सुस्मिता सुवेदि

गोलभेँडा नेपालको प्राय सबै भान्सामा प्रयोग हुने एक प्रमुख तरकारी बाली हो जसको ताजा तथा प्रशोधित उत्पादनको माग बढ्दो छ।तर विभिन्न किसिमका रोग तथा किराहरुले गोलभेँडामा  निकै क्षति पुर्याइरहेको देखिन्छ।

यि मध्ये टमाटरको पात खन्ने किरा (Tuta absoluta );Meyrick गोलभेँडाको एक अत्यन्त विनाशकारी किरा हो ।दक्षिण अमेरिकामा उत्पति भएको यो किरा तिव्र गतिमा युरोप,नाइजेरिया र एशियामा फैलिदै गएको छ।नेपालमा यो किरा भित्रिएको पुष्टी नेपाल कृषि अनुसन्धान परिषदद्धारा २०७३ जेठ ३ गते भएको थियो ।

टुटाले गोलभेँडा बाहेक आलु,भण्टा,भेँडे खुर्सानी,धतुरो जस्ता Solanaceae परिवारमा पर्ने बालीहरुमा असर गरेको पनि पाइएको छ।यसले tuta

बनाउने किरमिर परेको लेखेको जस्तो सुरुङ् अन्य पात खनुवा जस्तो देखिएता पनि यसको क्षति अलि फरक र भयानक हुन्छ।

यसको व्यवस्थापन बेलैमा गर्न नसके शत प्रतिशतसम्म पनि नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ।यसले पातको हरितकण खाएर बाहिरको झिल्लि मात्र बाँकी राख्दछ र विस्तारै बिरुवाको मुना,डाँठ र फलमा समेत नोक्सान पुर्याउने गर्दछ।
किराको जीवन चक्र

वयस्क :

Capture

टुटा एब्सोलुटाको वयस्क अवस्था

टुटा वयस्क अवस्थामा ५६ मिमि लम्बाइ भएको खैरो,खरानी रंग तथा कालो धब्बा भएको हुन्छ।यो रातीमा सक्रिय हुन्छ भने दिनमा पात,बोटको मुनि,झारमा लुक्ने गर्दछ।                             

फुल:                                                                                                                             

fool

वयस्क पोथीले सेतो ,हल्का पहेंलो रंगका ससना अण्डा आकारका फुलहरु पातको मुनि,झारमा लुक्ने गर्दछ।एउटा वयस्क पुतलीले सरदर २६० सम्म फुलहरु पार्ने गर्दछ।

लार्भा :            

Capture 2                        

लार्भा अवस्था र यसको क्षति

फुलबाट करिब एक हप्तामा अत्याधिक क्षति गर्ने सेता लार्भाहरु नस्कने गर्दछन् ,जसको रंग पछि गुलाबी वा हरियो रंगका हुने गर्दछन्।यसको पहिचान यसको पछाडी ढाँडमा हुने कालो आकृतीबाट गर्न सकिन्छ।लार्भाले पात र मुनामा सुरुङ् बनाई,फलमा प्वाल पारी क्षति गर्दछ।उक्त सुरुङमा कालो दिसा र किराको लार्भा अवस्था  पनि देख्न सकिन्छ।यस किराले असर गरेको फलमा ढुसी र ब्याक्टेरिया जस्ता सुक्ष्म जिवाणुको प्रवेश भई फल कुहिएर झर्ने गर्दछ।लार्भाको ४ वटा अवस्था हुन्छ जुन करिब १० दिनको हुने गर्दछ।

प्युपा :लार्भा पछि करिब एक हप्ताको सुषुप्त अवस्थालाई प्युपा अवस्था भनिन्छ,जसमा किरा जमिनमा वा बिरुवाकै कुनै भागमा अचल अवस्थामा बस्ने गर्दछ ।

Capture 3

टुटाको प्युपा

२०२५° से को तापक्रममा यसको जिवनचक्र करिब २४ दिनमा पुरा हुने गर्दछ।

फैलावट

संक्रमित गोलभेंडा भारतबाट आयात गर्दा नेपालमा प्रवेश गरेको टुटा सङ्क्रमित तथा क्षतिग्रस्त गोलभेंडाका फल तथा बेर्ना ओसार पसारका क्रममा एक ठाँउबाट अर्कोमा फैलन्छ।नेपालमा टुटा एब्सोलुटा काठ्माडौँ वरिपरिका जिल्लाहरु काठ्माडौँ,भक्तपुर,ललितपुर,काभ्रे,धादिङ् आदि टमाटर उत्पादन गरिने जिल्लाका साथै पश्चिमान्चलका पोखरा,लमजुङ् र मध्यपश्चिमान्चलको सुर्खेतमा देखिएको पुष्टी भएको छ।

