स्याङ्जाका १० गाउँलाई नमुना कृषिगाउँ बनाइँदै

बिरुवा । स्याङ्जाका १० गाउँलाई ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषिगाउँ’ छनोट गरी कार्यक्रम सञ्चालन गरिएको छ । गण्डकी प्रदेश सरकारले सुरू गरेको नमुना कृषिगाउँ अभियानअन्तर्गत गत वर्ष जिल्लाका पाँच गाउँमा कार्यक्रम सञ्चालन गरिएको थियो भने चालू आर्थिक वर्षमा पाँच गाउँ थप गरी कार्यक्रम सञ्चालन गरिएको नमुना कृषिगाउँ कार्यक्रम व्यवस्थापन एकाइका सदस्य कृषि अर्थविज्ञ नारायण पाठकले बताए […]

कृषक साझेदारी कार्यक्रम संचालन गर्दै विहादी गाउँपालिका

पर्वत। विहादी गाउँपालिका कृषि तथा पशु विकास शाखाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत विभिन्न कृषकसंगको साझेदारीमा कार्यक्रम संचालन गर्ने भएकोृ छ । यसका लागि शाखाले सुचना प्रकाशित गरी ३० दिन भित्र आवश्यक ढाँचा सहित कृषक, कृषि समुह, कृषि फार्म, सहकारी एवं व्यवसायीलाई निवेदन पेश गर्न आव्हान गरेको छ । संचालन […]

किसानका पीडाः पुरस्कार अठन्नी, खर्च रुपैयाँ

बलेवा । बारीमा फलेको मुलाले पूर्णप्रसादको मनमा लागि रहेको थियो, “यसको बेला नसकिँदै कतै मेला÷महोत्सवको आयोजना भए त्यहाँ पुर्याएर प्रदर्शन गर्नुहुन्थ्यो ।” पर्वतको जलजला गाउँपालिका–७ का पूर्णप्रसाद पौडेलको बारीमा फलेको मुला छैटौँ बागलुङ महोत्सवमा प्रदर्शनमा राखियो । उहाँको मुला तरकारी बालीअन्तर्गत कृषि ज्ञान केन्द्र पर्वतको तर्फबाट पुरस्कृत पनि भयो । पौडेलले उत्पादन गरेको मुला बागलुङ […]

आगामी राष्ट्रिय कृषि गणनामा २५ लाख घरपरिवार समेटिने

विराटनगर। कृषि उत्पादनमा आत्मनिर्भर र कृषकको जीवनस्तर वृद्धिमा कृषि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने सरोकारवाले बताउनुभएको छ । केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय मोरङद्वारा मङ्गलबार यहाँ आयोजित आगामी राष्ट्रिय कृषि गणना–२०७८ का विषयवस्तुमा सरोकारवालासँग छलफलका सहभागीले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन जोड दिए । उनीहरुले विगतमा कृषि गणनामा सोधिएका विषयवस्तुुमा संशोधन तथा थप गर्नुुपर्ने सुुझाव दिएका […]

महालक्ष्मी सुगर मिल आजदेखि सञ्चालनमा आउने

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मागरिदिएपछि मिल बुधबारदेखि सञ्चालनमा आउन लागेको हो । सञ्चालक कनौडियाले रु. ११ करोड २६ लाख भुक्तानीका लागि बैंकमा जम्मा गरेका थिए ।गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले […]

निशुल्क माछा पालन सम्बन्धी तालिम लिने अवशर

बारा। नेपाल कृषि अनुसन्धान परिषद क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर बाराले बेरोजगार एवं उद्यमी किसानको लागि आवासीय व्यवसायीक मत्स्यपालन तालिम प्रदान गर्ने भएको छ । यसका लागि प्रदेश २ मा बसोबास गर्ने किसानले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र निवेदन पेश गर्न सक्नेछन् । थप जानकारीका लागि: मो. सद्याम हुसेन प्राविधिक अधिकृत : ९८४५३७०५५२ […]

माछा पालक किसानको लागि प्रस्ताव आव्हान

रुपन्देही। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले चालु आर्थिक वर्षको ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत मत्स्य विकास तथा प्रर्वद्धन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लािग केन्द्रले व्यवसायीक फार्म, कम्पनी, नीजि उद्यमी, सहकारी एवं कृषकलाई रित पुर्वक प्रस्ताव पेश गर्न आव्हान गरेको छ । संचालन हुने कार्यक्रमहरु: १. प्राकृतिक […]

आलु र गोलभेँडामा डढुवाको सङक्रमण, किसान चिन्तित

कैलाली। वर्षापछिको शीतलहरसँगै लामो समयसम्म भएको चिसो मौसमका कारण कैलाली र कञ्चनपुर जिल्लाको आलु, गोलभेँडा खेतीमा डढुवा रोगको सङ्क्रमण भई नष्ट हुन थालेको छ । बालीमा डढुवाको सङ्क्रमण फैलिएर बाली नष्ट हुन थालेपछि किसान चिन्तित बनेका छन् । कैलालीका किसान नारायण चौधरीले डढुवाको समस्याले आलु र गोलभेँडा बाली नोक्सान पु¥याएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, […]

साग बेच्न पाएर दंग किसान, गुन्द्रुक बेच्दै सहकारी

काभ्रे। करेसाबारीमा उत्पादन भएको साग बेचेर नाग्रेगगर्चेका नानीमाया लामाले आठ हजार रुपैयाँ आम्दानी गरिन्। गाउँमा नै सञ्चालनमा आएको सिर्जनशील कृषि सहकारी संस्थाले गुन्द्रुक बनाएर बेच्न थालेपछि सो गाउँका किसानको आम्दानी समेत वृद्धि भएको छ। करिब ४०० किलोभन्दा बढी साग बेचेर आठ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको उनले जानकारी दिइन्। उनले मात्रै होइन, अहिले सो गाउँका […]

पकेट क्षेत्रमै मह उत्पादन कमी

सिस्ने। महको पकेट क्षेत्र घोषणा गरिएको रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–३ मा मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगको कारण मह उत्पादनमा कमि जनाइएको छ । यस पटक मह उत्पादनका लागि धैरे अपेक्षा गरे पनि अप्रत्यासित ढङ्गले […]