काँक्रो लगाउँदा ध्यान दिनु पर्ने कुराहरु
काक्रो Cucurbitaceae परिवारमा पर्दछ । यसको वैज्ञानिक नाम Cucumis sativus हो । यो एक वर्षीय बाली हो यसको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ । काक्रो फर्सी समूहका तरकारी बालीहरु गृष्मकालीन (Summer Vegetables) समूहमा पर्दछ । यसको खेती पहाड देखि तराई सम्म गर्न सकिन्छ । यसले अत्याधिक चिसो र तुषारो सहन सक्दैन। […]





