ऋण माफी र क्षतिपूर्तिको माग गर्दै हजारौं किसानद्वारा प्रदर्शन

एजेन्सी। भारतको मुम्बईमा किसानले बृहत प्रदर्शन गरेका छन् । किसानहरुले ऋण माफी र क्षतिपुर्ती तथा माग गर्दै अखिल भारतीय किसान सभाको नेतृत्वमा मुम्बईमा विधानसभाको बाहिर प्रदर्शन गरेका हुन । प्रदर्शनका लागि ६ दिनअघि नासिकबाट हिँडेर ३० हजार भन्दा बढी किसानहरु मुम्बई पुगेका थिए । सरकारले व्यवसायीको हितमा काम गरेर किसानलाई वेवास्ता गरेको उनीहरुको आरोप छ […]

कालिजको व्यवसायीक पालन !

पोखरा । पदमराज अधिकारी २२ वर्ष बेल्जियममा बसेर नेपाल फर्किए । पोखरा १४ माटेमसिनाका उनी बेल्जियम छिर्दा ३० वर्षका लक्का जवान थिए । नेपाल फर्किएलगत्तै उनी फुर्सदमा बसेनन् । बेल्जियमको अनुभवले फ्रान्सबाट कालिजका अण्डा ल्याई चल्ला उत्पादन शुरु गरे ।उनले वाइल्ड फुड प्रोडक्ट प्रालि दर्ता गरी गत वर्षको अप्रिलदेखि पोखरा ३३ लामगादीमा कालिजको व्यवसायिक फर्म सञ्चालन गरे । परीक्षणकै क्रममा […]

स्वास्थ्यको लागि हानिकारक छ है चाउमिन-पिज्जा !

कतिपय मानिसहरु घरमा बनेको खानेकुरा भन्दा बजारमा भेटिने ‘रेडी टु इट फुड’ को शौखिन हुन्छन् । बजारमा पाइने मोनो सोडियम ग्लुटामेटको सेवन बढी मात्रामा गरिरहेका हुन्छन्। मोनो सोडियम ग्लूटामेट अर्थात एमएसजी स्वास्थ्यका लागि कति खतरनाक छ भन्ने धेरैलाई जानकारी नहुन पनि सक्छ। प्याकेटमा ‘नो एडेडे एमएसजी’ को लेवल देखेर कतिपय मानिसहरु यसलाई सुरक्षित मान्छन तर त्यसमा […]

वरसिम घाँस खेती प्रविधि

बरसीमको खेती जाडोको मौसममा पशुको दुध उत्पादनको लागी अत्यन्तै लाभकारी मानिन्छ । बरसीमको बानस्पती कनामएलेवजान्ड्रीयम हो । बरसीममा दुधउत्पादनको लागी प्रचुर मात्रामा कयालसियम फोस्फोरस पाइन्छ साथै यसमा प्रचुर मात्रामा कैरोटिन पनि पाइन्छ । जस्ले गर्दा दुध उत्पादनमा धेरै बृद्धि हुन्छ । बरसीमको घाँसबाट उच्च किसिमको साइलेन्स तथा हे बनाउन सकिन्छ । सामान्य रुपमा यस्लाई तीन […]

माछापालनबाट मनग्य आम्दानी

बागलुङ। बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसान सन्तबहादुर श्रीसले व्यावसायिक माछापालनबाट सफलता हात पारेका छन्। माछा बेचेर श्रीसले गत वर्ष एक लाख रुपैयाँ आम्दानी गरे। विसं २०७० मा सानो पोखरीबाट शुरु गरेका श्रीसले अहिले डेढ रोपनीमा फैलिएका तीनवटा पोखरीमा माछापालन गर्दै आएका छन्। “पाँच सय भुरा राखेर माछा पाल्न शुरु गरेँ, कमाइ हुने देखेपछि विस्तारमा लागेँ”, ४० […]

साइकलमा च्याउ डुलाउने बाबुराम कार चढ्छन्

चितवन। चितवनको कालिका नगरपालिका वडा नं ३ पदमपुरका बाबुराम केसीले एउटा झुप्रोबाट च्याउ खेती शुरु गर्नुभएको थियो । विसं २०५६ मा च्याउ खेती शुरु गर्नुभएका केसी अहिले छ कट्ठामा च्याउ लगाउनुहुन्छ । साइकलमा च्याउ डुलाउनुहुन्थ्यो, अहिले गाडीमा हिँड्नुहुन्छ । च्याउ बेचेरै जग्गा समेत जोड्नुभयो । कन्ने र गोब्रे च्याउ लगाउँदै आउनुभएका उहाँ दैनिक औसत १०० […]

जलवायु परिवर्तनका कारण स्याउ उत्पादन घट्यो

बैतडी। स्याउका लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा जलवायु परिवर्तनका कारण स्याउ उत्पादन हुनै छाडेको छ । केही वर्षअघिसम्म स्याउको राम्रो उत्पादन गरेको गरेको सतबाँझमा पछिल्लो समय उत्पादन हुनै छाडेको हो । पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न पनि छोडेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख वागवानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डेयले जानकारी दिए । स्याउ फल्न […]

बाख्रा पालेर पैसा कमाउने सोचमा हुनुहुन्छ ! समय दिई यो पढ्नुहोस

बाउ र माउको घर ठेगाना पत्ता लागेको पाठा-पाठी किन्दा बोका र माउको जात खुलेको पाठापाठी ल्याउनु पर्छ । कम्तिमा ६ पुस्ता सम्म हाडनाता नपरेको, उस्तै-उस्तै हावापानीमा हुर्केको (पानी नलाग्ने ठाँउको हुनुपर्ने), धेरै उत्पादन दिने जातको (ठाँउ अनुसार फरक फरक हुन्छ), सके सम्म धेरै दुध आउने माउ बाट जन्मेको सकेसम्म जुम्ल्याह जन्माउने माउबाट जन्मेको वा जुम्ल्याह […]

भटमास खेती प्रविधि

गर्मी तथा चिसो दुवै वातारणमा भटमासको उब्जनी हुन्छ। २६.५ देखि ३० डिग्रीको तापक्रममा भटमासको उब्जनी सबैभन्दा राम्रो हुन्छ ।भटमासको बिउ छिटो उमार्न र बेर्नाहरूलाई हलक्‍क बढाउनका लागि जमिनको तापक्रम १५० डिग्री सेल्सियस वा सोभन्दा माथि हुनुपर्छ। दिनको लम्बाइ चौध घन्टा भन्दा छोटा दिन, निर्धारित वातावरण र तापक्रम समेत अनुकूल छ भने भटमासका धेरैजसो प्रजातिहरू छिटै […]

उन्नत जातका बाख्रा पालन व्यवसाय शुरु

बाबियाचौर। बेनी नगरपालिका– ९ आलवाङकामा विदेशबाट फर्किएका युवाले उन्नत जातका बाख्रा पालन व्यवसाय शुरु गरेका छन् । एक दशकभन्दा लामो समय विदेशमा काम गरेर फर्किएका ३६ वर्षीय नारायण शर्माले ‘मनिष बाख्रा फार्म’ सञ्चालन गरी यो व्यवसाय शुरु गर्नुभएको हो । उनको फार्ममा हाल जमुनापारी, खरी, बारबरी र अजमेरी जातका ६० वटा बाख्रा छन् । रु […]