कृषकको समस्या-बिज्ञको जवाफ

नेपालमा प्रांगारिक खेतीमा देखिएका संभावना र चुनौतीहरु

डा. विष्णु विलास अधिकारी सह-प्राध्यापक, लमजुङ्ग क्याम्पस परिचय नेपालको कुल जनसंख्याको ७० प्रतिशत भन्दा बढि जनसंख्या गाउँमा बस्छन भने करिब दुई तिहाइ (६५.६ प्रतिशत) जनसंख्या कृषिमा निर्भर भएको पाइन्छ । कृषि व्यवसायलाई देश विकासको एक अभिन्न अंगको रुपमा लिइन्छ । देशको कुल ग्राहस्त उत्पादनको करिब ३२ प्रतिशत योगदान कृषि क्षेत्रबाट रहि आएको छ भने देशका […]

ब्यबसायिक पशुपालनमा घाँस खेती

-बशिष्ठ आचार्य कृषि प्राबिधिक नेपाल कृषि अनुसन्धान परिषद (नार्क ) पशुपालन भन्नाले बिभिन्न जातिका पशुहरुलाई व्यबस्थित रुपमा उत्पादन लिनको लागि पालिएको भन्ने बुझिन्छ । यस अन्तर्गत बिभिन्न जातिका जनावरहरु पर्ने गरेता पनि हाम्रो देशमा मुख्यतया गाई–भैसी, भेडा–बाख्रा, बंगुर आदी पालन गर्ने गरिन्छ । पशुहरु बिषेश गरी दुध, मासु, उन, मल, छाला उत्पादन साथै भारी बोक्न […]

रोग कीरा व्यवस्थापनका लागि वानस्पतिक पदार्थहरूको प्रयोग

लोकनाथ अर्याल प्राविधिक अधिकृत बागवानी अनुसन्धान केन्द्र राष्ट्रिय कृषि अनुसन्धान परिषद् परिचय : हाम्रो देश जैविक विविधतामा धनी मुलुक हो । यहाँ विभिन्न प्रकारका वनस्पतिहरू सजिलै उपलब्ध छन् । बोटबिरुवाका विभिन्न भागहरू आदि अनादि कालदेखि नै शक्ति वर्धक पदार्थका साथै मानिसको रोग उपचारमा प्रयोग हुँदै आएको कुरा हाम्रा पौराणिक लेख तथा धार्मिक ग्रन्थहरूबाट थाहा पाइन्छ […]

सूर्यमुखी उन्नत उत्पादन प्रविधि

देवेन्द्र कुमार चौधरी वरिष्ठ वैज्ञानिक (एस ४) तेलवाली अनुसन्धान कार्यक्रम नवलपुर, सर्लाही परिचय सूर्यमूखी एक महत्वपूर्ण तेलहनबाली हो । तेलहनबालीमा विश्वमा यसको चौथो स्थान छ । यसको उत्पति स्थल दक्षिण अमेरिका तथा मेक्सिको मानिएको छ । अमेरिकाबाट स्पेन १६ औँ शताब्दीमा, स्पेनबाट इंग्ल्यान्ड र इंग्ल्यान्डबाट रुस तथा भारत १९ औँ शताब्दीमा आएको हो । नेपालमा […]

शुक्ष्म जैविक मल र उपयोग प्रविधि

डा.विष्णु विलास अधिकारी सह -प्राध्यापक, लमजुङ कृषि क्याम्पस शुक्ष्म जैविक मल भनेको के हो ? माटोमा पाइने र खाली आँखाले देख्न नसकिने एक कोषीय शुक्ष्म जीवलाई जीवाणु वा ब्याक्टेरिया भनिन्छ । यी जीवाणुहरु थरी-थरीका हुन्छन । कुनै बोट बिरुवामा रोग ल्याउने खालका, हानिकारक हुन्छन भने कुनै जीवाणुहरु मलखाद कुहाई बिरुवालाई खाद्यतत्व प्रदान गर्ने खालका हुन्छन […]

यसरी गरौं परवलको खेती

परिचय र महत्व: परबल  एक बहुवर्सिय लहरे तरकारी बाली हो । यसका कलीला फल भुटेर  तरकारी वा अचार बनाएर प्रयोग गरिन्छ । यो पोसिलो तरकारी हो । यसका कलीलामुन्टा र पात पनि बाली को रूपमा हल्का पकाएर  खाइन्छ ।काक्रो र फर्सी समुहका तरकारी बालीहरु मध्य यसमा बढीपौष्टिक तत्व पाइने भएकोले यसलाई राजा तरकारी भनिन्छ । […]

तरकारी खेतीमा प्लस्टिक घर को औचित्त्य

१,परिचय :- बहुमुल्ल्य तथा बेमौसमी तरकारी उत्पादन गरी मनग्य आम्दानी लिनाका लागि प्लास्टिक घर तथा पलास्टिक सुरुङ को निर्माण गरी तरकारी खेती गरिन्छ। २, प्लास्टिक घर का प्रकार :- (क)प्लास्टिक टनेल (सुरुङ )होचो तथा अग्लो हुने बालिको खेती गर्न तथा ब्याड मा बेर्ना उमार्न को लागि उपयुक्त हुने बास र प्लास्टिक द्वारा बनाइयको अग्लो तथा […]

उत्पादन बढाउन गड्यौलापालन

लहान। गड्यौलालाई मान्छेले महत्वहीन किरा ठान्छन् तर, त्यही महत्वहीन गड्यौलालाई पालेर सिरहाका किसानले खेतीपातीका लागि भर्मिक मल उत्पादन सुरु गरेका छन् । जिल्लामायस नौलो प्रविधिले छोटो समयमै खेतको उर्वरा शक्तिसँगै आम्दानी पनि बढाउने दुवै काम गरेको छ । बढ्दो रासायनिक मल तथा अन्य विषादी प्रयोगका कारण माटोको उर्वरा शक्ति समाप्त भएर उत्पादनमा कमी आउन थालेपछि […]

बेमौसमी गोल्भेडा खेती र मनग्ग्य आम्दानी

काठमाडौं। चैत्र देखी मध्य मंसिर सम्म गरिने गोल्भेडा खेती लाई बेमौसमी गोल्भाडा खेती भनिन्छ। तराइ, बेसी ,खोच ,पहाड तथा टार मा समेत यस्को खेती सफलता पूर्वक गर्न सकिन्छ। तराइ को हक मा भने यस्को अबधी भने ज्यादै छोटो हुन्छ। नेपाल मा पाइने गोल्भेडा का जात हरु :- क. उन्नत जात हरु :-(खुल्ला सेन्चित ) १,लप्सी […]

महामारीले बाख्रा मरे, निशुल्क पाउने सुइलाई ६ हजार

दाङ। जिल्लाको पहाडी भेगका दुई गाविसमा फैलिएको महामारीले सात सयभन्दा बढी बाख्रा मरेका छन् । काभ्रे र लोहारपानी गाविसमा जेठ पहिलो साताबाट फैलिएको महामारी नियन्त्रणमा नआएकाले बाख्रा मर्ने क्रम अझै नरोकिएको किसानहरूले बताएका छन् । काभ्रेको गहतेरा, तरा, कब्जा, भेडाबारी, कात्तिके, काभ्रे बचेनी र लोहारपानीको भित्रीखोला, आरुगैरा, तोडकेलगायतका स्थानमा महामारी फैलिएको छ । महामारीले तरा […]