पैँतालिस हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण

कर्णाली। तातोपानी गाउँपालिका–१ जुम्ला तरापीमा लगाइएको करिब ४५ हजार स्याउका बिरुवामा ‘टेन्ट क्याटरपिलार’को आक्रमण भएको छ । तातोपानी–१ राँका गाउँवासी तीन सय परिवारले लगाएको स्याउ बगैँचामा टेन्ट क्याटरपिलारको आक्रमणबाट स्याउका बिरुवामा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । लाखौँको सङ्ख्यामा रहेका टेन्ट क्याटरपिलारले स्याउका पात, डाँठ र बोक्रासमेत खान थालेपछि स्याउका बोटमा क्षति पुगेको गाउँपालिकाको […]

मोरङमा देखियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण, ‘२५ लाखभन्दा धेरैको नोक्सानी’

मोरङ। मोरङको बेलबारीस्थित एक बंगुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ । सो फार्मका बंगु मर्न थालेपछि नमुना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । बेलबारी–४ स्थित ठूली एकीकृत कृषि फार्ममा पालिएका बंगुरमा सो रोगको लक्षण देखापरेको हो । चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फार्मका सञ्चालक धीरेन लिम्बूले बताए । […]

असिनापानीले खेतीबाली नष्ट

म्याग्दी। म्याग्दीका विभिन्न ठाउँमा आज दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट भएपछि कृषक निराश भएका छन् । मालिका, रघुगङ्गा, अन्नपूर्ण, मङ्गला गाउँपालिका र बेनी नगरपालिकामा असिनाले आलु, मकै, सुन्तला जात फलफूल र टिम्मुर बालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश भएका हुन् । मालिकाको पन्थोक, मगरदाङ, जुग्जा, रुन्मा, रघुगङ्गाको मौवाफाँट, मङ्गलाको कुहुँ, अन्नपूर्णको टिकोटमा हावाहुरीसहितको असिना […]

किसानलाई अनुदानमा कृषि उपकरण वितरण

त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेर व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कावासोती नगरपालिकाभित्र रहेका २२ वटा कृषक समूहमार्फत किसानका लागि विभिन्न प्रकारका कृषि उपकरण वितरण गरिएको कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताए। नगरपालिकामा रहेका कृषि […]

दाउन्ने एग्रो फार्म प्रालिलाई कम्पनी बनाइँदै

चितवन। पोल्ट्री फार्मलाई लिमिटेड कम्पनी (पब्लिक कम्पनी) मा लगिने भएको छ । दाउन्ने एग्रो फार्म प्रालिलाई सर्वसाधारणलाई सेयर वितरण गरेर लिमिटेड कम्पनी बनाउन लागिएको हो । देशकै ठूलो यस कम्पनीले शनिबार पूर्वी चितवनको रत्ननगरमा विशेष साधारणसभा गरी पब्लिक कम्पनीमा लैजाने निर्णय गरेको हो । कम्पनीका कार्यकारी निर्देशक विनोद पोखरेलका अनुसार साधारणसभाबाट पब्लिकमा जाने गरी निर्णय […]

तरभुजा बिक्रीबाट जीविकोपर्जन गर्दै वाणीवासी

बेदकोट। महेन्द्र राजमार्ग छेउमै लहरै छन्, स–साना छाप्रा । अघिल्तिर भरिभराउ तरभुजा । किनमेल गर्नेको त्यस्तै भीडभाड । झट्ट हेर्दा राजमार्गमा ‘तरभुजा मेला’ लागेजस्तै देखिन्छ । शुक्लाफाँटा नगरपालिका–११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको छ । तरभुजा किन्न यात्रु सवारीसाधन रोकेर ओर्लिरहेका छन् । घाम छल्न त्रिपाल टाँगिएको […]

पुतलीबजारमा फस्टाउँदो ‘ड्रागन खेती’

वालिङ। सिउँडीको जस्तै काँडामा फल्ने अनौठो फलमा मुक्तबहादुर रानाको मन गयो । स्याङ्जाको पुतलीबजार–१३ का रानाले १५ वर्षअघि अनौठो र नौलो देख‍ेको फल लाग्ने चारवटा विरुवा घरमा ल्याए । सुरुमा लगाएका चारवटा बेर्नाबाटै अहिले हजारौँ बेर्ना लगाउने र व्यावसायिक उत्पादन थाल्ने कल्पना सुरुमा उनमा थिएन । जब ती चार वटा बोटबाट उत्पादन राम्रो हुन थाल्यो […]

खडेरीको असर जङ्गली निगुरोमा पनि

बेलबारी। विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् । मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ । त्यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि माग ह्वात्तै बढेको छ तर डढेलोलेको कारण जङ्गलमा सिला खोज्ने पनि अवस्था नरहेको बेलबारी–१० […]

‘लकडाउन’ले बनायो कृषक

पथरी। ‘लकडाउन’ले धेरै नेपालीको व्यापार व्यवसायलाई धराशयी बनायो । लकडाउनका कारण धेरै व्यापार छाडेर पलायन भए भने कतिलाई लकडाउन नै अवसर बनिदियो । त्यस्तै एक उदाहरण बन्नुभएको मोरङको पथरी शनिश्चरे नगरपालिकाका खगेन्द्रप्रसाद लिम्बू । जग्गा कारोबार गर्दै आएका लिम्बूका लागि लकडाउन ‘टर्निङ पोइन्ट’ बन्यो । लकडाउनका कारण जग्गा कारोबार छाडेर ड्रागन खेतीमा लाग्नुभएको खगेन्द्रप्रसादलाई राम्रै […]

कृषकलाई अनुदानमा कृषि सामग्री

लुम्बिनी। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो । ती सामग्रीमा इलेक्ट्रिक च्यापकटर (घाँस तथा पराल र छवाली काट्ने उपकरण), प्रेसर क्लिनर (गोठ सफा गर्ने उपकरण), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायत सामग्री वितरण […]