उखु मूल्यमा फेरि किचलो

सर्लाही।पछिल्ला वर्षहरुमा किसानको घाँटी अँठ्याएर आफू अनुकूल उखु मूल्य तोक्ने वातावरण बनाउँदै आएका चिनी उद्योगीले यस वर्ष पनि त्यस्तै अडान दोहोर्‍याएका छन्। आगामी सिजनको लागि उखु मूल्य तोक्न आयोजित छलफलमा उनीहरुले मूल्य तोक्ने मापदण्डमै असहमति जनाएका हुन्। खेतीको लागत निरन्तर बढिरहे पनि पछिल्लो समय उखु किसानले बर्सेनि अघिल्लो वर्षको भन्दा कम मूल्यमा चिनीमिललाई उखु बेचिरहेका […]

भारू प्रतिबन्धले अलैंची कारोबार ठप्प

ताप्लेजुङ।भारत सरकारले पाँच सय र हजार रुपैयाँका भारु नोट चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालको पूर्वी क्षेत्रमा अलैंचीको कारोबार ठप्प भएको छ । भारुमा रोक लागेसँगै बुधबारदेखि नेपाली बजारमा अलैंचीको कारोबार हुन नसकेको व्यवसायीले बताएका छन् । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईका अनुसार बुधबारदेखि अलैंचीको भाउ शून्यको अवस्थामा छ । भारतीय बजारमा भारु […]

गाईभैँसी पालेरै आत्मनिर्भर बन्दै

तेह्रथुम। तेह्रथुमकोे लालीगुराँस नगरपालिका–३, मुसाङखेलका किसान गाईभैँसी पालेरै आत्मनिर्भर बन्न थालेका छन् । यहाँका अधिकांश किसानको दैनिकी गाईभँैसीको स्याहारसुसारमै बित्ने गरेको छ । किसानले गाउँमा मुसाङ्खेल दुग्ध उत्पादक सहकारी संस्था खोलेर आत्मनिर्भरको बाटो रोजेका हुन् । यो सहकारीमा मात्रै वार्षिक १ लाख ६५ हजार लिटरसम्म दूध संकलन हुने गर्दछ । सहकारीले सञ्चालन गरेको दुग्ध संकलन […]

गहुँको बीउ अभाव

जनकपुरधाम। यस वर्ष धनुषामा गहुँको बीउ अभाव हुने भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरले अनुदानको बीउ न्यून परिमाणमा आएकाले अभाव हुन सक्ने बताउनुभयो ।जिल्लामा ४० हजार हेक्टर क्षेत्रफलमा गहुँको खेती हुन्छ । प्रतिकृषक करिब ४० किलो अनुदानको बीउ उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो । जिल्लामा विभिन्न कृषि कार्यक्रम सञ्चालनका लागि आव […]

घैया धान लोप हुँदै

म्याग्दी। अनुकूल वातावरणको अभावमा म्याग्दीका कृषकले स्थानीय घैया जातको धानखेती गर्न छाडेका छन् । भिरालो पाखामा पनि सिँचाइबिना खेती गर्न सकिने घैया धान लगाउन छाडेपछि यो जातको धान लोप हुने अवस्थामा पुगेको छ । अनुकूल वातावरणको अभावमा यहाँका कृषकले घैया जातको धानखेती गर्न छाडेको जिल्लामा एक दशकदेखि वातावरण र जैविक क्षेत्रको अध्ययनमा सक्रिय रहँदै आएका […]

भारतमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता

चितवन । भारतमा बर्डफ्लु देखिएपछि यहाँका कुखुरा व्यवसायीले जैविक सुरक्षामा विशेष सतर्कता अपनाउन थालेका छन् । देशकै सबैभन्दा धेरै पोल्ट्रीजन्य उत्पादन हुने चितवनमा किसान र व्यवसायीले अपनाउँदै आएको जैविक सुरक्षामा विशेष कडाइ गर्न थालेका हुन् । सन्तुलित फिड्स प्रालिका प्रबन्ध निर्देशक त्रिलोचन कँडेलले फर्मभित्र अण्डा, दाना, चल्ला, कुखुरा बोक्ने गाडी छिर्न नदिइएको बताए । दाउन्ने […]

चितवनमा खेतीयोग्य जमिनहरु मासिँदै गएपछि खाद्यान्न उत्पादनमा कमी

बिल अधिकारी चितवन । खेतीयोग्य जमिनको अनियन्त्रित खण्डीकरणका साथै मानववस्तीको तीव्र विकासका कारण खेतीयोग्य जमिनहरु मासिँदै गएपछि चितवन मा खाद्यान्न उत्पादनमा कमी आएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत सुधीर श्रेष्ठले हाल जिल्लामा खाद्यान्न बचत रहे पनि यही गतिमा वस्तीको विकास, सिंचाईको अभाव र जमिनको खण्डीकरण नरोकिए खाद्यान्नमा परनिर्भर हुनुपर्ने […]

राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट कृषक सम्मानित

धनगढी। कृषि विकास कार्यालय कैलालीले यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषकलाई शुक्रबार पुरस्कृत गरेको छ । विश्व खाद्य दिवसका अवसरमा आयोजित कार्यक्रममा धनगढी बोराडाँडीका कुखुरापालन व्यवसायी विवेक भट्ट, कैलाली सुगरखालका फलफूल खेतीमा संलग्न नवलसिंह रावल र तरकारी खेतीमा संलग्न अत्तरिया नगरपालिका–१२ गेटीका मन्त्री रानालाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही रु १० […]

बाख्रापालनबाट लाखाैं आम्दानी

पाल्पा। खानीछाप गाविस–३ का महिलाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । स्थानीय मीनु दर्लामीले दुई वर्षको अवधिमा सातवटा खसीबोका बिक्री गरेर रु दुई लाख आम्दानी गर्नुभयो । त्यही रकमले अहिले उहाँले घरखर्च चलाउँदै आउनुभएको छ । दर्लामी मात्र होइन, यहाँका अधिकांश महिलाले बाख्रापालनबाट आयआर्जन गर्दैआउनुभएको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो रु ३१० देखि […]

लोकप्रिय बन्दै थोपा सिँचाइ

सल्यान। व्यावसायिक तरकारी खेतीसँगै किसानहरु थोपा सिँचाइतर्फ आकर्षित हुँदै गइरहेका छन् । सिँचाइ नभएका ठाउँमा थोपा सिँचाइ निकै प्रभावकारी देखिएको छ । सुक्खापन, वर्षा र शीतबाट बचाउन प्लास्टिक टनेल तयार गरी थोपा सिँचाइ गर्दा थोरै जग्गामा पनि मनग्य फाइदा लिन सकिने किसानको भनाइ छ । सल्यान जस्तो सुक्खा स्थानका लागि थोपा सिँचाइ प्रविधि निकै प्रभावकारी […]