
केराउ कोसेबाली समूहको मुख्य बाली हो । कोसेबाली भित्रै पर्ने अन्य तरकारी बाली मध्ये केराउ महत्वपूर्ण बाली मानिन्छ । केराउ पनि लेग्यूमिनोसी परिवार अन्तर्गत पर्दछ । यसको वैज्ञानिक नाम पिजम सटाईभम हो र अंग्रेजी नाम एभब हो । यसलाई मटर कोसा पनि भनिन्छ । यसको उत्पत्ति ईथियोपियाबाट भएको मानिन्छ । अनुसन्धानबाट पत्ता लागेको छ कि मध्य एसिया, मध्य पूर्व र भू–मध्यसागरका आसपासका क्षेत्रहरुमा केराउलाई शुरु शुरुमा हिउँदे बालीको रुपमा खेती गरिन्थ्यो । त्यसपछि यसको विस्तार यूरोप र अमेरिका तर्फ भएको हो । हरियो केराउ काँचो खान तथा तरकारीमा र सुकेको केराउ दाना पनि अचार र तरकारीमा प्रयाग गर्न सकिने हुनाले केराउ बाली धेरै लोकप्रिय छ र हाल विश्वभरी नै यसको खेती हुने गर्दछ ।
नेपालमा उत्पादन अवस्था :
केराउको खेती पनि पूर्व मेचि देखि पश्चिम महाकालीसम्म जम्मा ६,३८२ हेक्टरमा खेती भइ ६१,५६२ मे.टन उत्पादन भएको र प्रति हेक्टर ९.६५ औसत उत्पादन भएको तथ्याङ्क छ ।
पौष्टिक महत्व तथा उपयोग :
केराउ बाली प्रोटिनको मुख्य श्रोत हो । यसका साथै भिटामिन ए, बी र सी , खनिज तत्वहरु र कार्बोहाइडेट पनि प्रशस्त मात्रामा पाइन्छन् । यसको हरियो, कलिलो कोसा ताजा तरकारीको रुपमा प्रयोग गरिन्छ भने सुकेका दान भिजाएर तरकारी, अचार आदिमा मिसाएर खाईन्छ । हरियो तरकारी बाहेक यसलाई टिनको बट्टामा बन्दगरी बेमौसममा पनि उपभोग गर्न सकिन्छ । केराउको सूप, पोरिज पनि बनाएर तथा ताजा हरियो दाना काच्चै पनि खाईन्छ ।
जातहरु :
केराउ पूर्णतया स्वयं सेचन क्रिया हुने एकबर्षे बाली हो । यसका झ्याङ्गिने र लहरा जाने दुबै किसिमका जातहरु हुने भएकाले बोटहरु ३० से.मी होचो देखि २ मिटर अग्लो सम्म हुन्छन् । केराउको एउटा दानाको औसत तौल ०.१–०.३६ ग्राम सम्म हुन्छ । नेपालमा खेती गरिने केराउ बालीका मुख्य मुख्य जातहरु निम्नानुसार छन् ।
सर्लाही आर्केल :
यसको बोट होचो, झ्याङ्ग भएको, पातहरु गाढा हरियो, फूलहरु सेतो र जोडीमा हुन्छन् । बीउ रोपेको ४०–५० दिनमा फूल फूलदछ र ६०–६५ दिनमा कोसा टिप्न तयार हुने अगौटे जात हो । कोसाहरु गाढा हरियो, ७–८ से.मी लामो, केही घुमेको र दुबै छेउ साँगुरो हुन्छ । कोसा भित्र ७–८ वटा सम्म पुष्ट दानाहरु हुन्छन् । सुकेको बीउ हल्का हरियो रंगको चाउरी परेको हुन्छ । हरियो कोसाको उत्पादन ५–७ मे.टनरहेक्टर हुन्छ । वि.सं २०५१ सालमा उन्मोचित भएको खुला सेंचन हुने जात हो । यसलाई तराई र मध्य पहाडका लागि सिफारिश गरिएको छ । यसको पुरानो नाम आर्केल हो ।
बोनेभिली :
