कृषकको समस्या-बिज्ञको जवाफ

स्टल फिडिंग बाख्रा पालन भनेको के हो ?

बाख्रा लाई खोरमा पाल्ने संगसंगै उस्ले खाने घास जस्तै भुइँ घास होस् वा रुख घास वा झारपात जुन प्रकृतिक रुप मा अनि कित्रिम रुपमा उत्पादन गरेको हुन्छ । जसलाई आफ्नु खान को रुप मा बाख्रा ले चरेर वा मानिस ले काटेर खुवाउने गरिन्छ यो परम्परागत को बाख्रा पालन हो । जसमा बाख्रा ले आफ्नु आबस्यक सन्तुलित खान […]

व्यवसायिक कृषि त गर्ने, तर पैसा कसरी कमाउने? पढ्नै पर्ने जानकारी मूलक अनुभव

कृषि उत्पादनमा मुनाफा बजारको तह र बाली कटानीपछि उत्पादित उपज उपभोक्तासम्म पुग्दा गरिने सम्पूर्ण क्रियाकलाप जस्तै ग्रेडिङ, प्याकेजिङ, ढुवानी, भण्डारण, बिक्री आदिमा लाग्ने लागत र प्राप्त मूल्यमा भर पर्छ। उपजको कटानीपछि बिक्री गर्नुअगाडि त्यसलाई बिक्रीयोग्य बनाउन सफाइ, ग्रेडिङ र प्याकेजिङ गरिन्छ। उपजलाई बेचबिखन गर्ने सिलसिलामा विभिन्न स्थानमा चढाउने, उतार्ने, स्टोरमा राख्ने, निकाल्ने आदि गरिराख्नुपर्ने हुन्छ। […]

कसरी गर्ने अलमण्ड (Almond)को खेती ? जसको बजारमा माग अत्याधिक छ ,अलमण्ड खेती सम्बन्धि सम्पूर्ण जानकारी

नेपाली समाजले अलमण्डलाई सामान्यतया मधेसी बदाम/हाडे बदामको नामले चिन्दछ। यसलाई चिनिया बदाम पनि भन्ने गरिन्छ। मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो । मधेसी बदाम चेरी, आरु, आरुबखडा, खुर्पानीजस्ता बनस्पतिजस्तै फलजन्य बनस्पति हो। तर चेरी, आरु, आरुबखडाभन्दा पृथक मधेसी बदामको चाहि गेडा मात्र उपयोग गरिन्छ बाहिरी आवरण प्रयोग गरिदैन। यसको पात करिब करिब आरुको […]

व्यवसायिक कृषिको लागि मल्चीङ्ग प्रबिधि र यसका फाइदाहरु!

तरकारी तथा फलफूल खेतीको लागि झारपात र पानीको कमी मुख्य व्यावधान हुन् । शोध र अनुसन्धानबाट यो थाहा हुन आएको छ कि झारपातको कारणले गर्दा तरकारी खेती उब्जनीमा भारी क्षती पुग्छ जसले गर्दा उत्पादन लागत पनि बढ्न जान्छ । उत्पादन बढाउन तथा पानी संचयको लागि मल्चीङ्ग धेरै नै सहयोगी हुने गरेको छ । माटोलाई सुकेको […]

के हाे अगरवूड ? एउटै रुखबाट लाखैं रुपैंया कमाउन सकिन्छ !व्यावसायीक खेती गर्न यी कुराहरुमा ध्यान दिनुहोस

अगरवूड संसारको सबै भन्दा महँगो रुख हो। अगरवूड विरुवा विविधता पूर्ण भौगोलिक वातावरण भएको ठाउमा पाइन्छ । उत्तर पूर्वी भारत देखि जापान,मलेसिया,म्यानमार,इन्डोनेसीया,कम्बोडिया,थाइल्याण्ड जस्ता विभिन्न देशहरुमा यो विरुवा पाउन सकिन्छ । यो सामान्यतया समुन्द्री सतहबाट १८०० मिटरको उचाईसम्म हुर्कन्छ ।भारतमा धेरै मात्रामा आसाममा यो विरुवाको खेति भइरहेको छ ।यस बाहेक पनि अन्य ठाउमा कृत्रिम तरिका बाट यसको […]

आलुको उत्पादन कसरी बढाउने त ? सम्पूर्ण जानकारी सहित

संस्कृतको बटाटाले आलु जस्तै कन्दमुललाई जनाउने गर्दछ। यहि शव्दबाट स्पेनि भाषाको ‘पटाटा’ वनेको विश्वाश गरिन्छ। जव स्पेनि नाभिकहरूले दक्षिण अमेरिका(पेरु)मा आलु देखे , त्यसलाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द ‘पोटाटो’ बनेको हो। आलुको वैज्ञानिक नाम ‘सोलोनम ट्युवरोसस’ हो। हल्याण्डमा ‘वेल टेरो’ भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने ‘अर्थ विन’ तथा ‘ग्राउन्ड […]

सलगम खेती गर्ने जानकारी , कुन ठाउँमा सलगम खेती उपयुक्त हुन्छ त ?

सलगम बालीलाई चिसो हावापानी चाहिन्छ।अतः यसले ठण्डा मौसम रुचाउँदछ।तापक्रमको हिसाबले ५ डिग्री सेन्टिग्रेड देखि २० डिग्री सेन्टिग्रेड सम्मको तापमान गुणस्तरीय उत्पादनको लागि राम्रो हुन्छ। 1. नेपालमा कुन कुन रंगको सलगमहरु पाइन्छन् ? नेपालमा सेता र राता दुवै प्रकारका सलगमहरु पाईन्छन्। 2. यो कस्तो मौसममा फस्टाउने बाली हो ? सलगम चिसो मौसममा फस्टाउने बाली हो।तापक्रम २० […]

कुन मौसममा फर्सि खेती गर्दा उपयुक्त हुन्छ त ? खेती गर्ने तरिकाको जानकारी सहित

फर्सिवाली गृष्म र बर्षा मौसममा लगाउने वाली हो । पाकेको फर्सिमा मुख्य रुपले भिटामीन ए पाइन्छ   फर्सि खेतीको लागी ६.५-७.५ पि.एच भएको दोमट र पानीको राम्रो निकास भएको माटो चाहिन्छ । 1. फर्सि कति किसिमका हुन्छन् ? बानस्पतिक गुणका आधारमा फर्सि  तीन किसिमका हुन्छन्: (क) नेपाली फर्सि (ख) हिउँदे फर्सि (ग) सुख्खा तथा गर्मियामका […]

काँक्रो खेती गर्ने तरिका ,प्रबिधी र जानकारी

काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो। यो कुकुरविटासी परिवारमा पर्दछ। काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ। अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन। यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ। काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने बेमौसमी खेतीका लागि पुसमा बेर्ना तयार गरी रोपिन गर्दछ। […]

सिंचित क्षेत्रमा गहुँको उत्पादन कसरी बढाउने ?

गहुँ विश्वको पहिलो र नेपालको तेस्रो प्रमखु खाधान्न बाली हो नेपालमा सबैभन्दा पहिले वि.सं २०२७ सालमा आर. आर. २१ जातको गहुँ सिफारीस गरिएको थियो । गहुँ बाली उत्पादनमा बंशाणुगत परिवर्तन नभइ व्यावसायीक विधिको प्रयोग गरेर कम उत्पादन लागतमा बढी उत्पादन तर्फ केन्दीत प्रणलीलाइ गहुँ सघनिकृत प्रणली भनिन्छ । यस प्रणाली अनसुार गहुँको बीउलाइ अंकुरण आए […]