किराको व्यवस्थापन र नियन्त्रण विधि

टुटाको नियन्त्रण कुनै पनि एकल विधि बाट सम्भव हुदैन,यसका लागी एकिकृत किराको व्यवस्थापन गर्न यसको जिवन चक्र,हावा,पानी,वातावरण आदिको ज्ञान हुनु जरुरी हुन्छ।

  • क्वारेनटाइन संचालन:

किराको प्रवेशमा रोक लगाइ आन्तरिक तथा बाह्य क्वारेनटाइन प्रभावकारी रुपमा संचालन गर्न सके यसको नियन्त्रण सम्भव छ।

  • स्वस्थ बेर्ना उत्पादन:

जाली घरभित्र बेर्ना उत्पादन गरी रोप्नाले केही हद सम्म क्षति कम गर्न सकिन्छ।

  • स्वस्थ खेतिका तरीकाको अबलम्बन:

प्लाष्टिकको  छापोको प्रयोग झारपातको प्रयोग,झारपातको नियन्त्रण तथा खनजोतद्धारा पनि माटोमा सुषुप्त अवस्थामा बसेका किराको जिवन चक्रमा गडबडी गर्न सकिन्छ।

  • पासोको प्रयोग:

मोहनी पासो (Tomato Leaf Miner Lure),प्रकाश पासो,पानीको पासो तथा च्यापच्यापे पासोको प्रयोगद्धारा पनी अनुगमन तथा धेरै मात्रामा यिनै पासो प्रयोग गरी व्यस्क किरालाई नियन्त्रण गर्न सकिन्छ।

Capture 4

  पानीको पासो                        च्यापच्यापे पासो

  • खेत बारीको सरसफाई:

सङ्क्रमित बोट तथा फललाई नष्ट गरी सरसफाई गर्ने र उपकरणको सरसफाईमा ध्यान दिएमा केही हदसम्म क्षति कम गर्न सकिन्छ।

  • बालीचक्र अपनाउने:

वर्षै भरि एउटैबाली लगाउनाले रोग तथा किराको सङक्रमण बढ्ने हुँदा एकै परिवार (solanaceae) बाहेकका बालीहरुसँग जिवन चक्र अपनाउनुपर्दछ।

  • जैविक विषादीको प्रयोग:

बि.टी.(Bacillus Thuriengiensis) बाट निर्मित जैविक विषादी १२ ग्राम प्रती लि.पानीमा राखेर प्रयोग गरी पहिलो र दोस्रो चरणको लार्भा अवस्थालाई नियन्त्रण गर्न सकिन्छ।

  • वानस्पातिक विषादीको प्रयोग:

निम जन्य विषादी तथा अन्य वानस्पातिक विषादी एजारेक्टिन १% ई सी ३ मिली प्रती लि. पानीमा प्रयोग गरी किरा लाई विकर्षित गरी वयस्क पुतलीलाई विरुवामा फुल पार्नबाट रोक्न सकिन्छ ।

  • मित्र जिवको प्रयोग:

परजिवी बारुलाहरु (Trichogramma) जस्ता मित्र जिवको प्रयोग पनि गर्न सकिन्छ।

  • जाली घरको प्रयोग:

जाली घर भित्र खेती गर्नाले वयस्क पुतली गई फुल पार्न वन्चित हुन्छन् र सङक्रमणलाई रोक्न सकिन्छ।

  • रसायनिक विषादीको प्रयोग:

रसायनिक विषादिको प्रयोगबाट किराले पचाउने शक्तीको विकाश गर्ने भएकाले यसलाई एक दिगो व्यवस्थापन विधिका रुपमा लिन सकिदैन।टुटा एब्सुलुटाको प्रकोप धेरै भएमा  नियन्त्रणका लागी पाइरेथ्रिन,कार्वाराइल र डेल्टामेथ्रिन जस्ता विषादीहरु आलोपालो गरी प्रयोग गर्न सकिन्छ।क्लोरएन्ट्रानिलीप्रोल १८.% एस्.सी (३ मिलि प्रति १०लि. पानीमा), स्पिनोसाड ४५% एस्.सी (१मिलि प्रती ३ लि. पानी),नुभालुरोन १०% ईसी (१मिलि प्रती  लि. पानी)इण्डोक्साकार्ब १५.% ईसी (१मिलि प्रती  लि. पानी) आदि केही सिफारिस गरिएका विषादीहरु हुन।