यसका बोटहरु मध्यम झ्याङ्ग हुने, कोसाहरु करिब१० से.मी लामो, हल्का हरियो रङ्गका हुन्छज् । कोसामा ७–८ वटा सम्म पुष्ट दानाहरु हुन्छन्। सुकेको बीउ हल्का हरियो र चाउरी परेको हुन्छ । हरियो कोसाको उत्पादन ५–७ मे।टनरहेक्टर हुन्छ । बीउ रोपेको ५५–६० दिनमा फूल फूलदछ र ८०–८५ दिनमा कोसा टिप्न तयार हुने मध्यम खाले जात हो ।
न्यू लाईन :
यसको बोट छिटो बढ्ने, मध्यम उचाई भएको , पाता गाढा हरियो, फूलहरु सम्पूर्णजसो जोडीमा हुन्छन् । बीउ रोपेको ६०–६५ दिनमा फूल फूलदछ र ८५–९० दिनमा कोसा टिप्न तयार हुने मध्य–मौसमी देखि पछौटे जात हो । कोसाहरु हरियो, सीधा र ७–७.५ से।मी लामो हुनछन् । कोसामा ६–७ वटा सम्म पुष्ट दानाहरु हुन्छन् । सुकेको बीउ निकै नै हल्का हरियो र चाउरी परेको हुन्छ । हरियो कोसाको उत्पादन ६–८ मे।टनरहेक्टर हु्न्छ । यसलाई तराई र मध्य पहाडका लागि सिफारिश गरिएको छ । वि.सं २०५१ सालमा उन्मोचित भएको खुला सेंचन हुने जात हो । यसको पुरानो नाम न्यू लाईन पर्फेक्सन हो ।
सिक्किमे :
यसका बोटहरु अग्ला, छिटो बढ्ने, लहराजाने प्रकृतिका पातहरु फराकिलो, हल्का हरियो रङ्गको,फूलहरु सेतो र जोडीमा फुल्ने हुन्छन् । बीउ रोपेको ८०–८५ दिनमा फूल फूलदछ र १०५–११० दिनमा कोसा दिप्न तयार हुने पछौटे जात हो । कोसाहरु केही छोटा, पुष्ट र हल्का हरियो रङ्ग भएका हुन्छन् । कोसामा ६–७ वटा पुष्ट दाना हुन्छन् । सुकेको बीउ घ्यू रङ्गको, कालो थोप्ला भएको पोटिलो र चिल्लो हुन्छ । हरियो कोसाको उत्पादन ८–९मे.टनरहेक्टर हुन्छ । यसलाई तराई, मध्य पहाड र उच्च पहाडका लागि सिफारिश गरिएको छ । वि.सं २०५१ सालमा उन्मोचित भएका खुला सेंचन हुने जात हो । यसको पुरानो नाम सिक्किम स्थानीय हो ।
आजाद :
यो होचो बोट हुने जात हो । यसको खेती पहाड, बेंसी, तराई सबै तिर गर्न सकिन्छ ।
हावापानी तथा स्थलको छनौट :
केराउ बालीलाई चिसो हावापानी आवश्यक पर्दछ । करिब १००–१८० सेन्टिग्रेड तापक्रममा यसको राम्रो विकास हुनछ । माटोको न्यूनतम तापक्रम ३.३० सेल्सियस भएमा बीउहरु उम्रन सक्दछन् । यसले तुषारो सहन सकेतापनि फूल र कोसा लाग्ने बेलामा तुषारोले नराम्रो असर पु¥याउँदछ । कोसाको वृद्धि विकास हुने बेलामा तापक्रम बढी भएमा उत्पादनमा धेरै ह्रास आउँछ । आर्केल जातको खेती केही बढी गर्मीमा पनि लगाउन सकिन्छ । बढी वर्षात्ते केराउलाई नोक्सान गर्ने भए पनि सिक्किम जातले सहन सक्छ । यसलाई हिउँदे बालीको रुपमा लिईन्छ तर उच्च पहाडी जिल्लाहरुमा बर्षात्मा पनि उत्पादन गर्न सकिन्छ । त्यसैले औसत तापक्रम १३०–१८० सेन्टिग्रेड भएको, चिसो र उचाई भएको ठाउँ खेती गर्न उपयुक्त मानिन्छ ।
माटो:
