“कृषि क्षेत्रलाई सूचना प्रविधिसँग जोड्नुपर्छ “

चितवन । म्यागासेसे पुरस्कार विजेता महाविर पुनले कृषि क्षेत्रलाई सूचना प्रविधिसँग जोड्नुपर्ने बताएका छन् । एग्री युथ नेपालको आयोजनामा तीन दिनसम्म चल्ने तालिमको उद्घाटन गर्दै कृषि क्षेत्रको विकासका लागि युवाहरुले अन्वेषण गर्नुपर्ने भन्दै उनले त्यसको लागि ठूलो लगानी आवश्यकपर्ने बताए । सोही अवसरमा उनले सरकारले सहयोग नगरेपछि चन्दा उठाएर राष्ट्रिय आविश्कार केन्द्र स्थापनाका गर्न लागेको […]

हात्ती र गैडाले धान बाली खाइदिँदा कृषक पीडित

चितवन ।चितवनको माडी नगरपालिका–५ खादर टोलका बासिन्दाहरूको धान बाली हात्तीले खाइदिँदा पीडित बनेका छन् । टोलमा पसेको दुई हात्तीले धान खेती खाइदिएको स्थानीयबासी पारस सहनीले बताए । खादरटोलमा गैंडाको समेत त्रास उत्तिकै रहेको बताइएको छ । सो क्षेत्रमा लगाइएको सोलार फेन्सले पनि काम गर्न छाडेकाले वन्यजन्तुको बिगबिगी बढेको स्थानीयले बताए । उक्त क्षेत्रसहित रतनी, धोबाहा […]

चिराइतो खेतीमा रोग लागेपछि किसान चिन्तित

भोजपुर। गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । माथिल्लो भेगका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको चिराइतोको बोट कालो हुने, सुकेर जाने, जरामा किरा पर्ने रोग देखिएपछि किसान चिन्तित बनेका हुन्् । खेती लगाएर हुर्कर्दै गरेको आधाजसो बोट रोगले सखाप पार्न लागेपछि उत्पादनमा […]

घाँसमा आधारित पशुपालन गर्ने किसानलाई सम्मान

चितवन । जयमंगल दुग्ध उत्पादक सहकारी संस्था रत्ननगर,चितवनले १३ ले उत्कृष्ट किसानहरुलाई सम्मान गरेको छ । संस्थाले २० औंसाधरण सभामा संस्थामा धेरै दूध ल्याउने, गुणस्तर दूध उत्पादन गर्ने र घाँसमा आधारित पशुपालन गर्ने उत्कृष्ट किसानलाई सम्मान गरिएको हो । संस्थामा सबैभन्दा धेरै दूध ल्याउने किशोर बगाले, गुणराज बगाले, माधव कट्टेल तथा घाँसमा आधारित पशुपालन गर्ने […]

दूधको कारोबारबाट प्रत्यक्ष तथा अप्रत्यक्ष चार लाख ५० हजार व्यक्ति रोजगार

काठमाडौँ। दूधको कारोबारबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा चार लाख ५० हजार व्यक्तिले रोजगार पाइरहेककाले यसलाई व्यवसायीकरण गर्नुपर्नेमा नेपाल डेरी एसोसिएसनले जनाएको छ। बजारमा दूधको माग दैनिक ९६ लाख लिटर भएपनि दैनिक ४८ लाख दूध उत्पादन हुने गरेकाले माग धान्नका लागि नेपाल दुग्ध विकास संस्थान र नेपाल डेरी एसोसिएसन आयात गर्न बाध्य भएको एसोसिएनका अध्यक्ष सुमित […]

नयाँ जातको धान चैते– ५, डीआर– ४४, तेहरान निरीक्षण

धनुषा । धनुषाको बनिनियाँस्थित राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र हर्दिनाथमा लगाइएको नयाँ जातको धानबालीको राष्ट्रिय अनुसन्धान परिषद्ले निरीक्षण गरेको छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथमा लगाइएको चैते– ५, डीआर– ४४, तेहरान लगायतका जातको धानबालीको निरीक्षण गरिएको हो । राष्ट्रिय धानबाली अनुसन्धान परिषद्का बाली तथा बागवानी अनुसन्धान निर्देशक डा. यज्ञप्रसाद गिरीको संयोजकत्वमा आएको ५ सदस्यीय निरीक्षण […]

दसैँ नजिकिँदै गर्दा डोल्पामा खाद्यान्न अभाव

डोल्पा। नेपालीको महान् चाड दसँै नजिकिँदै गर्दा डोल्पालीलाई भने खाद्यान्नको चटारो बडेको छ । खाद्य संस्थानले हरेक वर्ष दसँैका लागि सहुलियतमा खाद्यान्न वितरण गर्ने गरे पनि यसपालि समयमै खाद्यान्न ढुवानी हुन नसक्दा खाद्यान्नको चटारो बडेको स्थानीयवासी लवचन्द्र रोकाय बताउनुहुन्छ । संस्थानले चामल, नुन लगायतको खाद्यान्न ढुवानी भइसकेको बताए तापनि खाद्य डिपोमा अझै पुगेको छैन । […]

विदेशबाट छुर्पीको माग बढेपछि मूल्य पनि बढ्यो

ताप्लेजुङ। युरोप, अमेरिकाबाट छुर्पीको माग उच्च भएपछि मूल्य पनि बढेको छ। दुईचार वर्षअघिसम्म मुस्किलले प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री हुने गरेको चौंरीको दूधबाट उत्पादित छुर्पीको मूल्य अहिले एक हजार रुपैयाँ पुगेको छ । दुईचार वर्षको अन्तरालमै छुर्पीको मूल्य झन्डै तेब्बरले बढेपछि यसका पारखी चकित छन् । हिमाली भेगका घाँसे मैदानमा चर्ने चौंरीको शुद्ध दूधबाट बनाइने […]

हात्तीबाट बालीनालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति

कञ्चनपुर । वन कार्यालय कञ्चनपुरले जङ्गली हात्तीको झुन्डबाट बालीनालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराएको छ । गत वर्ष हात्तीले बालीनालीमा क्षति पु¥याएका त्रिभुवनबस्ती, परासन, रैकवार विचवा र वाइसेविचवाका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको हो । पहिलो चरणमा ८४ र दोस्रोचरणमा ६५ जनालाई क्षतिको मूल्याङ्कनका आधारमा रु पाँच हजार र रु १० हजारका दरले यस […]

चीनमा खडेरीबाट करिब दुई लाख पचास हजार मानिस प्रभावित

वुहान (चीन)। मध्य चीनको हुवेई प्रान्तमा खडेरीका कारण करिब दुई लाख ३७ हजार मानिसमा खानेपानीको अभाव भएको हुवेईका स्थानीय अधिकारीले बताएका छन् ।सामान्यतया यहाँ पर्ने गरेको औषत वर्षाको करिब १० प्रतिशत मात्र वर्षा यस क्षेत्रमा भएको स्थानीय अधिकारीले एक प्रेस विज्ञप्ति जारी गरी शनिबार बताए । हुवेईको उत्तरपश्चिम क्षेत्रमा अवस्थित सियान र इचाङ सहरमा वर्षा […]