खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन

बाजुरा। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिए । सर्वसाधारणका लागि […]

टीकापुर गौशालाले गोबर मल बिक्री थाल्यो

टीकापुर। सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुर गौशालाले गार्ईको मल बिक्री थालेको छ । यसअघि ट्रलीका रुपमा बिक्री गर्दै आएको गौशालाले मङ्गलबारदेखि खुद्रारुपमा समेत मल बिक्री थालेको हो । गौशालाले २० किलो र २५ किलोको प्याकेट बनाएर प्रतिकिलो १२ मा मल बिक्री थालेको छ । विगतमा मल चार हजार प्रतिट्रलीका हिसाबले बिक्री हुन्थ्यो […]

चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा

भोजपुर। भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन्। भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको छ। सामुदायिक वनले भेडा चराउन नदिएपछि समस्या भएको किसान बताउँछन् । चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा परेको भेडापालक कृषक गोविन्द बस्नेतले बताए। चरन क्षेत्रको अभावको कारण भेडा […]

व्यावसायिक फूल खेतीबाट आम्दानी गर्दै युवा

देउखुरी। लहरै रोपिएका सयपत्री फूलका बिरुवा कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा जुटेका छन् व्यावसायी दशरथ साउद ।वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पँगेनी र दशरथले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेका छन् । उनको फूल खेतीमा पुग्दा जो सुकैको मन आनन्दित हुन्छ । तिहार लक्षित गरेर रोपिएका सयपत्री […]

जुटखेती हुन छाडेपछि प्लास्टिक डोरीकै भरमा किसान

कञ्चनपुर। कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घटदै जान थालेका छन् । जुटको विकल्पका रुपमा प्लास्टिका डोरीको प्रयोग हुन थालेपछि जुट खेती गर्न किसानले छाड्दै जान थालेका हुन ।“विगतमा प्रत्येक किसानले घरमा पालिएका चौपायका आधारमा एकदेखि तीनकठ्ठा खेतमा जुटखेती अनिवार्य जस्तै गर्दै आएका थिए” कृष्णपुर नगरपालिका–५ का किसान रामकृष्ण चौधरीले भने, “हाल बजारमा प्लास्टिका डोरी सहज […]

रुकुम पश्चिममा फेरिए खरको छाना

रुकुम पश्चिम। रुकुम पश्चिममा खरको छाना हटाउने कामले तीव्रता पाएको छ । जिल्लाभर एक वर्षका अवधिमा दुई हजार भन्दा धेरै घरमा खरका छाना हटाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ नगरपालिका– ३ गाउँपालिकामा दुई हजार ४२ घरमा खरको छाना हटाएर जस्तापाता राखिएका हो । । बितेको आर्थिक २०७९/८० वर्ष सबैभन्दा बढी एक हजार एक […]

धान र कोदोमा ढुसी तथा कुहिने समस्या

बलेवा। बागलुङका ग्रामीण क्षेत्रमा लगाइएको कोदो र धानमा रोग तथा किरा लागेर बाली नष्ट भएको छ । जरा कुहिने, डाँठ सुक्नेजस्ता समस्या आएपछि किसानले उपचारको खोजी गरेका छन् । बागलुङ नगरपालिका आसपासका क्षेत्रमा सबैभन्दा धेरै बाली नष्ट हुने गरी रोगकिरा लागेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुवास सापकोटाले बताए । “समस्या आएपछि हामीले ११ वडामा पुगेर […]

रोल्पाको प्राथमिकता कृषिमा

रोल्पा। कृषि क्षेत्रमा ठूलो लगानी भए पनि प्रतिफल नदेखिएको भन्दै आलोचना भइरहेको बेला रोल्पा नगरपालिकाले भने कृषिमा प्रतिफल देखिने गरी काम अघि बढाएको छ । नगरपालिकाले मध्यम स्तरको कृषि जनशक्ति उत्पादन देखि उत्पादनमा आधारित अनुदानसम्मका कार्यक्रम अघि सार्दै कृषकले अनुभूती गर्ने गरेर काम अघि बढाएको छ । कृषि र पशु विज्ञान अध्ययन गर्नेहरुका लागि नगरपालिकाले […]

मकै बाली जोगाउन रातभर जाग्राम

अछाम। अछामका कृषक मकै बाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन् । पाक्नै लागेको मकै बाली जङ्गली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्दै आइरहेका छन् । “मकै बाली दिनभर बाँदरले, रातभर बँदेलले खाएर हैरान पार्छन्, सुत्नसमेत पाइँदैन”, मङ्गलसेन नगरपालिका–७ का कृषक दुर्गाप्रसाद ढुङ्गानाले भने । किसानले मकै जोगाउन बारीभरि मान्छेका […]

कुरुङदीको पाखैभरी केरा खेती : रोगले हैरान किसान

गलेश्वर। शिरानमा घना जङ्गल पुछारतर्फ बुट्यान सहितको उर्वर फाँट र नागबेली परेर बगेको म्याग्दी नदी । जङ्गलकै बीचमा २२ रोपनी क्षेत्रफलमा गरिएको केराखेती पारीपट्टीको डम्मरा गाउँबाट हेर्दा केराकै जङ्गलजस्तो देखिने बगरफाँटको कुरुङ्दी क्षेत्रमा विस्तार भएको केराखेतीले वन नै ढाकिएको छ । सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटर पश्चिममा पर्ने बगरफाँट गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्ये […]