अर्थ/बजार

पैसा कमाउन विदेश नै जानु पर्दैन

मोरङ । दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत हुनुभएको छ । एक माउ भैँसीबाट पशुपाल शुरु गर्नु भएका चोङवाङले मासिक रु एक लाख ६० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आउनुभएको छ […]

भ्यालेन्टाइनका लागि २ लाख २० हजार स्टीक गुलाफ बुक, १ लाख ७० हजार भारतीय

काठमाडौं। गएका वर्षहरु झै यस वर्षको भ्यालेन्टाइन डेको लागि  भारतबाट गुलाफ आयात हुन सुरु भइसकेको छ । भ्यालेन्टाइन डेको संघारमा सात दिनअघिदेखिनै गुलाफको बिक्री सुरु हुने गरेको छ । पुष्प व्यवसायीहरुले नजिकिएको भ्यालेन्टाइन डेको लागि २ लाख २० ओटा (स्टीक) गुलाफको अडर आइसेको बताएका छन् । जसमा ५० हजार स्टीक आन्तरिक उत्पादन भने १ लाख […]

ताप्लेजुङमा यस वर्ष पाँच अर्वको अलैंची उत्पादन

ताप्लेजुङ । ताप्लेजुङमा यसवर्ष साढे पाँच अर्व रुपियाँ बराबरको अलैंची उत्पादन भएको छ । कालो सुनको उपमाले चिनिने पहाडी जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैंचीको उत्पादन बढेसँगै आम्दानी पनि बढेको छ । जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार यो वर्ष जिल्लामा कुल दुई हजार चार सय १० मेट्रिकटन अलैंची उत्पादन भएको छ । यो उत्पादन […]

भारतले चिनीको भन्सार शतप्रतिशत बढायो, नेपालमा के हुन्छ ?

काठमाडौं। भारत सरकारले घरेलु किसानलाई सुरक्षा गर्न चिनीमा लगाउँदै गरेको आयात शुल्कलाई दुई गुणा वृद्धि गरेर शतप्रतिशत पुर्याएको छ । हाल चिनी आयात गर्दा ५० प्रतिशत  भन्सार शुल्क लाग्छ । भारतले आन्तरिक उत्पादन बढाउन र उद्योग तथा किसानलाई संरक्षण गर्न यस्तो गरेको हो । केन्द्रीय उत्पादन एवम् सीमा शुल्क बोर्ड सीबीईसीद्वारा जारी सूचनामा भनिएको छ, […]

ढिंँडो पसलबाट दुई लाखसम्म आम्दानी ,शहरमा ढिँडोमा आकर्षण बढ्दो

हेटौडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँंडास्थित राप्ती खोला पुलको मुखमै छ सुदामा पुडाशैनीको ढिंँडो पसल छ । राप्ती किनारको सिमलटार गाउँमा उहाँले ढिंँडो बेच्न थालेको झण्डै ६ वर्षभयो । अहिले उहाँको ‘मकवानपुरे ढिँडो’ प्रख्यात बन्दै गएको छ । ढिँडो पकाउँदा सँधै एप्रोन प्रयोग गर्ने पुडाशैनी हट्टाकट्टा हुनुहुन्छ । श्रीमती सविना र दुईजना सहयोगी दिनभर सुदामासँगै […]

साढे १४ किलोको एउटै काउली

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् ।साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले १४ किलो ५ सय ग्राम तौल भएको काउली फलाएका हुन् । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा सो तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताए । कार्कीले व्यावसायिक तरकारी खेती गर्दै आइरहेका […]

थोरै लगानि करोडौँ आम्दानी दोलखामा मात्र तिन करोडको किवी उत्पादन

दोलखा । दोलखामा चालू आर्थिक वर्षमा करीब ३ करोड रुपैयाँबराबरको किवी फल उत्पादन भएको छ । लामो समयदेखि व्यावसायिक किवी खेती गरिरहेकासँग जिल्ला कृषि विकास कार्यालय दोलखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षमा २ करोड ८२ लाख रुपैयाँबराबरको ९४ मेट्रिकटन किवी फल उत्पादन भएको छ । किवी खेतीतर्फ किसानको आकर्षण बढेकाले आगामी वर्ष उत्पादन दोब्बर […]

कालो चिया बेचेर ५० हजार मुनाफा, मासिक १० हजार लगानीमा ६० हजार कुल आम्दानी

दाङ। दाङका एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन्। तुलसीपुरमा चिया बेच्दै आएका कमल हलवाइले मासिक ५० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन्। दैनिक २०० गिलासभन्दा बढी कालो चिया बिक्री गर्ने गरेको उनले बताए। दैनिक दुई हजारभन्दा बढी कमाइ हुन्छ, हलवाइले भने। बजारका पसल पसलमा तथा सडकमा उनले कालो चिया बिक्री गर्दै आएका […]

यस वर्ष ५० हजार मेट्रिक टन चिनी नपुग हुने

काठमाडौं। नेपाल चिनी उद्योग संघले यस वर्ष देशभर करिब ५० हजार मेट्रिक टन चिनी नपुग हुने जनाएको छ । मुलुकमा करिब दुई लाख २५ हजार मेट्रिक टन चिनीको माग भएको भए पनि स्वदेशी उत्पादनबाट करिब एक लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन हुने अनुमान गरिएको छ । नेपाल चिनी संघका अध्यक्ष राजेश केडियाले २० […]

भन्सार दर वृद्धि नहुँदै चिनीको मुल्यवृद्धि

काठमाडौं।  विगत तीन महिना देखि सुरु भएको चिनीको भन्सार दर वृद्धिको चलखेल चलिरहेकै अवस्थामा बजारमा भने खुद्रा चिनीको मूल्य वृद्धि भई बिक्री सुरु भएको छ । केही चिनी उद्योग र व्यापारीको योजनामा वृद्धि गर्न लागिएको भन्सार दर वृद्धिको चौतर्फी रुपमा विरोध हुँदै आइरहेको थियो । सरकारले ३० प्रतिशत भन्सार दर वृद्धि गर्ने तयारी गरेको अवस्थामा […]