उखु क्रसिङ वार्ता निष्कर्ष बिहिन

महोत्तरी। उखु उत्पादक किसान र चिनी उत्पादक उद्योगीबीच उखुको मूल्य र उखु क्रसिङ (उद्योगमा उखु पेल्न थाल्ने काम) बारे सहमति हुन नसक्दा महोत्तरीसहित तराई क्षेत्रमा अन्योल बढेको छ । मङ्गलबार अबेर रातिसम्म महोत्तरीको बर्दिवासमा बसेको उखु उत्पादक सङ्घ र उखु उत्पादक कृषक सङ्घमा आबद्ध किसान प्रतिनिधि र चिनी उत्पादक नेपाल चिनी उत्पादक महासङ्घका प्रतिनिधिबीचको वार्ता […]

२३ वर्ष विदेश बसी स्वदेश फर्किएर सुन्तला खेती

पोखरा । विदेश बसाईको झण्डै २३ वर्षको अनुभव र त्यहाँका भोगाइ सँगालेका स्याङ्जा भिरकोट नगरपालिका–५ स्वरेकका शोभाकान्त पाण्डेले सुन्तलाबाट वार्षिक लगभग रु. दुई लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । युवावस्थाको १८ वर्ष भारत र पाँच वर्ष साउदीमा रोजगारीमा बिताएका ५३ वर्षीय उहाँले पछिल्लो १८ वर्षयता भने सुन्तला खेतीसहित अन्य तरकारी फलफूलको उत्पादन एवं गरी […]

मूल्य घटाउनु परे अण्डानै नष्ट गर्ने किसानको चेतावनी

चितवन। अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ । भेलाले मूल्य अझै घट्दै गए अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अण्डाको वर्तमान बजार अवस्था सुधार गर्नका लागि उत्पादक र आन्तरिक व्यापारबीच आपसी […]

आलुखेती प्रविधि

जाडोयाम लागेसँगै काठमाडौं उपत्यका र पहाडी भेगमा आलुखेतीको सिजन शुरू हुन्छ । अहिले काठमाडौं उपत्यका र यस आसपासका भेगमा आलुखेतीका लागि माटो र आलुको बीउको तयारी हुन थालेको छ । संस्कृतको बटाटाले आलु जस्तै कन्दमुललाई जनाउने गर्दछ। यहि शव्दबाट स्पेनि भाषाको ‘पटाटा’ वनेको विश्वाश गरिन्छ। जव स्पेनि नाभिकहरूले दक्षिण अमेरिका(पेरु)मा आलु देखे , त्यसलाई पटाटा […]

व्रोइलर पाल्दा प्रत्येक सप्ताह विचार गर्नुपर्ने कुराहरु (साप्ताहिक तालिका सहित )

आत्मनिर्भरतर्फ उन्मूख कुखुरा पालन व्यवसायमा हजारौं किसान सहभागि भएको पाईन्छ । तर, उचित ज्ञान नहुँदा कुखुरा पालन व्यवसायबाट अधिकांश किसान घाटा व्यहोरी रहेका छन् । यसको लागि व्रोइलर पाल्दा प्रत्येक सप्ताह विचार गर्नुपर्ने कुराहरु यस प्रकार छन् । पहिलो हप्ता (१ देखि ७ दिन) – प्रति वर्ग फुट ४ वटा चल्ला हुनेगरी क्षेत्रफल दिने । […]

कुखुराले रातो सुली छेर्ने (Coccidiosis) रोगको समस्या र समाधान

कुखुरामा लाग्ने विभिन्न परजिविजन्य रोग मध्ये कक्सीडियोसीस् (रातो छेर्ने) एक हानिकारक रोग हो । यो रोग आइमेरिया (Eimeria) नामको परजिवीले गर्दा लाग्ने गर्दछ । आइमेरिया विभिन्न प्रजातिहरु हुन्छन् र यिनिहरुको असर र लक्षण भिन्न–भिन्न हुन्छन् । यो रोग विश्वव्यापि फैलिएको पाइन्छ । आन्द्रामा लाग्ने यो रोग सबै प्रकारका कुखुराहरुमा देखिन्छ । खुलै छाडेर पालिने लोकल […]

व्यावसायिक फलफूल खेतीलाई प्राथमिकता

बलेवा। फलफूलको उत्पादन र बजार राम्रो देखेपछि बागलुङ नगरपालिकाले व्यावसायिक फलफूल खेती प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले आर्थिक विकासअन्तर्गत कृषि तथा बागवानी विकास कार्यक्रममा फलफूल खेतीलाई प्राथमिकतामा राखेको हो । नगरका अधिकांश वडामा विभिन्न किसिमका फलफूलको सम्भावना रहेकाले फलफूल खेती प्रवद्र्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले बताउनुभयो । […]

जडीबुटी खेतीमा रम्दै जनमुक्ति सेनाका पूर्वकमाण्डर

तेह्रथुम। परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा वर्षेनी रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन् । धेरै युवा विदेश जान चाहन्छन्, तर थोरै युवा जो हुन्छन् उनीहरू यही देशमा केही उत्पादनशील क्षेत्रमा काम गरेर जीवनयापन गर्न सफल पनि […]

१ लाख स्याउका बिरुवा आयात गरिँदै

काठमाडौं। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विदेशबाट स्याउका बिरुवा आयात गरिने भएको छ । उच्च घनत्व (बाक्लो गरी रोप्न मिल्ने) र धेरै उत्पादन दिने स्याउको खेती विस्तार गर्ने योजनाअनुरूप विदेशबाट आयात गर्नुपरेको परियोजनाले जानकारी दिएको छ । पहिलो चरणका लागि १ लाख बिरुवा आयात गरिने भएको छ । आयातीत बिरुवा हाललाई सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, […]

महाशिला गाउँमैं बालीविज्ञानको पढाइ शुरु

पर्वत। प्राविधिक शिक्षा पढ्नका लागि वर्षेनी लाखौं रुपियाँ खर्चेर शहर जानु पर्ने बाध्यत अब हट्ने भएको छ । विकट गाउँमा महाशिला गाउँपालिकामा पहिलो पटक प्राविधिक धारतर्फको बालीविज्ञान विषयको पढाइ शुरु भएको हो । महाशिला–५ स्थित महेन्द्रज्योति माविमा बालीविज्ञान विषयमा सञ्चालित कक्षाको हालै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम […]