अकबरे खुर्सानीबाट मनग्य आम्दानी

पोखरा। सम्भावना पहिल्याउँदै दृढ इच्छा शक्तिका साथ परिश्रम गर्ने हो भने सानो जग्गाबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, अकबरे खुर्सानीको खेती गर्दै आउनुभएका पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारी । वार्षिक छ हजारको धान उत्पादन हुने चार आना जग्गामा लगाएको अकबरे खुर्सानी खेतीबाट दुई लाख भन्दा वढी आम्दानी गरेर कृषक भण्डारी उदाहरणीय […]

अनुदानमा पाएको बीउले धान नफलेपछि किसानले गरे क्षतिपूर्तिको माग

धादिङ । जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको धानको बीउ लगाएका किसानको धान नफलेर बोटमै बाला सुकेपछि किसानले क्षतिपूर्तिको माग गरेका छन् । जिल्ला कृषि विकास कार्यालय मार्फत कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले क्षतिपूर्ति माग गरेका हुन् । गत आवमा कृषकलाई ५० प्रतिशत अनुदानमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाराले उत्पादन गरेको हर्दिनाथ १ नामक धानको बीउ […]

“अर्गानिक खेतीमा किसान “

अमृता गुरुङ भरतपुरतिर विशेष कामले हिडेका पृथ्वीनगर—१०, नवलपरासीका केशर आले ई—रिक्सामा थिए । वीरेन्द्र क्याम्पस गेटमा पुग्नै लाग्दा सोही रिक्सामा एक जना महिला पनि चढिन् । “हैन दिदी हजुर कति साह्रै मोटो ! बस्नै गाह्रो भो”, सँगै बस्ने एकजना यात्रुले भने । “भए जतिको विषादी खाएपछि फोक्से मासु नलागेर के गरोस त”, लगत्तै अगाडिबाट रिक्सा […]

जब पशु अधिकारकर्मीका नाममा एउटै समूहले ६ सय वटा च्याङग्रा किनेर लगे………

भक्तपुर। दसैँको लागि मुस्ताङबाट ल्याइएको भेडा-च्याङ्ग्राको अभाव भएको छ । भक्तपुरमा झण्डै दुई हजार वटा भेडा–च्याङ्ग्रा बेच्न ल्याएकोमा पशु अधिकारकर्मीका नाममा एउटै समूहले ६ सय वटा च्याङग्रा किनेर लगेपछि अभाव भएको हो । बुधबार हेलम्बुको जंगलमा लगेर च्याङ्ग्रा छाडिदिने र अरुलाई पनि पशु वध नगर्न आग्रह गर्ने भन्दै आएको समूहले प्रति च्याङ्ग्रा १९ हजार रुपैयाँका […]

आफैँ किसान, श्रमिक अनि साहु

मोरङ। आफ्नै खेतमा आफैले उत्पादन गरेको उखुको जुस बेच्न थालेपछि बयरवन–९ का किसान ४७ वर्षीय चेतनाथ पौडेलका दिन फर्केका छन् । प्रत्येक दिन बिहानको खाना खाएर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको कानेपाखरीमा जुसको व्यापार गर्नु उहाँको दैनिकी हो । किसान, आफैँ श्रमिक र आफैं साहु पनि । त्यही परिश्रमले दिएको छ, पौडेललाई मासिक रु ६० हजार । […]

शुरु भयो अलैँची र चिया अनुसन्धान कार्यक्रम

धनकुटा । चिया र अलँैची अनुसन्धान कार्यक्रम यस वर्षदेखि राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान कार्यक्रम पाख्रिबासले शुरु गरेको छ । नेपालभरिका पूर्वी पहाडी क्षेत्रका अलैँची र चियाको क्षेत्रमा अनुसन्धान गर्ने उद्धेश्यले नेपाल कृषि अनुसन्धान परिषद्ले २०६४ सालमा यो कार्यक्रम शुरु गरेको थियो । स्थापना कालमा कृषि अनुसन्धान केन्द्र पाख्रिबासको मातहतमा रहँदा अनुसन्धान कार्यक्रम नचलेपछि परिषद्ले कार्यक्रमलाई […]

च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै

नेपालगञ्ज । व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बाँकेका करीब ३ सय किसान सो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । थोरै पूँजी लगानी गरी खेती तथा व्यवसाय गर्न सकिने भएकाले पनि च्याउखेतीमा विपन्न किसानको आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालयले बताएको छ । अहिले जिल्लाका कोहलपुर, कारकाँदो, खजुराखुर्द, पुरैना गाविस तथा नेपालगन्ज नगरपालिकाका किसान […]

दूध बेचेर मासिक ६० हजार आम्दानी

पाल्पा । बौघापोखराथोकका टीकाराम रेश्मीले दूध बेचेर मासिक रू. ६० हजार आम्दानी गर्दै आएका छन् । दूध उत्पादनबाटै उनको परिवारको गुजारा राम्रोसँग चलेको छ । उनले विगत छ वर्षदेखि व्यावसायिक रुपमा गाई पाल्न थालेका हुन् । रेश्मीको फार्ममा अहिले होलस्टिन क्रस, जर्सी र ब्रनस्विस जातका गरी १२ ओटा माउ गाई र सातओटा बाच्छाबाच्छी रहेका छन् […]

पोखरामा १६ हजार च्याङ्ग्रा भित्रिए

दसैंका लागि हिमाल पारीको जिल्ला मुस्ताङबाट पोखरामा ल्याइएका च्याङग्रा । तस्विरः रासस पोखरा। दसैँका लागि पोखरामा १६ हजार च्याङ्ग्रा भित्रिएका छन् । विशेष गरी मुस्ताङबाट त्यहाँका स्थानीय कृषकका साथै अन्य ठाउँबाट गएका व्यवसायीले दसैँका लागि भेडा तथा च्याङ्ग्रा खरिद गरी पोखरामा ल्याएर बिक्री गर्ने गरेका छन् । दसैँका लागि पोखराको टुँडिखेलमा ल्याइने च्याङ्ग्रा यतिखेर हेमजा, […]

मकै छोडाउन आधुनिक प्रविधि

पाल्पा। किसानले आधुनिक प्रविधिको प्रयोग गरी मकै छोडाउन थालेका छन् । मकै छोडाउने मेसिनको प्रयोग हुन थालेपछि हातले मकै छोडाउँदा खर्चिनुपर्ने समय र हात दुख्ने समस्याबाट छुटकारा मिलेको किसानले बताएका छन् । ग्रामीण क्षेत्रमा परम्परादेखि हातले नै मकै छोडाउने चलन रहेकामा अहिले नयाँ प्रविधिको विकास भएपछि पाल्पाली किसान आधुनिक मेसिनको प्रयोग गरी मकै छोडाउन थालेका […]