भ्याट र मूल्य वृद्धिको विरोधमा विषादी व्यवसायी संघ

ललितपुर। विषादी व्यवसायी संघ नेपालले कृषि बालीनालीमा प्रयोग हुने विषादीमा लाग्ने मूल्य अभिवृद्धि कर र अन्य वृद्धि गरिएको शुल्कको विरोधस्वरुप बन्द र विरोध कार्यक्रम आयोजना गरेको छ । नेपाल सरकारको तर्फवाट आर्थिक वर्ष ०८१/८२ का लागि प्रस्तुत वजेटमा कृषि बालीनालीमा प्रयोग हुने सम्पूर्ण विषादीहरूमा मूल्य अभिवृद्धि कर भ्याट लागु गरिएको र यसले किसानलाई मार पर्ने […]

दूधको भुक्तानी माग्दै लैनचौर पुगेका ३४ किसान पक्राउ

ललितपुर। दूधको भुक्तानी माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुलाई प्रहरीले पक्राउ गरेको छ । दुग्ध उत्पादक कृषकहरू दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि बाँकी दूधको भुक्तानी नपाएको भन्दै बुधबार दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका हुन् । दुग्ध सहकारी संघ लिमिटेड नेपालका केन्द्रीय अध्यक्ष अमरबहादुर कुँवरको नेतृत्वमा महासचिव राम आचार्यलगायत झण्डै पाँच […]

सहज – नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरणका उपलब्धीहरु 

संघियतालाई सुदृढ गर्ने सिलसिलामा प्रदेश सरकार नयाँ संरचना भएकोले प्रदेश सरकारलाई थप सुदृढ गर्ने हिसाबले योजना गरिएको कार्यक्रम सहज – नेपाल कृषि बजार विकास कार्यक्रम तीनै तहका सरकारहरुसंग सहजिकरण समन्वय र साझेदारीमा काम गरिरहेको छ । कृषिमा विशेषगरि कोशी प्रदेशमा निजी क्षेत्रको लगानी कसरी बढाउन सकिन्छ, उद्यमशीलता कसरी बढाउन सकिन्छ भनेर तय गरिएको स्वीस विकास […]

कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन : नेपाल भेटेरिनरी एशोसिएशन

ललितपुर। बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ । एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा ‘ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा पनि देखापरेको छ’ भन्ने भनाइमा कुनै सत्यता नरहेको स्पष्ट पारिएको […]

जेठ १८ गतेदेखि चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो हुने

भरतपुर। चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो हुने भएको छ । नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युमेन्ट एशोसियसनको आयोजनामा यही जेठ १८ गते देखि २० गतेसम्म एक्सपो हुन लागेको हो । पोल्ट्री क्षेत्रको विकासका लागि एक्सपो आयोजना गर्न लागिएको आज (बुधबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत महासंघले जानकारी दिएको छ । तीन दिनसम्म संचालन हुने एक्सपोमा […]

आजदेखि राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला हुँदै

ललितपुर। ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ आज बुधबारदेखि राजधानीमा “पाँचौँ राष्ट्रिय मह मेला २०८१” हुँदैछ । मह उत्पादन र खपत बढाउनका लागि व्यापक रुपमा सर्वसाधारणसम्म सूचना प्रवाह गर्ने उद्देश्यले मह मेला आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र […]

अण्डाको नयाँ समर्थन मूल्य निर्धारण

ललितपुर। नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघको बुधबार बसेको भर्चुअल बैठकले बिहीबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य तोकको हो । नयाँ मूल्य अनुसार मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ । यस्तै ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्ने संघले जनाएको […]

मकै खेती विस्तार गर्दै सुदूरपश्चिम प्रदेश

कैलाली। मकैको आयात प्रतिस्थापनसँगै किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशमा मकैखेती विशेष कार्यक्रमअन्तर्गत वसन्ते मकैखेतीको विस्तार सुरु भएको छ । कैलाली र कञ्चनपुरमा अभियानकै रूपमा गर्न लागिएको वसन्ते मकैखेतीका लागि सरकारले बीउमा अनुदान, सिँचाइ र अन्य प्राविधिक सहयोग गरेको छ । वसन्ते मकैखेती विस्तारलाई विशेष कार्यक्रममा समावेश गरिएको कैलाली कृषि ज्ञान केन्द्रका प्रमुख […]

जलवायु परिवर्तनका नाममा नेपालमा ऋण थोपरिदैं, ऋण बन्द गर्न विश्व बैंकसंग अभियन्ताको आग्रह

ललितपुर। विश्व बैंकले जलवायु ऋण र जलवायु परिवर्तनका नाममा नेपालमा ऋण थोपरिरहेको भन्दै अभियन्ताहरू सडकमा उत्रिएका छन्। काठमाडौंको दरबारमार्गमा अभियन्ताहरुले शुक्रबार शान्तिपूर्ण प्रदर्शन समेत गरेका छन् । विशेषगरी विश्वका दक्षिणी राष्ट्रहरूमा जलवायु लचिलोपनको नाममा विश्व बैंकले जलवायु ऋण थोपरिरहेको भन्दै त्यसविरूद्ध अभियन्ताहरू सडकमा उत्रिएका हुन्। अभियन्तासँग जोडिएका विभिन्न गैरसरकारी तथा निजी संघ-संस्थाहरूले विश्व बैंकको ऋणले […]

किसानलाई पावर टिलर र मिनी टिलर मर्मत गर्न सिकाइँदै

ललितपुर।  कृषि मेशिनरी मर्मत तथा सञ्चालन गर्ने गरी व्यावसायिक तालिम सुरु भएको छ । कृषि मेशिनरी औजार बिशेष पावर टिलर र मिनी टिलरको मर्मत तथा सञ्चालन सम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको हो । १५ दिनसम्म चल्ने सो तालिममा २ जना महिलासहित २२ जनाको सहभागिता छ । तालिममा सहभागीले पावर टिलर र मिनी टिलरको चलाउन […]