खडेरीले बीउ सुक्यो, रोपाइँँ प्रभावित

पर्वत। लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित बनेको छ । यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न पाएका छैनन् । विगतका वर्षमा यतिबेला कोदो रोपाइँ सकिन्थ्यो । केही वडामा धान रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष भने जिल्लामा कतै […]

भारतबाट तरिकारी भित्रिँदा बारीमै सुक्यो किसानको तरकारी

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्छन् । उनलाई गमीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन । पसिना पुछ्दै बारीमा पुग्दा पनि उनमा उत्साह छैन । उनले १७ कट्ठामा लगाएको बन्दा यस वर्ष काम नलाग्ने भयो । बिक्री नभएपछि बस्तुभाउलाई खुवाउनुपर्ने बाध्यता आयो । “१७ कट्ठामा लगाएको हुँ, […]

मुर्रा राँगा नेपाल आइपुग्न दुई महिना लाग्ने

ललितपुर। भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ । नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ । नेपाल ल्याएपछि राँगालाई पशु […]

दुग्ध उत्पादक किसानलाई अनुदान

चितवन। भरतपुर महानगरपालिकाले दुग्ध कृषकलाई अनुदान रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले कृषकलाई संयुक्तरूपमा चेक हस्तान्तरण गरे । आर्थिक वर्ष २०७९/८० मा दुग्ध सहकारीमा आबद्ध कृषकले सङ्कलन गरेको दुई करोड चार लाख लिटर दूधको प्रतिलिटर रु. तीनका दरले रु. छ […]

बाँदरले हैरान पारेपछि ‘बेसार खेती’

तनहुँ। कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि वैकल्पिक बालीका रूपमा ‘बेसार खेती’लाई प्राथामिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि केन्द्रले बेसार खेती प्रवर्द्धन गर्न लागेको हो । व्यास नगरपालिका–८ सोतीबेँसीका २० कृषकले दुई सय रोपनी जग्गामा बेसार खेतीको सुरुआत गरेका कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । […]

हुम्लामा खाद्यान्न अभाव

सिमकोट। हिमाली जिल्ला हुम्लामा खाद्यान्नको अभाव देखिएको छ । जिल्ला खाद्य व्यवस्था समितिले दुुई पटक लिखित निर्णय गरेर थप कोटाको खाद्यान्न माग गर्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यन्न थप नगर्दा जिल्लामा खाद्यान्न समस्या देखिएको हो । जिल्लामा खाद्यान्न अभाव हुनुका साथै जिल्लाबाट माग भएको थप १५ हजार क्विन्टल खाद्यान्न कोटामाथि लिमिटेडले हालसम्म […]

‘कफी किसान पाठशाला’ तालिमले किसान उत्साहित

गुल्मी। गुल्मीको मालिका गाउँपालिका–८ ले यहाँको मर्भुङ्गमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘कफी किसान पाठशाला’ तालिम सञ्चालन गरेको छ । तालिम पाएपछि कफी किसानमा थप उत्साहित बनेका छन् । परियोजनामार्फत जिल्लामा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले मर्भुङ्गमा १५ हप्तासम्म प्राङ्गारिक कफी किसान पाठशाला सञ्चालन गरिएको थियो । उक्त तालिममा यहाँका कफी किसानको सहभागिता थियो […]

रसुवामा निःशुल्क पशु उपचार सेवा

रसुवा। लामो समयदेखि धुञ्चेमा बन्द रहेको पशु उपचार सेवा पुनः सञ्चालनमा आएको छ । जिल्ला पशुसेवा कार्यालय नुवाकोटले औषधि सहितको दुई दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन गरे पश्चात् रसुवाको सदरमुकामबाट पशुको निःशुल्क उपचारहुन थालेको हो । सङ्घीयता कार्यान्वयनसँगै जिल्लाको पशुसेवा कार्यालय नुवाकोटमा गाभिएपछि बन्द सेवा पुनः सञ्चालन हुनु राम्रो काम भएको र पशु उपचारमा सहज भएको […]

लम्पीस्किनका कारण ८० गाईभैँसी मरे

चितवन। पशु चौपायामा देखिएको लम्पीस्किन रोगका कारण जिल्लामा ८० गाईभैँसी मरेका छन् । लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ । कार्यालयका प्रमुख सुशील केसीका अनुसार हाल जिल्लामा तीन हजार ८६ गाई र दुई सय ५२ भैँसी गरी तीन हजार चार सय १८ गाईभैँसीमा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । […]

जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो

जुम्ला। जुम्लाका किसानलाई यो याममा मार्सीधान रोपाइँको चटारो छ । किसानहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिए । पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । […]