्षण नदेखाएर पशु प्रजनन विज्ञसँग कोरलीका बथानको प्रजनन अंगका भागहरुको शूक्ष्म परीक्षण गराई संक्रमण भए÷नभएको यकिन गराई उचित औषधि औचित्यपूर्ण रुपले गर्ने । यदि संक्रमणका कारण रहेनछ भने दाना आहारामा मात्रात्मक तथा गुणात्मक रुपमा सुधार गर्नुका साथै उच्च गुणस्तर भएका बजारमा राम्रो प्रतिष्ठा भएका औषधि कम्पनीबाट उत्पादित खनिज तथा भिटामिनहरु पुरकका रुपमा दानामा मिसाएर १५–३० दिन खान दिनुपर्छ । परीक्षण गरी कस्तोखाले परजीवीले संक्रमण गरेको रहेछ उपयुक्त मात्रामा परजीवी विज्ञको सल्लाहअनुसार गर्नुपर्छ नकि फिरन्ते प्राविधिक पशुचिकित्सक वा नजिक छिमेकीको सल्लाहअनुसार ।
महिनाको गर्भिणी अवस्थामा भ्रुणको पूर्ण विकासको दुई तिहाइ विकास हुने गर्दछ । यसैले गर्भिणी भैंसीलाई यस्तो बेला राम्रोसँग पोषिलो दाना आहारा दिनुका साथै आराम हुनेगरी व्यवस्थापन गर्नुपर्छ । ब्याउने बेलाभन्दा ६–८ हप्ता पहिलेबाट गर्भिणी भैंसीलाई दूध दुहुन छाड्नुपर्दछ । गर्भिणी अवस्थाका भैंसीको योनीबाट असामान्य प्रकृतिको योनीरस बगेको देखिएमा दक्ष पशु प्रजनन विज्ञबाट जाँच गराई बेलैमा विज्ञको सल्लाहअनुसार तुहिएका जनावरसँग गर्भिणी भैंसीलाई मिसाउनु हुँदैन । गर्भिणी भैंसीलाई धेरै लामो बाटो हिँडाउनु हुँदैन साथै दौडाउने गर्नु हुँदैन । गर्भावस्थामा रहेका भैंसीको दाना, आहारामा विशेष ध्यान दिनु पर्दछ । गर्भिणी भैंसीलाई युरिया मोलासेस तथा खनिज भिटामिन मिसाएर बनाएको बल्क दिनु उचित हुन्छ । ब्याउने बेला पुग्न लागेका भैंसीलाई छुट्टै गोठमा कम्तीमा दुई हप्ताअगावै सार्नुपर्दछ । ब्याउन राखिएको गर्भिणी भैंसीको कोठामा नरमखाले सोतर ओछ्याउनुपर्छ । गर्भिणी भैंसी राखेको गोठ सफासुग्घर राख्ने व्यवस्था सुनिश्चित गर्नुपर्दछ । स्टिमिङ अप (तन्दुरस्त बनाउने) गर्भावस्थामा रहेका गर्भिणीलाई ब्याउने बेला एक चौथाइ समयअगावै उचित सन्तुलित आहारा तथा नरमखाले हरियो घाँस, हे तथा स्वच्छखाले पानीको व्यवस्थापन गर्नुलाई स्टिमिङ अप भनिन्छ । यसो गर्नाले फाँचो कल्चौंडोको उचित विकास हुनुका साथै भैंसीको शरीर ब्याउने बेला फुर्तिलो, टाठो हुन्छ । गर्भमा विकशित हुँदै गरेका पाडापाडीको जिउमा खाद्यान्न पोषण तत्व सञ्चय गरेर राख्न मद्दत गर्छ । यसले अर्को बेतमा दूध दिने समय बढाउनुका साथै दूधमा घृतांशको मात्रा अभिवृद्धि गराउँछ । ब्याउने प्रक्रियामा कुनै समस्या उत्पन्न हुन दिँदैन । साल अड्किने समस्या न्यूनीकरण गर्नाका साथै सुत्केरी अवस्थामा देखिन सक्ने कुपोषणजन्य तथा अपचजस्ता समस्या उत्पन्न हुन दिँदैन । सुत्केरीलाई नरम हलुका पच्ने खालका दाना आहार दिनुपर्छ ताकि पाचन प्रणाली दुरुस्त हुनुका साथै पाचन प्रणालीसम्बन्धी विकार नहोस् । सुत्केरी अवस्थाका भैंसी नरम पोषिलो हरियो घाँससँगै दुईदेखि २.५ केजी सन्तुलित दाना दिनुपर्दछ । गर्भिणी भएका भैंसीलाई ब्याउने अवस्था पुग्न लागेको बेला कुनै खोप दिनुहुन्न । सुत्केरी अवस्थापछि मिल्क फिभर, साल अड्कने तथा प्रजननजन्य विकृति सुत्केरी भएका भैंसीलाई उच्चकोटीको खनिज मिश्रण भिटामिन दिनु आवश्यक हुन्छ ।
