अर्थ/बजार

दशैंमा ५४ करोडको तरकारी किनबेच

धरान। कोशी पहाडी जिल्लामा उत्पादित कृषिजन्य उत्पादनको मुख्य व्यापारिक केन्द्र धरानको कृषि उपज बजारस्थलमा यो वर्षको दशैं अवधिभर करीब ५४ करोडको कारोबार भएको छ । बजारको तथ्याङ्कअनुसार दशैं अवधिभर अघिल्लो वर्षको दशैंभन्दा १५ प्रतिशतले कारोबार वृद्धि भएको छ । खसी बोका ४ हजारओटा खरीद विक्री हुँदा ४ करोड रुपैयाँको कारोबार भएको छ भने हरियो तरकारी […]

चिनी उद्योगीसँग विवरण माग

ललितपुर। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चिनी उद्योगीसँग उखु किसानलाई दिनुपर्ने बाँकी भुक्तानी गरे-नगरेको विवरण माग गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उद्योगीलाई छिटो भुक्तानी विवरण उपलब्ध गराउन पत्रचार गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । चिनी उद्योगीले उखु किसानलाई लामो समयदेखि रकम भुक्तानी नगरेपछि उखु कृषकले गत असोजमा […]

मकवानपुरमा फूलको व्यवसायिक उत्पादन

हेटौँडा । प्रदेश नं ३ को मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने भीमफेदी, इन्द्रसरोवर, राक्सीराङ्ग, कैलाश र मकवानपुरगढी गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीय कृषकले व्यावसायिक रुपमा फूलको उत्पादन शुरु गरेका छन् । ती क्षेत्रका कृषकले सयपत्री, मखमली, चमेली, गोदावरी र पारिजात नामका फूलखेती गरेका छन् । ती फूल अहिले काठमाडौँ, ललितपुर कास्की, रुपन्देही, चितवन […]

असिनापानीबाट दुई करोडको सुन्तला नष्ट

वालिङ। असिनापानीले स्याङ्जामा दुई करोड रुपैयाँ बढीको सुन्तला नष्ट भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको हो। “गत असोज २१ गते विशेषगरी पुतलीबजार नगरपालिकाका […]

धान उत्पादनमा रेकर्ड तोडिँदै

ललितपुर। गत वर्षभन्दा यो वर्ष करिब साढे ६ लाख टन धेरै धान फलेको अनुमान गरिएको छ। अहिलेसम्मकै रेकर्ड तोड्दै चालू आर्थिक वर्ष ०७५/७६ मा करिब ५८ लाख मेट्रिक टन धान फल्ने प्रक्षेपण कृषि तथा पशुपक्षी मन्त्रालयले गरेको छ। गत आव ०७४/७५ मा ५१ लाख ५१ हजार टन धान फलेको थियो। विगतमा सबैभन्दा धेरै आव ०७३/७४ […]

कुखुराको मासु र अण्डामा काभ्रे आत्मनिर्भर

ललितपुर। संघीय राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला अण्डा र कुखुराको मासु उत्पादनमा आत्मनिर्भर बनेको छ । वार्षिक ९ हजार ६ सय मेट्रिकटन कुखुराको मासु उत्पादन गर्ने काभ्रेमा करिव १ हजार कुखुरा फर्म रहेको छ । काभ्रेमा उत्पादन हुने कुखुराको मासु र अण्डाको बजार काठमाडौं बन्न भने सकेको छैन । राजधानी काठमाडौंमा आवश्यक मासु तथा अण्डा अन्यत्रबाट […]

क्यानिङ र प्याकेजिङ उद्योग खोल्न लिने हैन ७० प्रतिशत सरकारी अनुदान

ललितपुर। कृषि उपजको व्यवसायीक र बजारीकरणका लागि सरकारले क्यानिङ तथा प्याकेजिङ उद्योग स्थापना गर्नेलाई ७० प्रतिशत पुँजीगत अनुदान दिने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले लागत सहभागिताका आधारमा क्यानिङ तथा प्याकेजिङ उद्योग स्थापनाका लागि निजी क्षेत्रबाट प्रस्ताव आब्हान गरेको छ । उद्योग स्थापना गर्न चाहाने उद्योगीले ३१ दिनभित्र शिलबन्दी प्रस्ताव आब्हान गरेको छ । […]

अव बजारमा मकैको चिउरा

काठमाडौं। झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गरेका छन् । स्थानीय महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना एकीकृत सहकारी खेतीअन्तर्गत मकैको चिउरा बनाउने उद्योग स्थापना गर्न लागेको हो । सहकारीको १६ औँ वार्षिक साधारणसभाका अवसर पारेर आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रदेश नं १ […]

दशैंका करिब ३० करोड बराबरको फलफूल आयात हुने

ललितपुर। यस वर्षको दशैंका लागि करिब ३० करोड बराबरको फलफूल आयात हुने भएको छ । आन्तरिक उत्पादनले मुलुकभरको माग धान्न नसक्ने भएकाले ठूलो रकम विदेशीने गरेको हो । अरु समयमा भन्दा दशैंका बेला फलफूलको माग दोब्बरले बढ्ने भएकाले ३० करोड हाराहारीको फलफूल विदेशबाट भित्रिने व्यवसायी बताउँछन् । दशैंमा चीनबाट करिब २० करोडको स्याउ आयात हुने […]

संस्थानद्वारा च्याङ्ग्रा र खसीबोका बिक्री शुरु

ललितपुर। नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७०० र खसीबोका रु ५०० मूल्यमा बिक्री हुन थालेको हो । दशैंका लागि मुस्ताङबाट एक हजार च्याङ्ग्रा र मकवानपुरबाट एक हजार खसीबोका ल्याउन लागिएकामा अहिले करीब ९०० च्याङ्ग्रा र ३०० खसीबोका बिक्री गर्न […]