चैते धान प्रोत्साहन कार्यक्रममा अधिक निवेदन

चितवन। चितवन जिल्लामा चैते धान खेती गरेका कृषकलाई प्रोत्साहनस्वरुप प्रदान गर्न ल्याइएको कार्यक्रममा बजेटभन्दा सात गुणा बढीको निवेदन परेको छ । कृषि ज्ञान केन्द्र चितवनले चैत २७ गते १५ दिने सूचना जारी गरी प्रोत्साहन कार्यक्रममा सहभागी हुनका लागि कृषकलाई आह्वान गरेको थियो । । जिल्लाका पाँच पालिकाका किसानले चार हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाएका […]

‘लम्पी स्किन’ रोगबाट पशुचौपाया मर्न थाले

बैतडी। बैतडीमा लम्पी स्किन रोगबाट तीन सय बढी घरपालुवा पशु मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार उक्त रोगका कारण तीन सय २५ पशुचौपाया मरेका हुन् । समस्याका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण गाईगोरु र भैँसी धमाधम मर्न थालेका छन् । जिल्लाभरि लम्पी स्किनका कारण तीन हजार […]

कृषकलाई धानको बीउ वितरण

तनहुँ। तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु. ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो । रामधान सत्र, सावित्री चौध र सुक्खाधान तीन क्विन्टलसहित कुल ३४ क्विन्टल धानको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिए । सङ्घीय सरकारको खाद्य […]

फलफूलका बिरुवा उत्पादनबाट मनग्य आम्दानी

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका चन्दले मासिक रु. ६० हजारसम्मको बोट बिरुवा बिक्री वितरण हुने गरेको बताए । पाँच वर्षयता तीन कठ्ठा जमिनमा फलफूल नर्सरी […]

झापामा ३६ जातका रैथाने धान

झापा। जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक गैरसरकारी संस्थाले अन्न भण्डार मानिएको झापा जिल्लामा ३६ जातको रैथाने धान फेला पारेको छ । झापाको शिवसताक्षी नगरपालिकास्थित शिवगञ्जमा कार्यालय स्थापना गरेर संस्थाले रैथाने जातको धानको खोज तथा संरक्षण गर्ने क्रममा ६२ जातको बीउ फेला पारेको र त्यसमध्ये ३६ वटा जात झापामै भेटिएको हो […]

पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण

सिन्धुली। सिन्धुलीमा पछिल्लो केही दिनयता घरपालुवा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिएको छ । यसबाट पशु चौपायाको मृत्युसमेत हुने गरेको छ । जिल्लामा नौ स्थानीय तहमध्ये आठवटामा कार्पस भाइरसको सङ्क्रमण फैलिएको छ । कार्पस भाइरसको सङ्क्रमणबाट हालसम्म ४२ पशु मरिसकेका छन् । कमलामाई नगरपालिका, दुधौली नगपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिका, घ्याङलेख गाउँपालिका, […]

कृषकलाई माछाका भुरा वितरण

दमौली। तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाका भुरा वितरण गरेको छ । व्यावसायिकरूपमा माछापालन गरिरहेका कृषकलाई गाउँपालिकाले माछाका भुरा वितरण गरेको हो । सातवटै वडाका कृषकलाई ६० हजार माछाका भुरा वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए । माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले […]

बीमा रकम पाएपछि पशुपालक कृषक खुशी

बनियानी। झापा कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बीमावापतको रकम पाएपछि दङ्ग परेका छन् । पशु बीमा गराएका कृषकले पशुको मृत्यु भएपछि बीमावापतको रकम प्राप्त गरेका हुन् । कनकाई–८ का प्रेम कार्कीले रु. १२ हजारको बाख्राको बीमा गरेकामा रु. १० हजार आठ सय पाएको बताउनुभयो । “पशु बीमा नगरेको भए घाटा लाग्थ्यो होला, बीमा गरेकाले घाटा […]

सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी

गल्याङ। स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गरेका छन् । गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाएका उनी तीन वर्षदेखि यो पेसामा आबद्ध छन् । अत्यधिक माग हुन थालेपछि उनले व्यावसायिकरूपमा सयपत्री फूलको खेती गर्दै आएका हुन्। रानाले स्याङ्जासहित पाल्पा, पर्वत, कास्कीलगायतका जिल्लामा वार्षिकरूपमा रु दुई लाख […]

तरकारी खेतीबाटै करोडौँको मालिक

अर्घाखाँची। सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८०० बोट लगाउनुभएको छ । लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गर्नुभएका उहाँले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट रु. सात लाख बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिनुभएको छ । एकै बोटमा झण्डै १५ केजी टमाटर फल्ने […]