अर्थ/बजार

हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

इलाम। इलाममा चियाखेती शुरु भएको २ सय वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ । सरकारले चियाको बजारीकरणको राम्रो व्यवस्था नगरिदिँदा […]

कफीको मूल्य समायोजन हुँदै

ललितपुर। सरकारले कफीको मूल्य बढाउने तयारी गरेको छ। मंसिर १ गतेदेखि लागू हुने गरी किसानको उत्पादन लागतका आधारमा मूल्य बढाउन लागिएको हो। आर्थिक वर्ष २०७४/७५ मा कफीको मूल्य समायोजन भएको थिएन। समायोजन हुने मूल्य किसानले पाउनेछन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय कफी दिवसको अवसरमा मूल्य समायोजन गर्न लागेको हो। बोर्डका योजना अधिकृत गौरब […]

उखुको मूल्य निर्धारणको तयारी

ललितपुर। उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न सरकारले तयारी थालेको छ । उखुको क्रसिङ सिजन नजिकिन थालेपछि सरकार यो वर्षको उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारीमा जुटेको हो । मंसिर पहिलो साताभित्र उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गरी सक्ने तयारी सरकारको रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । सरकारले उखुको न्यूनतम समर्थन मूल्यपछि उखु किसानले […]

धानको समर्थन मूल्य कहिले ?

नेपालन्ज। सरकारले कात्तिक महिनाको अन्तिम समय आइसक्दा पनि धानको समर्थन मूूल्य नतोक्दा बाँके र बर्दियाका किसान मारमा परेका छन् । धान पाकेर किसानका घर आँगनमा पुगिसके पनि समर्थन मूल्य नतोकिँदा सस्तोमा धान बिक्री गर्नु परिरहेको बाँके र बर्दियाका किसानहरूको भनाइ छ । समर्थन मूल्य नतोकिंदा धानको अन्न भण्डार मानिने बाँके र बर्दियाका धान उत्पादक किसानले […]

शैक्षिक प्रमाणपत्र धितो राखी ऋण लिन आग्रह

ललितपुर। व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो । आव २०७५/७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका […]

कुखुरापालनमा वार्षिक अर्बऔं रुपैंया बाहिरिँदै

ललितपुर। कुखुरापालन व्यवसायमा वार्षिक रु २० अर्बभन्दा बढी रकम बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण सो रकम बाहिरिने गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं कृषि र वन समितिका संयोजक डा तिलचन्द्र भट्टराईका अनुसार दानाका कच्चा पदार्थमा मात्रै वार्षिक रु १६ […]

गोरखामा किसान बजार सञ्चालनमा आएपछि कृषक खुशी

गोरखा। किसानको उत्पादनलाई प्रवद्र्धन गर्न किसान बजार सञ्चालनमा आएपछि गोरखाका कृषक खुशी भएका छन् । स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्री कृषक आफैँले बजारमा पु¥याएर बिक्री गर्न पाउँदा कृषक उत्साहित भएका हुन् । जिल्लाको शहीद लखन गाउँपालिका–३ को रामशाहघाट बजारमा सञ्चालनमा आएको बजारबाट हरेक हप्ताको शनिबार कृषिजन्य उत्पादन कृषक आफैँले ल्याएर बिक्री गर्न थालेका गाउँपालिकाका कृषि शाखा […]

अलैँची किसानको दुःखेसोः विदेश जाम त उमेर छैन

लमजुङ। मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका आइतराम तामाङले विदेश छाडेको धेरै भयो । १० वर्ष कतारमा पसिना बगाउनुभएका तामाङले गाउँमा अलैँची खेतीको विस्तार भएपछि नेपाल फर्कनुभएको थियो । ‘गाउँका साथीले अलैँची लगाएको देखेर विदेशवाट छुट्टीमा आउँदा मैले पनि अलैँची लगाएर फेरि विदेश नै फर्किए । यता गाउँका साथीले अलैँचीबाट राम्रो आम्दानी गरेको भन्ने सुनेर विदेश छोडेर गाउँमा […]

यो तिहारलाई स्वदेशकै फूल

ललितपुर। फ्लोरिकल्चर एशोसियसनले यस वर्षको तिहारका लागि चाहिने आवश्यक फूल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ। तिहारमा अत्यधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फूलको व्यावसायिक उत्पादन बढ्दै गएको भन्दै एशोसियसनले अघिल्लो वर्षजस्तो यस वर्ष फूल आयात गर्नु नपर्ने दाबी गरेको हो। यद्यपि ग्रीमिण तहमा उत्पादन भएका फूललाई बजारसम्म ल्याउने कठिनाइका कारण केही मात्रामा भने आयात […]

कुखुराको मासुको मूल्यमा गिरावट

काठमाडौं। ब्वायलर कुखुराको मासुको मूल्यमा गिरावट आएपछि साना किसान मर्कामा परेका छन् । बजारमा ब्वायलर कुखुराको तयारी मासु प्रतिकिलो रु २६० मा बिक्री हुँदै आएको छ । किसानको फार्मबाट जिउँदो कुखुरा प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको छ । नेपाल कुखुरापालक किसान सङ्घका अध्यक्ष झलक पौडेलका अनुसार एउटा कुखुरा बिक्री गर्दा किसानले रु ५० […]