अर्थ/बजार

तरकारीको माग बढ्दो

नेपालगञ्ज। शहरीकरणसँगै नेपालगञ्जमा तरकारीको माग पनि बढ्दै गएको छ । विभिन्न जिल्लाबाट व्यापार, बसोवास, शिक्षा तथा जागिरका लागि बसोवास गर्न यहाँ आउनेको सङ्ख्या बढदै गएको हो । विशेषतः प्रदेश नं ५ र कर्णाली प्रदेशका बर्दिया, दाङ, दैलेख, रुकुम, प्युठान, सुर्खेत, सल्यानबाट बसाइँसराइ गरी आउनेको सङ्ख्या बढी छ । नेपालगञ्जमा केही सङ्ख्यामा चितवन, पर्वत तथा गुल्मीबाट […]

अण्डाको मूल्य बढ्यो, कृषकलाई राहत उपभोक्तालाई हैरानी

चितवन। अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन । नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु २४० मा बिक्री हुन थालेको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २६० र मध्यमको रु १८० रहेको […]

मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितो राखी २० लाखसम्म ऋण लिन सकिने

ललितपुर। अबदेखि मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितो राखेर २० लाखसम्म ऋण पाइने भएको छ। नेपाल राष्ट्र बैंकले भदौ २० गते एकीकृत निर्देशन २०७५ जारि गर्दै आयमुलक क्रियाकलापलाई प्रोत्साहित गर्न मोटरबाटो नपुगेको खेतीयोग्य जमिन राखेर २० लाखसम्म ऋण लिन पाउने व्यवस्था गरेको हो। व्यावसायिक कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय एवम् भूकम्पबाट प्रभावित क्षेत्रमा आयमूलक […]

कृषि उत्पादन वृद्धिमा बिम्स्टेक राष्ट्रको जोड

ललितपुर। बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनले कृषि उत्पादनमा विशेष जोड दिएको छ । सम्मेलनको उद्घाटनसत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरणमा जोड दिएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेकमा आवद्ध सबै राष्ट्र कृषि प्रधान मुलुक भएकाले कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा औँल्याएका थियो । भारतीय प्रधानमन्त्री […]

अदुवामा निकासी करमा नेपाल र भारत दुबैतर्फ उल्लेखनीय वृद्धि

भद्रपुर। अदुवामा निकासी कर नलगाउन पुनरावेदन अदालत इलामले आज अन्तरिम आदेश जारी गरेको छ । झापा जिल्ला समन्वय समितिले काँकडभिट्टाबाट भारत निकासी हुने अदुवामा प्रतिट्रक रु पाँच हजार निकासी कर लगाएपछि त्यस विरुद्ध परेको रिटमा पुनरावेदन अदालत इलामले अर्को निर्णय नआउञ्जेल त्यस्तो कर नलगाउन आदेश जारी गरेको हो । नेपाल अदुवा उत्पादक सङ्घका तर्फबाट बिहीबार […]

६ रुपैयाँको अण्डालाई उपभोक्ता १५ रुपैंया तिर्दै

चितवन। किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन लिने गरेको पाइएको छ । विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन् । लागत मूल्य पाउन किसानलाई मुस्किल परेको छ भने महँगो मूल्य तिर्न उपभोक्ता बाध्य छन् । किसानको फार्मबाट स्थानीय डिलरले अण्डा खरीद गर्छन् । त्यही अण्डा विभिन्न बजारका मुख्य डिलरलाई बिक्री गरिन्छ […]

अव च्याउको पनि बीमा !

ललितपुर। नेपालमा बढ्दो च्याउ खेतीलाई मध्यनजर गर्दै बीमा समितीले च्याउको गर्ने भएको छ । काठमाडौँको नेपालमा च्याउखेतीको बिमा, अवसर र चुनौती विषयक अन्तक्रियात्मक कार्यक्रममा बोल्दै बिमा समितीका उप निर्देशक कुन्दन सापकोटाले च्याउको लागि पनि छुट्टै बिमा निती आवश्यक परेको र किसानलाई थप सहयोग गर्न च्याउ निती बनाउन बिमा समिती तयार रहेको बताउनुभयो । उक्त अवसरमा […]

एकै सिजनमा १ करोड बढीको अकबरे खुर्सानीको व्यापार

इलाम। इलाम र पाँचथरको सिमानामा रहेको राँके बजारमा एकै सिजनमा १ करोड बढीको अकबरे खुर्सानीको व्यापार हुने गरेको छ । इलामको देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिका साथै पाँचथरको फाल्गुनन्द गाउँपालिकाका किसानले उत्पादन गरेको अकबरे खुर्सानी राँकेबजारका व्यापनरीले बिक्री गर्ने गरेका छन् । अहिले इलाममा धमाधम अकबरे खुर्सानी टिपेर बजारमा बिक्री गर्ने समय हो । कम्तीमा […]

अब अदुवा निकासीमा पनि कर

भद्रपुर। इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ । व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काँकरभिट्टामा लिने गरेको सो निकासी कर कानून विपरीत भएको बताएका छन् । आइतबार भारततर्फ सुनिता ट्रेडर्सको नाममा निकासी हुन लागेको १० हजार किलो अदुवामा समन्वय समितिले ५ हजार रुपैयाँ निकासी करका रुपमा असुल गरेको हो । […]

जुम्लामा २४ करोडको स्याउ उत्पादन हुने अनुमान

सुर्खेत। चालू आर्थिक वर्ष २०७५/७६ मा जुम्लामा २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ । स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाणमा स्याउ उत्पादन भएको प्रक्षेपण गरिएको हो । यस वर्ष जुम्लामा ६ हजार मेट्रिक टनसम्म स्याउ उत्पादन भएकोे जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले जानकारी दिए । […]