भैंसीपालनबाट आर्थिक फाइदा लिन नियमित तथा दक्षतापूर्ण प्रजनन गराउनुमा भर पर्छ । स्वस्थ एवं उच्च उत्पादन क्षमता भएका भैंसीहरु प्रत्येक १३–१४ महिनामा पाडापाडी जन्माउँछन् । भैंसीपालन व्यवसायमा उत्पादकत्वको स्तर उन्नति निम्न कुराहरुको व्यवस्थापन गर्न सकेमात्र सम्भव छ । ऋतुकालको ऋतृचक्र ठम्याउन सक्ने क्षमता ९० प्रतिशत प्रजनन गराएपछि गर्भधारण दुईपटक भन्दा कम हुनुपर्दछ । ६० प्रतिशत वा सोभन्दा माथिकाले जुनसुकै विधिबाट प्रजनन गराए पनि गर्भाधान रहनुपर्ने । ब्याउने अन्तर एक बेतबाट अर्कोबीच १३–१४ महिना । दूध दिने अवधि न्यूनतम ३०० दिन ब्याउने बेला अगाडि दुहुन छाड्ने अवधि १०० देखि १२० दिन । प्रजननजन्य पाठेघरको अंग प्रत्यंग पाँच प्रतिशतभन्दा कम हुनुपर्ने बथानमा । स्वस्थ बथान लसपसबाट सर्ने रोग मुक्त । प्रभावशाली रुपमा ऋतुकालको ठिक्क बाली लगाउने वा प्रजनन गराउन समय पत्ता लागाउन भैंसीको बथान राखेको गोठमा निम्न कार्यतालिकासहितको योजना आवश्यक पर्छ । प्रत्येक पशुको आवधिक अभिलख राख्ने । ऋतुचक्रका लक्षणको पहिचान वेलैमा गर्ने । प्रत्येक भैसीको संभावीत ऋतुकालको ऋतुचक्र देखिने समय तालीकाको आवधिक अभिलेख चार्ट वनाएर राख्ने । वाली वेलैमा खोजे नखोजेको पत्ता लागउन विभिन्न विधि तथा उपलब्ध उपकरण पनि प्रयोग गर्न सकिन्छ । आउदो २१ दिनमा प्रजनन गराउने भैसीहरुको वर्गीकृत अभिलेख राखी त्यस्ता भैसीहरुको नियमित निगरानीमा राखी ऋतुकालका ऋतुचक्रिय लक्ष्यण प्रत्येक भैसीको नजिक बाट सुक्ष्म अवलोकन गर्ने ।वध्याकरण गरेको रागो विहान बेलुका प्रयोग गरी भैसी ऋतुकालको ऋतुचक्रको अवस्थामा रहे-नरहेको यकिन गर्न सकिन्छ । आफूलाई फुर्सद नभए गोठमा काम गर्ने कामदारमध्ये भरपर्दो अनुभवी कामदारलाई यो कामको जिम्मा दिँदा हुन्छ ।
गर्मीको मौसममा भैंसी प्रजातिको व्यवस्थापन : गर्मीको मौसममा भैंसीलाई आरामदायी, शीतल अनि हावादार गोठमा राख्ने अथवा झांगिएको रुखको छायामा राखी चारैतिर बेलाबेलामा पानी छर्कने गर्नुपर्दछ । यसबाहेक नजिकको पोखरी वा नदीमा आहाल बस्न दिनुपर्छ । गोठको पर्खालपट्टि घाम पर्ने रहेछ भने जुटको बोराको पर्दा लगाउनुपर्दछ । दिउँसो चर्को घाकको बेला तीन–चारपटक भैंसीको जिउमा पानी छर्कने वा नुहाउने गर्नुपर्दछ । गर्मीको मौसमा भैंसीलाई ताजा तथा पिउने चिसो पानी दिउँसोको गर्मीको बेला प्रतिदिन तीन–चारपटक दिनु आवश्यक हुन्छ । गर्मीको मौसममा भैंसीलाई राति शीतल भएको बेला दाना, आहारा दिनु उचित हुन्छ । भैंसीको शरीरमा गर्मीको भार कम गर्न पोषिलो नरम घाँस बढाउने तथा सुक्खा पराल गहुँको भुसजस्ता आहारा कम दिने । यदि हरियो घाँस भएको चराउने ठाउँ उपलब्ध भए झिममिसे बिहानीपख वा अबेर रातिपख चराउने उच्चकोटीको खनिज मिश्रण तथा आवश्यक मात्रामा नुन नियमित दिनुपर्दछ । नियमित परजीवी नियन्त्रण अनि जुम्रा, किर्नाको लागि सुरक्षित रुपमा औषधि छर्ने, गोठमा भैंसीहरु कोचाकोच गरी नराख्ने ।
जाडो मौसममा भैंसीको व्यवस्थापन : भैंसीबाट राम्रो प्रजननजन्य क्षमताको अपेक्षा गर्ने हो भने जाडो मौसममा भैंसीलाई तुषारो र शीतलहरजस्ता अत्यधिक चिसो तथा झरीबाट बचाएर सुरक्षित गोठमा न्यानो हुने गरी राख्नुपर्दछ ।