नेपालगन्ज। सरकारले धानको मुल्य नतोक्दा किसानहरु सस्तो मुल्यमा धान बेच्न बाध्य भएका छन ।दैनिक उपभोग्य बस्तुको मुल्य अत्याधिक बृद्धि भए पनि किसानहरुको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको धानको मुल्य त्यस अनुपातमा नतोकिंदा बाँके बर्दिया जिल्लाका किसानहरु थप मारमा परेका छन ।
महंगो विउ र मल प्रयोग गरेर उब्जाएको धानले उचित मुल्य नपाउँदा किसानहरु मारमा परेका हुन । अन्य आम्दानीको स्रोत नभएका किसानहरुले सस्तो मुल्य मै भए पनि धान बिक्री गरेर घर खर्च चलाउन बाध्य भएको गुनासो गरेका छन ।
सरकारले धानको मुल्य निर्धारण गरी नेपाल खाद्य संस्थान मार्फत खरिद गर्दै आए पनि यो बर्ष सरकारले धानको मुल्य अझै सम्म निर्धारण नगरेका कारण खाद्य संस्थानले हालसम्म धान खरिदको प्रकृय शुरु गरेको छैन । किसानहरुले ब्यापारीहरुलाई धान बिक्री गरी सकेपछि सरकारले धानको मुल्य तोक्दा ब्यापारीहरु लाभान्बित हुने भएकाले समयमा नै धानको मुल्य तोक्नु किसानहरु बताउँछन ।
सरकारले धानको मूल्य तोक्ने बैज्ञानिक विधि नहुँदा किसानहरु मारमा परेका हुन । धान खरिद गर्न नेपालगन्ज आएका बाँके नौबस्ताका किसान राम बहादुर थापाले यस बर्ष पछिल्लो बर्षको भन्दा पनि कम मूल्य पाएको जनाए ।
उनले सरकारले हालसम्म पनि मूल्य नतोकेका कारण आफुहरु मारमा परेको जनाउँदै तत्काल राम्रो मूल्य कायम गरेर मूलय तोक्न माग गरे ।
जिल्लाको राप्तीपारीबाट धान बिक्रि गर्न आएका मटैहियाका किसान आशिस मौर्यले सरकारले मूल्य नतोकेका कारण बयापारीले निकै कम मूल्य दिएर धान खरिद गरिरहेको बताए । उनले सरकारले न्यूनतम धानको मूल्य प्रति क्विन्टल कम्तीमा २ हजार ५ सय बढी तोक्नु पर्ने माग गरे ।
खाद्यान्न प्रतिको पर निर्भर बढी रहेकै बेला धान खेती गर्दै आएका किसानहरु प्रोत्साहित गर्नका किसानहरुले धानको उचित मुल्य पाउन सक्ने ब्यबस्था मिलाउनु पर्ने बाके होलियाका किसान राज कुमार शुक्लाले पनि माग गरेका छन । गत बर्ष खाद्य संस्थानले मोटा धानको मुल्य प्रति क्बीन्टल २ हजार १ सय तोकेको थियो ।