अझै हिउँ परेन

ताप्लेजुङ। अघिल्ला वर्षमा ताप्लेजुङका उत्तरी हिमाली क्षेत्रमा पुस लागेदेखि नै हिमपात सुरु हुन्थ्यो । अग्ला पहाडका चुचुरा र हिमाल हिउँले सेताम्मे देखिन्थे । तर यो वर्ष माघ महिना मध्य हुन लाग्दा पनि हिमपात भएको छैन । सधैं हिउँले सेताम्मे देखिने डाँडाकाँडा कालापत्थर झैँ देखिन्छन् । स्थानीयवासी छेतेन शेर्पाका अनुसार करिब तीन हजार मिटरको उचाइमा पर्ने […]

व्यासमा चिस्यान केन्द्र निर्माण

तनहुँ। गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा एक सय तीस मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिका–११ स्थित गैह्रबारीमा तीन रोपनी सार्वजनिक जग्गामा रू एक करोड ६२ लाख ३२ हजार दुई सय ६४ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । वषौँंदेखि व्यक्तिले कब्जा गरी भोगचलान गर्दै आएको […]

कृषि श्रमिक नपाउँदा किसानलाई छैन पर्वको रौनक

महोत्तरी। मधेसका प्राचीन मिथिला क्षेत्रका किसानमा श्रीपञ्चमी पर्वको उल्लास छाउन सकेन । पर्वमा अबको एक वर्षभरि कृषि काम गर्ने श्रमिक नपाएपछि किसानलाई पर्वले उल्लास दिन नसकेको हो । मिथिलामा वसन्तपञ्चमी पनि भनिने माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्वकै दिन वर्षभरि कृषि काम गर्ने श्रमिकको टुङ्गो लगाएर पुज्ने चलन छ । यो परम्परा थेग्न श्रमिक […]

भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित

भोजपुर। बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो । दुई–चार वर्षअघिसम्म प्रतिमन रु आठदेखि १० हजार मूल्यमा बिक्री गर्न बाध्य भएका किसान यस वर्ष प्रतिमन रु. तीस हजारमा घरबाटै बिक्री भएपछि उत्साहित भएका छन् । यहाँका अधिकांश स्थानीयले […]

दोर्दीमा निःशुल्क पशु स्वास्थ्य शिविर

लमजुङ। दोर्दी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पालिकाको पशुपन्छी शाखाको आयोजनामा वडा नं १ भारतेमा आज आयोजित एक दिने सो शिविरमा एक सय २६ किसान लाभान्वित भएका छन् । सो शिविरमा दुई हजार १३ पशुपन्छीको उपचार तथा औषधि वितरण भएको छ । पचास वटा कुकुरमा रेविज विरुद्धको खोप लगाउनुका साथै तीन […]

स्याउ बिरुवा काँटछाँट गर्न सिकाउँदै कृषि प्रविधिक

जुम्ला। जुम्लाको सिञ्जा गाउँपालिकाको कृषि शाखाका प्रविधिक किसानको स्याउ बगैँचमा पुगेर बिरुवा काँटछाँटसम्बन्धी सीप सिकाउन लागिपरेका छन् । पालिका १ देखि ६ वडाका स्याउ किसानलाई एकदिने स्याउ विरुवा काँटछाँटसम्बन्धी घुम्ती तालिम दिएर बिरुवा काँटछाँटबारे सीप सिकाउन थालेको पालिकाको कृषि शाखाका प्रविधिक दलवीर वडले जानकारी दिनुभयो । यहाँका स्याउ किसानलाई प्रविधिक ज्ञान नहुँदा बिरुवा काँटछाँटमा समस्या […]

सिँचाइ कुलो निर्माणले किसान खुसी

दिपायल। बडीकेदार गाउँपालिका–५ धमिगाउँमा चिम्टे सिँचाइ कुलो निर्माण भएपछि किसान खुसी भएका छन् । वर्षौंदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेकामा अहिले कुलोबाट पानी आउन थालेपछि यहाँका किसान खुसी भएका हुन् । सिंचाइको अभावमा आकाशे पानीको भरमा किसानले खेती गर्दै आएका थिए । धामिगाउँवासीले पहिलो पटक सुविधा पाएपछि सिँचाइको उपयोग गर्न थालेका छन् । […]

बजारमा तरुलको माग बढ्दो

मध्यबिन्दु। नवलपरसी (बर्दघाट सुस्तापूर्व) बाट यस वर्षको माघेसङ्क्रान्तिमा तरुल जिल्ला बाहिर बढी बिक्री भएको जनाइएको छ । यस वर्ष जिल्लाबाट एक सय टन तरुल बिक्रीबाट डेढ करोड बढी आम्दानी भएको व्यवसायीले बताएका छन् । जिल्लाको हुप्सेकोट, बुलिङटार र बौदिकाली गाउँपालिकामा तरुल राम्रो उत्पादन हुने गर्दछ । त्यहाँ उत्पादित वन तरुल प्रतिकेजी रु सय, पञ्जे तरुल […]

अनुदान दिन कृषकका फार्ममा अनुगमन

तनहुँ। म्याग्दे गाउँपालिका कार्यालयले एक सय २२ व्यावसायिक फार्ममा अनुगमन गरेको छ । व्यावसायिक फार्म सञ्चालन गरेका कृषकलाई राहत दिन अनुगमन तथा निरीक्षण कार्यलाई तीव्रता दिइएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, अनुगमन समितिका संयोजक बालकृष्ण घिमिरे, सदस्यद्वय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेलले दर्ता भइ सञ्चालन गरेका फार्र्म अनुगमन गर्नुभएको […]

मूल्य घटेपछि अलैँची कृषक चिन्तित

भोजपुर। अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रू. ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन रू २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन् । धान, तथा मकै बाली हटाएर व्यावसायिक रुपमा अलैँची खेती गरिरहेका किसानले मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन् । गत […]