झाडी फाँडेर कागती खेती

गण्डकी। दृढ इच्छाशक्तिका साथ लगनशील हुने हो भने पैसा कमाउन विदेशिनुपर्दैन भन्ने उदाहरण यहाँका एक किसानले दिएका छन् । पोखरा महानगरपालिका–३१ स्याङखुदीस्थित खनास्वारामा झाडी फाँडेर गरिएको व्यावसायिक कागती खेतीबाट राम्रो आम्दानी गरेका स्थानीय किसान टुकाराम लामिछाने यतिखेर सबैका लागि प्रेरणाको स्रोत बनेका छन्। नेपाल सरकारको जागिर छोडेर पाँच वर्षअघि सुरु गरिएको व्यावसायिक कागती खेतीले आम्दानी […]

धानलाई रोगबाट जोगाउन थारू गाउँमा हरेरी पूजा

कञ्चनपुर। धानबालीलाई रोगबाट जोगाउनका लागि कञ्चनपुरका थारू समुदाय हरेरी पूजा आयोजना गर्नमा व्यस्त रहेका छन् । थारू समुदायका गाउँमा अहिले हरेरी पूजा गर्ने कार्य भइरहेको छ । थारू समुदायका मुख्य व्यक्ति वडघरियाको घरमा भेला भई गाउँको देउथुनुवामा हरेरी पूजा गर्ने परम्परागत चलन रहेको छ । यसमा भुइया भवानीको पूजा गरिन्छ । पूजा गर्ने दिन भने […]

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित

कमलामाई। बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । उनले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागन फलको फल र बिरुवा उत्पादन गर्छन् । यसले पाँच जनाको काफ्ले परिवारलाई स्वरोजगार बनाएको छ […]

तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो

मलेखु। धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ (मचेत)। रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ । भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन । मचेतका लरेन्स लामाले पाँच वर्षअघि लगाएको स्याउले अहिले प्रशस्तै उत्पादन दिइरहेको छ । […]

गाउँपालिद्वारा धानको बीउ उत्पादन

बाँके। किसानलाई बीउ वितरण गर्न बाँकेको डुडुवा गाउँपालिकाले यस वर्षदेखि बीउ उत्पादनको काम सुरु गरेको छ । यस वर्ष धान रोपाइँ हुनुअगावै धानको मुल बीउ उत्पादन गर्न पालिकाअन्तर्गत करिब ३० हेक्टर जमिनमा बीउ छरिएको छ । किसानको जमिनमा लगाइएको मूल बीउपछि उन्नत बीउ तयार गरी आगामी वर्ष किसानलाई वितरण गरिने कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले […]

आठ सय कृषि फार्मलाई अनुदान

गण्डकी। व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषितर्फ तीन सय ७३ फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गृष्म न्यौपानेका अनुसार पशुपक्षीपालक किसानलाई सात करोड […]

तनहुँमा धान उत्पादन घट्दै

दमौली। धान खेतीतर्फ कृषकको आकर्षण घट्दै गएकाले जिल्लामा वर्षेनी धान उत्पादन घट्दै गएको छ । पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान घट्दो अवस्थामा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । पुरानो बीउ प्रयोग गरिएका कारण पनि धान उत्पादन घट्दो क्रममा रहेको उनको भनाइ थियो । प्रमुख तिवारीले भने, “पुरानो […]

पशुपालक कृषकलाई सुत्केरी भत्ता

नेपालगञ्ज। बाँकेका दुई स्थानीय तहले पशु चौपायाबाट उत्पादनमा वृद्धि गर्न भन्दै पशुपालक कृषकलाई सुत्केरी भत्ता प्रदान गर्ने भएका छन् । जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ब्याएका (सुत्केरी) गाई र भैँसीको पोषणका लागि उक्त भत्ता दिन लागेका हुन् । बीमा गरिएका पशुका कृषकलाई बैजानाथ गाउँपालिकामा तीन हजार र कोहलपुर नगरपालिकामा दुई हजार सुत्केरी भत्ता प्रदान […]

‘लम्पी स्किन’ रोगविरुद्धको खोप अभाव

बेदकोट। कञ्चनपुरको ग्रामीण क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोगको समस्या फैलिरहँदा खोपको अभाव देखिएको छ । नौवटै स्थानीय तहका पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण दिनहुँ बढिरहेको भए पनि त्यसविरुद्ध लगाइने खोपको अभाव छ । केही महिनायता पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख महेन्द्रराज पाण्डेयले जानकारी […]

जङ्गली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल

अछाम। अछाममा जङ्गली बँदेलको आतङ्कले किसानले हैरानी खेप्नुपरेको छ । मकै, धानबाली नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको किसानले बताएका छन । राति घर बाहिर पहरा दिएर बस्दा पनि धान, मकैबाली जोगाउन नसकिएको मङ्गलसेन नगरपालिका–६ ठूलासैनका स्थानीय किसान सुवानाथ भण्डारीले बताए […]