एजेन्सी। भारतको मुम्बईमा किसानले बृहत प्रदर्शन गरेका छन् । किसानहरुले ऋण माफी र क्षतिपुर्ती तथा माग गर्दै अखिल भारतीय किसान सभाको नेतृत्वमा मुम्बईमा विधानसभाको बाहिर प्रदर्शन गरेका हुन । प्रदर्शनका लागि ६ दिनअघि नासिकबाट हिँडेर ३० हजार भन्दा बढी किसानहरु मुम्बई पुगेका थिए ।

सरकारले व्यवसायीको हितमा काम गरेर किसानलाई वेवास्ता गरेको उनीहरुको आरोप छ । महाराष्ट्र सरकार किसानलाई संरक्षण गर्न असफल भएको भन्दै प्रदर्शन सुरु भएको हो ।

भारतमा सन् २०१४ पछि किसानको अवस्था निकै खराब बन्दै गएको बताइन्छ । सरकारले किसानलाई ऋण माफी गर्नुपर्नेमा त्यो नगर्दा समस्यामा परेको किसानहरुको भनाई छ ।

महाराष्ट्र सरकारले भने आफू वार्ताका लागि तयार रहेको तर त्यसका लागि आन्दोलन रोकिनु पर्ने माग राख्दै आएको छ । किसानले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र विधानसभा बाहिर धर्ना दिने बताएका छन् ।