तनहुँ । खेर गईरहेको बेलबाट जुस बनाई तनहुँको जामुने गाविसको–६ वटा सामुदायिक वनमा आबद्ध बासिन्दाले मनग्गे आम्दानी लिएका छन् ।
आम्दानीको लागि सामुदायिक वनले माउण्टेन तनहुँ सामुदायिक वेल तथा फलफुल प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ । माउण्टेन तनहुँ सामुदायिक वेल तथा फलफुल प्रशोधन केन्द्रको स्थापना गरेर जुस उत्पादन गरे सँगै उनीहरुले राम्रै आम्दानी हात पार्न थालेका हुन् । १३ सय घरधुरिका वासिन्दा सो केन्द्रमा आबद्ध रहेका छन् ।
सो केन्द्रको स्थापनाको पहिलो वर्षनै २५ सय वोत्तल जुस उत्पादन गरी दुई लाख ४० रुपैया वरावर आम्दानी भएको केन्द्रका ब्यावस्थापक विष्णुकुमार श्रेष्ठले जानकारी दिनु भयो । केन्द्रले क्षमता विस्तार गरी चाँडै नै ६० हजार वोत्तल बेलको जुस बनाउने लक्ष्य राखेको छ । जामुने स्थित सिद्घ वतास सामुदायिक वन १६ हजार स्थानीय र रानी वेलको वृक्षरोपण गरिएको सो सामुदायिक वनको अध्यक्ष केशबहादुर रानाभाटले जानकारी दिनुभयो । अध्यक्ष रानाभाटका अनुसार केएर नेपालद्वारा प्रदान गरिएको तीन लाख रुपियाँ आर्थिक सहयोगमा जिल्ला वन कार्यालय तनहुँको नर्सरीमा उत्पादन गरिएका बेलका विरुवा उक्त सामुदायिक वनका खाली क्षेत्रमा लगाईएको छ ।
छ वटा सामुदायिक वनवाट संकलित बेललाई सफा र ग्रेडिङ्ग गरी कटरमा राखेर काट्ने, गुदि (भित्री फल) निकाल्ने र मिक्सचरमा पेलेर पल, वियाँ र छोक्रा छुटाएपछि, सेलाएको तातोपानीमा मिलाएर बेलको जुस तयार गर्ने गरिन्छ । बेलको जुस दमौली वजार, पोखरा, काठमाडौं र चितवनमा समेत बिक्री हुने गरेको बताए । दुई वर्ष अघि युएसएडको आर्थिक सहयोगमा केएर नेपाल, हरियो वन कार्यक्रम मार्फत मेसिनरी औजार खरिदका लागि ११ लाख २८ हजार र ६ वटा सामुदायिक वनका ४ लाख ६० हजार रुपैयाको संयुक्त लगानीमा केन्द्र स्थापना गरिएको व्यबस्थापक श्रेष्ठले जानकारी दिनुभयो ।
जुसका नाम अमृत राखिएको छ । वैशाखदेखि असारसम्म गरी तीन महिना यसको मूख्य सिजन हो सो वेला, ७ जनाले रोजगार पाउने गरेको केन्द्रले जनाएको छ । बेलको जुसले मानव स्वास्थ्यमा स्मरण शक्ति वढाउने , स्वास्थ्य तथा स्फुर्ति जगाउने ,पाचन शक्तिमा वृद्घि, मुटु रोग , झाडा वान्ता पखाला , ग्यास्ट्रीक , आउँ, उच्च रक्तचापमा लाभ मिल्नुका साथै छालाको चमकतामा समेत वृद्घि गर्ने केन्द्रले दाबी गर्दै आएको छ । स्वास्थ्यलाई लाभ दिने भएकाले विक्रीको समस्या नरहेको केन्द्रले जनाएको छ ।
सोही प्रशोधन केन्द्रले गत वर्ष चार सय वोत्तल अदुवाको जुस उत्पादन गरी करिव ७० हजार रुपैया आम्दानी गरेको छ । (५ सय एम एलको अदुवाको जुसको रु ८० रुपैया मा बिक्री गरिएको केन्द्रले जनाएको छ ।