पानीको राम्रो निकास तथा प्रशस्त प्राङ्गारिक मल भएको दुमट माटो यसको खेती राम्रो हुन्छ । माटाको पि.एच.मान ५.५–६.५ राम्रो मानिन्छ ।
बाली लगाउने समय :
केराउका विभिन्न जात अनुसार बाली लगाउने समय र बली पाक्ने समयमा फरक पर्दछ । अतः भौगोलिक क्षेत्रानुसार नेपालमा केराउ बाली लगाउने र बाली लिने समय निम्नानुसार छ ।
मलखादको मात्रा तथा प्रयोग विधि :
केराउलाई धेरै मात्रामा मलखाद चाहिँदैन । राम्रो उत्पादनको लागि साधारणतया एक रोपनी जमिनमा १००० के.जी (२०–२५ डोको ) राम्रोसँग कुहिएको गोठेमल, २ किलो नाईट्रोजन मल, ३ किलो फस्फोरस मल र ५ किलो पोटासियम मल बाली रोप्नु अगावै जग्गा खनजोत गरेकै समयमा प्रयोग गर्न सिफारिश गरिन्छ । यो फस्फोरस र पोटासियम तत्व मन पराउने बाली हो । फस्फोरस तत्वका लागि हाडको धुलो प्रयोग गर्दा राम्रो हुन्छ । केराउ कोसेबाली भएकोले आफ्नै जराका गिखाृहरुमा हुने राईजोबियम ब्याक्टेरियाको सहायताले हावामा भएको नाईट्रोजन माटोमा संकलनगरी प्रयोग गर्दछ । यसकारण यसलाई अन्य बालीहरुमा जस्तो नाईट्रोजन मलले टप–ड्रेसिङ्ग गरि रहनु पर्दैन । बढी नाईट्रोजन दिएमा बोट मात्र झाङ्गिन गई दाना कम लाग्दछ । तसर्थ, माटोको उर्वराशक्ति विचार गरेर मलखाद दिनु राम्रो हुन्छ । माटोमा म्याङ्गनिज तत्वको कमी भएमा केराउका दानाको बीचमा खैरो रङ्गको खाड्लहरु बन्न गई बीउको गुणस्तर बिल्कुलै घट्न जान्छ । यस समस्यालाई सुधार गर्न म्याङ्गनिज सल्फेट धुलो २ के.जी प्रति रोपनीका दरले माटोमा मिसाउनु पर्दछ ।
जमीनको तयारी:
केराउको जरा माथिल्लो सतहमा बढी फैलिने भएको हुँदा जग्गाको तयारी गर्दा धेरै गहिरो जोताई गर्नु आवश्यक पर्दैन । जग्गा तयार गर्दा ३–४ पटक राम्रोसँग खनजोत गरी डल्ला फोरेर माटो हलुका बनाई सम्याउनु पर्दछ । जग्गामा पानी जम्ने किसिमको भएमा कुलेसो काटी पानी तर्काउने व्यवस्था समेत गरी जमिनको तयारी गर्नु पर्दछ । कोसेबालीले माटोमा नाईट्रोजन जम्मा गर्ने भएकोले खेतबारीमा बर्षमा एकपटक केराउ बाली लगाएमा माटोमा मलिलोपना रहन सक्छ र माटोजन्य रोगको रोकथाम गर्न समेत मद्दत पुग्दछ ।
बीउ–दर, रोप्ने दूरी तथा रोप्ने तरिका :
केराउको जात अनुसार बीउ–दर फरक पर्दछ । होचो तथा अगौटे (आर्केल)जातका लागि प्रति रोपनी ५–६ के।जी बीउको आवश्यकता पदृछ भने अग्लो र मध्यम अग्लो तथा मध्यम र पछौट (न्यू लाईन, सिक्किमे) जातको लागि प्रति रोपनी ४ के।जी बीउ चाहिन्छ । होचो तथा चाडो हुने आर्केल जातका बीउलाई लाईन देखि लाईनको दुरी ३० से.मी तथा बोट देखि बोटको दूरी १० से.मी कायमगरी रोपिन्छ भने अग्लो र ढिलो हुने सिक्किमे, न्यू लाईन जातका बीउलाई लाईन देखि लाईनको दूरी ४५ से.