मानव मूत्र प्रयोगबाट तरकारी उत्पादनमा वृद्धि
सोलुखुम्बु । छेस्काम गाविसमा कृषकले तरकारी बालीमा मानव पिसाब प्रयोग गर्न थालेपछि उत्पादनमा वृद्धि भएको छ । छेस्काम गाविसका करिब ७०० घरधुरीमा एकवर्ष अघिदेखि इकोसान (पिसाब सङ्कलन गर्न मिल्ने) चर्पी प्रयोगमा ल्याइएपछि सङ्कलित पिसाब तरकारीबालीमा प्रयोग गर्न थालिएको हो । शौचालयबाट सिधैँ ड्रममा सङ्कलन भएको पिसाब काउली, बन्दा, मुला, गाजर, गाँठगोभी लगायतका तरकारीबालीमा प्रयोग गर्न […]





