कृषि परियोजनालाई पचास लाख अनुदान

म्याग्दी । पाँचओटा कृषि परियोजनाले रू. ५० लाख अनुदान पाउने भएका छन् । व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले तरकारीखेती र पशुपालन सम्बन्धी दुई÷दुई ओटा तथा फलफूलखेतीका लागि एउटा परियोजनालाई रू. दश÷दश लाख अनुदान उपलब्ध गराउन लागेको हो । तरकारी खेतीतर्फ भकिम्लीको क्रियटिभ कृषि फार्म, बिमको मालीका एग्रो गु्रप र हिस्तानको दोसल्ले व्यवसायिक सुन्तलाजात फलफूल […]

पुष्प व्यवसायबाट आम्दानी

पोखरा । पोखरा उपमहानगरपालिका– १७ बिरौटाकी मन्जिता भण्डारीले भाडामा लिएको ६ रोपनी जग्गामा लगाएकोे फूलखेतीबाट मनग्य आम्दानी गर्दैआएकी छन् । असोज महीनाको दोस्रो सातायता उनले फूल बिक्रीबाट रू. ५० हजार आम्दानी गरेकी छन् । रू. सात लाख कमाउने भण्डारीको लक्ष्य छ । फूलखेती गर्न उनले रू. दुई लाख ५० हजार खर्च गरेकी छन् । तिहारलाई […]

पूर्वको चिजको माग दोब्बर

इलाम।गत वर्ष गएको भूकम्प र नाकाबन्दीपछि सुस्ताएको पूर्वको चिजको माग दोब्बर बढेको छ। भूकम्प र नाकाबन्दीका कारण पर्यटकको आगमन घटेपछि ओरालो लागेको चिजको व्यापार पर्यटकको आगमनसँगै बढ्न थालेको हो। नेपालका पर्यटकीय सहर काठमाडौँ, पोखरा र चितवन लगायतका क्षेत्रमा पर्यटक आवागमन वृद्धिसँगै पूर्वी नेपालका डेरी उद्योगमा चिजको माग उच्च छ। भूकम्प र नाकाबन्दीका कारण नेपाल भ्रमणमा […]

भारतमा दैनिक उपभोग्य वस्तुको भाउ घट्यो

नयाँ दिल्ली। भारतको थोक मुद्रास्फीति सेप्टेम्बरमा ३.५७ प्रतिशतमा झरेको छ । तरकारीलगायत दैनिक उपभोग्य खाद्यवस्तुको मूल्य ओरालो लागेपछि समग्र थोक मुद्रास्फीति घटेको हो ।मूल्य वृद्धिको वार्षिक दरको प्रतिनिधित्व गर्ने थोक मूल्य आधारित मुद्रास्फीति अगस्टमा ३.७४ प्रतिशत रह्यो । सन् २०१५ को सेप्टेम्बरमा थोक मुद्रास्फीति माइनस ४.५९ प्रतिशत थियो । तरकारीमा थोक मूल्य सूचक सेप्टेम्बरमा ओरालो […]

सरकारले धानको मूल्य नतोक्दा किसान मर्कामा

नेपालगन्ज। सरकारले धानको मुल्य नतोक्दा किसानहरु सस्तो मुल्यमा धान बेच्न बाध्य भएका छन ।दैनिक उपभोग्य बस्तुको मुल्य अत्याधिक बृद्धि भए पनि किसानहरुको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको धानको मुल्य त्यस अनुपातमा नतोकिंदा बाँके बर्दिया जिल्लाका किसानहरु थप मारमा परेका छन । महंगो विउ र मल प्रयोग गरेर उब्जाएको धानले उचित मुल्य नपाउँदा किसानहरु मारमा परेका […]

धादिङका किसानहरुमा मौरीपालन व्यवसायप्रति आर्कषण बढ्दै

धादिङ। धादिङका किसानहरुमा मौरीपालन व्यवसायमा आर्कषण बढ्दै गएको छ । १३ वर्ष अघि मौरीले घेरेको सपना देखेका नलाङका भद्र गिरी अहिले विपनामै मौरीको घेरा भित्रबाट पारिवारिक समृद्धिको बाटो खोज्दैछन् । सपनादेखेको केही महिना पछि श्रीमति भक्तकुमारी वनमा घाँस काट्न जादाँ मौरीको गोलो देखेपछि गिरीलाई खवर गरिन । गिरीले वनमा गएर मौरी त ल्याए राख्न घार […]

अलैँचीको भाउ नपाएर किसान चिन्तित

भोजपुर। अलैँचीको किनबेच सुरु हुन लाग्दा भाउ नपाएर भोजपुरका किसान चिन्तित बनेका छन् । खोल्साको कालो सुन भनेर चिनिने अलैँची गत वर्ष प्रतिमन ८० देखि ८५ हजार रुपैयाँसम्ममा किनबेच भएको भएपनि यस वर्ष रु ४० हजार देखि ४५ हजारमा किनबेच सुरु भएको भोजपुर खाटम्माका एक कृषक अकलबहादुर कुलुङले बताउनुभयो । केही वर्षयता अलैँचीको राम्रो मूल्य […]

खेर गएको बेलबाट मनग्गे आम्दानी

तनहुँ । खेर गईरहेको बेलबाट जुस बनाई तनहुँको जामुने गाविसको–६ वटा सामुदायिक वनमा आबद्ध बासिन्दाले मनग्गे आम्दानी लिएका छन् । आम्दानीको लागि सामुदायिक वनले माउण्टेन तनहुँ सामुदायिक वेल तथा फलफुल प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ । माउण्टेन तनहुँ सामुदायिक वेल तथा फलफुल प्रशोधन केन्द्रको स्थापना गरेर जुस उत्पादन गरे सँगै उनीहरुले राम्रै आम्दानी हात पार्न […]

लोप हुँदै रैथाने बीउ

बैतडी। विभिन्न तरकारी तथा अन्नबालीका रैथाने बीउ लोप हुँदै गएका छन् । उन्नत जातको बीउको प्रयोगसँगै रैथाने बीउ लोप हुने अवस्थामा पुगेका हुन् । रैथाने बीउ लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भए पनि विभिन्नखालका रोग कीराले सङ्क्रमण गर्ने, समयमा नपाक्नेलगायतका समस्या आइरहेका श्रीकोटका किसान हेमराज गिरी बताउनुहुन्छ । “रैथाने बीउ आजभोलि […]

हरियो जुनार बजारमा

सिन्धुली । पाक्नु अगावै हरियो जुनार बजारमा आउन थालेको छ ।सामान्यतया पुस माघमा जुनार बजारमा आउँछ । तर चाडपर्व मान्न खर्च अभाव हुँदा किसानले धमाधम हरियोे जुनार बिक्री गर्न थालेका छन् । “जुनार बेच्यो भने चाडपर्वका लागि खर्च जुट्छ, नभए ऋण गर्नुपर्छ,” जलकन्या गाविस– १ निगालेका गोरखबहादुर श्रेष्ठले भन्नुभयो । अहिले हरियो जुनार प्रतिकिलो रु […]