मी तथा बोट देखि बोटको दुरुी १० से.मी कायम गरी रोप्नु पर्दछ । केराउ बीउ दुई प्रकारले रोप्ने गरिन्छ–सोझै छरेर वा लाईनमा रोपेर । छनुृभन्दा लाईनमा रोप्नु राम्रो हुन्छ जसले गर्दा गोडमेल, सिंचाई आदि कृषि कर्म गर्न तथा तयार भैसकेका कोसाहरु टिप्न सजिलो हुन्छ । बीउ रोप्नु भन्दा पहिला माटोमा चिस्यान कायमगरी बीउ रोप्नु पर्दछ । उपरोक्त दुरी बमोेजिम लाईनमा बीउ रोप्दा ५ से.मी बीउ रोपेर धुलो मल र माटोले पुरी दिनु पर्दछ ।
गोडमेल, सिंचाई तथा पानीको निकास :
विभिन्न किसिमका झारपातले केराउ बालीसँग प्रतिस्पर्धागरी हानि पु¥याउने भएकोले यस्ता झारपातहरु समयमै हटाउनु पर्दछ । बीउ उम्रेको २० –२५ दिनमा हल्का गोडमेल गरे फाईदाजनक हुन्छ । बाली भित्र पलाएको झारपात नियन्त्रण गर्न २–३ पटक चुच्चेकुटोले हल्कासँग गोडमेलगरी माटो खुकुलो बनाउनु पर्दछ । झारपात हटाउँदा जरालाई नोक्सान नपु¥याई गोडमेल गर्नु पर्दछ । गोडमेलपछि सिंचाईको व्यवस्था मिलाउनु पर्छ । अरु बालीको तुलनामा केराउ बालीलाई कम सिंचाईको आवश्यकता पर्दछ, तापनि माटोको चिस्यान हेरी बीउ उम्रने, फूल फुल्ने र कोसा लाग्ने समयमा २–३ पटक सिंचाई गरेमा कोसा पोटिलो हुनुका साथै उत्पादन बढी हुन्छ । पानी जम्ने भएमा पानी निकासको राम्रो प्रबन्ध मिलाउनु पर्दछ अन्यथा बोट ओईलाई उत्पादनमा ह्रास आउँछ ।
थाँक्रा दिने :
केराउ बालीका होचा तथा लहरा जाने दुबै प्रकारका जातहरु छन् । लहरा जाने जातका बोटहरुलाई थाँक्रोको आवश्यकता पर्दछ । अग्ला र मध्यम लहरा जाने जातलाई प्रत्येक बिरुवाको फेद नजिक ३–४ फिटको बाँसको भाटा, रुखको हाँगा वा लठ्ठी गाडेर थाँक्रा दिएमा विरुवाहरु लहराको सहायताले सहारा माथि चढुदछन् र विरुवाले घाम पानी राम्रो पाउनुका साथै कोसाको उत्पादन बढी हुन्छ र माटोबाट आक्रमण गर्ने कीराको प्रकोप पनि कम हुन्छ । यसरी बोटलाई सहारा दिन थाँक्राका लागि प्रयोग गरिने हाँगालाई एभब द्यचगकज पनि भनिन्छ। होचा जातहरुलाई नजिक रोपिने हुँदा एक अर्काको सहारा लिने हुन्छन् र थाक्रोको आवश्यकता पर्दैन ।
मुख्य मुख्य रोग :
केराउ बालीलाई बढी सेतो धुले ढुसी लाग्दछ भने अन्य रोगमा बोट ओईलिने रोग, सिन्दुरे रोग छन् ।
सेतो धुले ढुसी रोग :
शुरुमा पातहरुमा केही रङ्ग बदलिएका दागहरु देखिन्छन् । ती दागहरुबाट पाउडरजस्तो सेतो धुलो निस्केर पात, डाँठ र कोसा पुरैलाई ढाक्दछ । रोगलागेका कोसा भण्डारणमा छिटो कुहिन्छ ।
रोकथाम :
रोगी बोटहरु जलाउने । क्याराथन विषादी २ मि.लि. प्रति लिटर पानीमा मिसाई १०–१० दिनको फरकमा ३ पटक सम्म छर्ने ।
फ्यूजारियम ओइलाउने रोग :
