अर्थ/बजार

नेपालको मकै ‘हात्तीको मुखमा जिरा’

काठमाडौँ। कुखुरापालन किसानका लागि भरपर्दो पेसा हो । तर, यही पेसा सञ्चालनका लागि झण्डै रु १६ अर्बको कच्चा पदार्थ अन्यत्रबाट आयात गर्नुपर्छ । जबकी कुखुरापालन व्यवसायबाट वार्षिक रु ३३ अर्ब ७२ करोड आम्दानी हुन्छ । कुखुरालाई आवश्यक पर्ने दाना कृषि र पशुपालन क्षेत्रबाट प्राप्त गर्न सकिन्छ । तर कृषि र पशुपालन क्षेत्र परनिर्भरतातर्फ धकेलिएकाले दाना […]

अचार बेचेरै मासिक डेढ लाख आम्दानी

भद्रपुर। सीप र जागर भयो भने सानो लगानीले स्वदेशमै मासिक रु एक लाखदेखि दुई लाखसम्म कमाउन सकिन्छ, भन्ने उदाहरण प्रस्तुत गर्न सफल हुनुभएको छ, झापा अर्जुनधारा–९ का उद्यमी दिनानाथ शिवाकोटी । उहाँले आफ्नै घरमा ‘शिव बाबा’ अचार उद्योग सञ्चालन गरेर विभिन्न २० परिकारका उत्पादन बजारमा ल्याएका छन् । दश वर्षअघि रु पाँच लाख पूँजी लगानी […]

भारतको विशाखापत्तनममा ३० हजार टन युरिया मल रोकियो

काठमाडौं। रेल नपाएपछि ३० हजार टन युरिया मल भारतको विशाखापत्तनममा रोकिएको छ । हाल धान खेतीको टप ड्रेसिङको समयका कारण युरिया मलको माग अत्याधिक भएको बेला रेल्वे र्याक नपाउदा आपूर्तिमा ढिलाइ भएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीले ग्लोबल टेण्डरबाट इण्डियन पोटास लिमिटेडसंग ३० हजार टन युरिया मल खरिद गरेको हो । निर्धारित […]

तरकारी बजार केन्द्र निर्माण हुने

दाङ। तुलसीपुर उपमहानगरपालिकाले आधुनिक तुलसीपुर तरकारी तथा फलफूल कृषि बजार केन्द्र निर्माण गर्ने भएको छ । बजार क्षेत्रभित्र रहेका अव्यवस्थित तरकारी तथा फलफूललगायत कृषि उपज बजारलाई व्यवस्थित गर्नका लागि बजार केन्द्र निर्माण गर्न लागेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । रु एक करोड ८० लाखको लागतमा निर्माण हुनथालेको बजार केन्द्र तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको सेन्टर […]

कालीमाटी तरकारी तथा फलफूल बजार बन्द

काठमाडाैं। कालीमाटी तरकारी तथा फलफूल बजारका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले तरकारी तथा फलफूलमा अनियमितता भएकोभन्दै अनुगमन गरेपछि व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । अनुगमनका क्रममा अवरोध गर्ने कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगाना पक्राउ परेका थिए । पक्राउको विरोधमा आज व्यापारीहरुले किसानहरुबाट तरकारी खरिद गरेनन् । अन्य […]

किसानमैत्री बन्न सकेन कृषि विकास बैंक

काठमाडौँ। कृषि विकास बैंकलाई ‘किसानको बैंक’ पनि भनिन्छ । तर, सो बैंक किसानमैत्री हुन सकेको छैन । आर्थिक वर्ष २०७४(७५ मा चिया तथा कफीमा गरेको लगानीबाटै सो कुरा प्रमाणित हुन्छ । आर्थिक वर्ष २०७४/७५ असारसम्म बैंकले चिया तथा कफी उत्पादनमा २१ करोड ३० लाख लगानी गरेको छ । सो लगानीको झण्डै आधा चियामा लगानी हो […]

एउटै गाउँबाट डेढ करोडको काँक्रोको बीउ बिक्री

पर्वत । पर्वत जिल्लाको फलेबास नगरपालिका वडा नं ११ मा पर्छ एउटा सानो गाउँ कर्नास , यहाँका एक सय घर धुरीले एक दशक भन्दा पहिले देखि गाउँमै ‘सुन’ फलाउँदै आएका छन । सुन्दा अचम्म लागेपनि पँहेलपुर पाकेका काक्रोबाट यहाँका कृषकले यस बर्ष मात्रै गाउँमा डेढ करोड रुपैया भित्र्रयाएका छन । भक्तपुर लोकल जातको काक्रोको बीउ […]

डिडिसिद्वारा कच्चा दूधको खरीद मूल्यमा ४.१४ रुपैयाँ वृद्धि

काठमाडौं। दुग्ध विकास संस्थान ९डिडिसि०ले कृषकबाट उत्पादित कच्चा दूधको खरीद मूल्यमा ४ रुपैयाँ १४ पैसा वृद्धि गरेको छ । संस्थानले शुक्रवार एक विज्ञप्ती जारी गर्दै आगामी भदौ १ गतेदेखि लागू हुने गरी कच्चा दूधको खरीद मूल्य वृद्धि गरिएको जानकारी गराएको हो । विज्ञप्तीमा भनिएको छ, ‘ग्रामिण क्षेत्रका कृषकहरुबाट उत्पादित दूधको बजार सुनिश्चत गरी कृषकहरुको पेशागत […]

साना किसानले ब्याज फिर्ता पाए

चितवन। रत्ननगरस्थित सौराहामा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर व्यवसाय शुरु गरेका ३५ किसानले ६० प्रतिशत ब्याज फिर्ता पाएका छन् । नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट पैसा ल्याएर उक्त सहकारीमार्फत ऋण लिएका ३५ असल ऋणीलाई आज रु तीन लाख ५० हजार बराबरको ६० प्रतिशत ब्याज फिर्ता गरिएको हो । […]

धूलो दूधको बोलपत्र खारेज गर्ने निर्णय

काठमाडौँ । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले दुग्ध विकास संस्थानले धूलो दूधको बोलपत्र खारेज गर्ने निर्णय भइसकेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त तत्वावधानमा किसानको अधिकारसम्बन्धी कानूनको पुनरवलोकन अध्ययन प्रतिवेदन सार्वजनिक एवम् तरकारी बजारमा किसान र उपभोक्ताबीचको मानव अधिकारसम्बन्धी छलफल कार्यक्रममा उनले किसानको समस्या बुझी कृषिसम्बन्धी […]