कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो

भरतपुर। नेपालमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आए पनि विद्यार्थीको आकर्षण भने घट्दै गएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत रहेका आंङ्गिक क्याम्पसहरूमा छुट्याइएको ‘सिट’मा समेत विद्यार्थीको सङ्ख्या पुग्न सकेको छैन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा पुण्य रेग्मी विद्यार्थीलाई देशमै […]

सडक भत्किँदा तरकारी खेतमै कुहिँदै

दार्चुला। दार्चुलाको व्यास र सदरमुकाम खलंगासम्म जोड्ने एकमात्र सडक खलंगा–तिंकर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ । असार दोस्रो सातादेखि वर्षाका कारण अवरुद्ध सो सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि व्यासमा उत्पादित आलु ढुवानी गर्न नसकिँदा खेतबारीमै कुहिन थालेको कृषक हरिश धामीले […]

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न चौपायालाई खोप दिन थालियो

बाँके। चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगको नियन्त्रणका लागि बाँकेमा खोप दिन बल्ल थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख कमला अधिकारीले छ हजार दुई सय डोज ९मात्रा० खोप बाँकेमा आएको र यसबाट दुई हजार पाँच सय खोप तीन वटा पालिकामा वितरण गरिएको जानकारी दिए । पहिलो चरणमा व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै […]

कावासोतीका किसान कागतीखेतीमा

मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका वडा नं १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त छन् । पन्ध्र वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै लम्सालले गत वर्षदेखि सुनकागती लगाउन सुरु गरे । “अहिले बारीमा कागती फूल खेल्न थालेका छन्, यसैको रेखदेख र स्याहारमा दिन बित्ने गरेको छ”, लम्सालले भने । प्रधानमन्त्री कृषि […]

मालिकाको आलु ‘ब्रान्डिङ’ गरेर बजारमा

तम्घास। गुल्मीको मालिका गाउँपालिकाले रैथाने आलुलाई ‘ब्रान्डिङ’ गरी बजारमा ल्याएको छ । कृषि ज्ञान केन्द्रसँगको समन्वयमा रैथाने आलुलाई बजारमा ल्याइएको हो । ‘गाउँका कृषकले बजार पाउने, सहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने मूल नाराका साथ स्थानीय पहिचानसँग जोडिएको रैथाने आलुको ब्रान्ड, लेबल र प्याकेजिङसहित आलु यही साउनको सुरुआतसँगै बजारमा पठाइएको हो । ज्ञान केन्द्र र पालिकाको […]

लम्पी स्किनको प्रभाव : सुदूरपश्चिममा २६ हजार पशुचौपायाको मृत्यु

कैलाली। ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ […]

नेपाल र चीनबीच कृषि सीप आदान–प्रदान हुने

ललितपुर। नेपाल र चीनबीच कृषिसँग सम्बन्धित प्रविधि विकास तथा सीपको आदान–प्रदान गर्ने समझदारी भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र चीनको सिचुवान एकेडमी अफ एग्रिकल्चर साइन्स (सास) का बीचमा बिहीबार सहमति भएको हो । नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराई र सासका उपाध्यक्ष डा. लेओ योङहङबीच प्रविधि विकास र सीप आदान–प्रदान गर्न समझदारी […]

गड्यौलाबाट मलको उत्पादन गरिँदै

नेपालगञ्ज। बाँकेमा परीक्षणका रुपमा गड्यौलाबाट मलको उत्पादन गर्न गर्न थालिएको छ । रासायनिक मल समयमा नपाउने, पर्याप्त नपाइने र पाए पनि त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकुल प्रभाव पारेको भन्दै किसान गड्यौला मलप्रति आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले यसपटक परीक्षणका लागि सीमित किसानलाई गड्यौलाबाट मल उत्पादनका लागि […]

खडेरीले धान सुक्यो, चिन्तामा किसान

राँझा। बाँकेमा पर्याप्त वर्षा नहुँदा खेतमा रोपेको धान सुक्न थालेपछि किसान चिन्तित भएका छन् । “मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएको छ, अझै केही दिन पानी नपरे धान बचाउन गाह्रो हुनेछ”, जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले भने, “वर्षभरी खाने धान सुक्दै जाँदा मनमा चिन्ता बढ्दै गएको छ ।” जानकी–१ की […]

खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो

खोटाङ। अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले मात्रै उत्पादन दिने गरेको […]