यो पनि ढुसीबाट लाग्ने रोग हो । पात पहेंलो भएर बोट ओइलाउन शुरु हुन्छ र पुरै बोट ओइलाएर मर्दछ । फेद चिरेर हेर्दा भित्र रातो खैरो देखिन्छ ।
रोकथाम :
रोग नलागेको खेतबारीमा केराउ लगाउनु पर्दछ । रोग निरोधक जात बोनेभिल लगाउने ।
सिन्दुरे रोग :
शुरुमा पातमा सेता फोकाहरु देखिन्छन् र पछि फोकाहरु खैरो रंगको भै फुटेर धूलोले पात भरिन्छ । कोसामा पनि यस्ता फोकाहरु देखिन्छन् । रोग लागेका पातहरु सुकेर बोट चाडैँ मर्छ ।
रोकथाम :
रोगी बोटहरु जलाई खेतबारी सफा राख्ने । यसको रोकथामका लागि निलोतुथो र चुनाको सम्मिश्रण (१० ग्राम निलोतुथो र १० ग्राम चुना १ लिटर पानीमा घोल्ने) छर्ने ।
मुख्य मुख्य कीरा :
केराउमा लाग्ने मुख्य कीरा लाही र कोसामा प्वाल पार्ने लार्भे नै हो ।
लाही :
लाही कीराले यसको वयस्क तथा बच्चा दुबै अवस्थामा केराउको कलिला पात, फूल, डाँठ तथा कोसामा आक्रमणगरी रस चुस्दछन् । यसले विरुवाको रस चुस्नुको साथै रोग फैलाउने को माध्यम बनी बालीलाई ठूलो क्षति पुयाएको हुन्छ ।
रोेकथाम :
गाईको गहूँत र पानी (१ः४)अनुपातमा मिसाई २–३ दिनको फरकमा पटक पटक छर्ने । प्रकोप बढी भएमा थायोडान विषादी १ मि.ली÷लिटर पानीमा मिसाई छर्ने । केराउमा फूल फूलेको र खानको लागि कोसा टिप्ने समयको बेलामा विषादी छर्नु हुँदैन ।
कोसामा प्वाल पार्ने गवारो :
यो कीराले लाभ्रे अवस्थामा कोसामा प्वालपारी भित्रपसी दाना खाई नोक्सान पु¥याउँदछ । खोली हेर्दा कोसा भित्र कालो रङ्ग र कीराको विष्टा देखिन्छ ।
रोकथाम
यसको रोकथामका लागि मेटासिस्टक्स विषादी १ मि.लि प्रति लिटर पानीमा झोल बनाई फूल र कोसाहरुमा मात्र ७–१० लिटर पानीमा झोल बनाई फूल र कोसाहरुमा मात्र ७–१० दिनको फरकमा स्प्रे गर्नु पर्दछ ।
बाली तयार तथा उत्पादन
कोसा पुष्टिए पछि कलिलो र नरम छँदैमा हरियो कोसा हातले टिप्नु पर्दछ । कोसाहरु ७–१० दिनको फरकमा ४–५ पटक टिप्न सकिन्छ । केराउ कोसा एक रोपनीमा ५००–१००० के.जी सम्म उत्पादन गर्न सकिन्छ ।
ग्रेडिङ, प्याकिङ्ग तथा भण्डारण
घरायसी प्रयोजन वा बजारमा तजा पठाउनका लागि केराउको उत्पादन गरिएको हो भने बीउ पूर्ण परिपक्व हुनु भन्दा अगाडि र कोेसामा छँदै हातले टिपेर हरियो कोसालाई सकेसम्म ताजै छँदा उपभोग गर्नु पर्दछ । अलिक टाढाको बजारमा पु¥याउन छ भने एकनासका कोसाहरु छनौटगरी जुट बोरामा प्याकिङ्गगरी ढुवानी गर्नु पर्दछ । भण्डारणको लागि सोझै घाम नपर्ने ओसिलो ठाउँमा राख्नु पर्दछ र नओइलाओस भनि पानी छम्की ५–७ दिन सम्म राख्न सकिन्छ । केराउका हरियो दानालाई कोसाबाट छोडाएर प्रशोधन गरेर बट्टामा संरक्षितगरी राखेर पछि खाद्य प्रयोजनका लागि प्रयोगमा ल्याउन पनि सकिन्छ ।