भिर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित
खोटाङ। केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भिरमौरीको मह सिकार गर्न थालेकोे ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्ने उनलाई सुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निवासी ६२ वर्षीय हस्तराम राईलेसाथ दिइरहेका छन् । नाताले मामभाञ्जा (हस्तराम मामा र तीर्थमनी भाञ्जा) ले पर्याङ (मालिङ्गोको चोया प्रयोग गरेर बनाइएको भर्याङ) बाट अक्करे भिर […]





