केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित

पशुपतिनगर। इलामको दक्षिणी क्षेत्रको माई नगरपालिकामा केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । रोग नियन्त्रण र बजारीकरणमा सरकारी सहयोग नहुँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ । दक्ष प्राविधिकको अभावमा किसानका केरा बगान गभारो रोगले सखाप हुँदै गएको र केरा बिक्री गर्दा पनि एकाधिकारको समस्या भोग्नुपरेको नगरपालिका–२ का प्रवीण ढाकालले बताउनुभयो […]

महले बजार पाएन

दार्चुला । दार्चुलामा पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गएको बेला मौरीपालक किसानले भने बजार अभाव हुन थालेको गुनासो गरेका छन् । जिल्लाका लेकम, मालिकार्जुन, मार्मा र ब्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ । उत्पादन भएका मौरी घार तथा मह बिक्रीको लागि बजार अभाव भएको व्यावसायिक मौरीपालक कृषक लेकम– १ का गणेशसिंह कार्कीले बताए । […]

पहिचानको खोजीमा इरानी केशर, जुन संसारभर बहुमूल्य बन्दैछ

टोर्बात – ए हेदारिया, इरान। निकै फराकिलो खेतमा श्रमिकहरु विश्वमै निकै महङ्गो मानिएको चम्किलो बैजनी रङ्गको ‘केशर’ फूलको सङ्कलनमा बिहानैदेखि जुटिसकेका छन् । इरानको यो धुलौटे इलाकामा हुने अत्यन्त महङ्गो यो फसलप्रति धेरैको आँखा लागेको छ । बैजनी रङ्गका कोमल पातहरुको बीचबाट वर्षमा मुश्किलले १० दिन केशर (अङ्ग्रेजीमा स्याफ्रोन भनिने) को फूल फुल्दछ । यी […]

कृषि र वनका निजी क्याम्पसको भर्ना रोक्का, सर्वोच्च अदालतले पुष २६ गते सुनुवाइ गर्दै

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालयमा निजी क्याम्पसको भर्ना रोकिएको छ । विद्यालयका प्राध्यापक र विद्यार्थी आन्दोलित बनेपछि निजीका लागि भर्ना प्रक्रिया रोक्का गरिएको हो । विश्वविद्यालयले डिनको कार्यालयलाई हालका लागि निजी सम्बन्धनको भर्ना प्रक्रिया रोक्का गर्न आदेश दिएको छ । विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तका अनुसार मङ्गलबार बसेको भर्ना समितिको बैंठकले विश्वविद्यालयको निर्देशनअनुसार […]

अब बर्खा र हिउँदमा दूधको मूल्य फरक–फरक

ललितपुर। उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति ‘मिल्क होलिडे’लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र वर्षामा दूधको फरक मूल्य निर्धारण गर्ने गृहकार्य अघि बढाइएको छ । हिउँदमा दूध बढी उत्पादन हुने तर उपभोग घट्ने भएका कारण डेरी उद्योगले खरिद गर्न नसकी पछिल्ला वर्षहरूमा मिल्क होलिडे देखापार्न थालेको छ । किसानले उत्पादन गरेको दूध बिक्री […]

माग घटेपछि फुल नष्ट गर्दै ह्याचरी व्यवसायी

चितवन। कुखुराको चल्लाको माग घटेपछि ह्याचरी उद्योगले चल्ला उत्पादन गर्ने फुल नष्ट गर्ने भएका छन् । देशभरका लेयर्स ह्याचरीले चल्ला उत्पादन गर्ने कूल फुलमध्ये आधा फुल नष्ट गर्ने र आधाको मात्रै उत्पादन गर्ने निर्णय गरेका हुन् । ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ज्ञानुराम बिसुरालका अनुसार केन्द्रीय समितिको बैठकले भोलि बुधबारदेखि सबै ह्याचरीले चल्ला उत्पादन गर्ने […]

बुटवलमा पशु बधशाला निर्माण अधुरै

खस्यौली। पशु बधशाला निर्माणको काम बुटवलमा अझै पूरा भएको छैन । बुटवल– १० रामनगरमा २८ कट्ठा क्षेत्रफलमा सञ्चालन गर्ने तयारी भएको सो बधशालाका लागि बुटवल उप–महानगरपालिकाले प्रदेश सरकार समक्ष प्रस्तावना पेश गरेको उप–महानगरपालिकाका पशु चिकित्सक झविन्द्र वञ्जाडेले जानकारी दिए । बधशाला बनाउन यस आर्थिक वर्षमा उप–महानगरपालिकाले रु ८० लाख बजेट विनियोजन गरेको छ । “वधशाला […]

फलफुल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजना शुरु

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको सहकार्यका रूपमा फलफुल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजना सुरु भएको छ । उक्त आयोजना प्रदेश ३ र ४ अन्तर्गतका १२ जिल्लाका मुख्य सडक यातायातको आसपासमा पर्ने करिब ४० गाउँ तथा नगरपालिकाहरूमा सञ्चालन गर्न लागिएको हो । करिब ५ वर्षको […]

डेढ करोडमा किनेको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन

काठमाडौं। देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ । केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो । पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्समा एउटा भैँसी पनि नअटाएपछि कर्मचारीले आपत्ति जनाउँदै आएका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् । एम्बुलेन्स खरिद […]

अदुवाको निकासी खुल्नाले किसानलाई राहत

इलाम। इलामका कृषकलाई अदुवाको भाउले यसपटक राहत मिलेको छ । निर्यातमा अवरोध भएपछि अघिल्लो वर्ष पाँच सयदेखि हजार रुपैयाँ प्रतिमन (४० किलो) का दरले अदुवा बेचेका किसानले यसपटक भने सन्तोषजनक मूल्य पाएका छन् । यो वर्ष दुई हजार पाँच सय हाराहारीमा प्रतिमन अदुवा बिक्री भइरहेको छ । चाडबाड मनाएर फसल उठाउन थालेका किसानलाई अदुवाको भाउले राहत अनुभूति भएको […]