चैते धानका लागि किसानलाई अनुदान

कलैया। नेपाललाई धानबालीमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले चैते धानबालीमा अनुदान दिइने नीति लिएको छ । यसका लागि बारामा सरकारले तीन सय हेक्टर क्षेत्रफलमा बृहत् धान उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ । बीमा कम्पनीको नियमानुसार खेती गरिएको धान खेतीको बीमा भएको सहभागी किसानलाई प्रोत्साहनस्वरुप प्रतिहेक्टर रु पाँच हजारका दरले अनुदानसमेत दिइने नीति सरकारले लिएको कृषि विकास […]

मह उत्पादनमा आत्मानिर्भर बन्दै नवलपरासी

नवलपरासी। नवलपरासी जिल्ला मह उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नगदे आम्दानीका रुपमा आजभोलि किसानले मौरीपालन व्यवसायीलाई अघि बढाउदै आएका हुन् । सहजैरुपमा मौरीपालन गर्न सकिने भएकाले मौरीपालनप्रति किसान आकर्षित बन्दै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले जानकारी दिनुभयो । नवलपरासी जिल्लाभित्र उत्पादन हुने गरेको मह जिल्लाको स्थानीय बजारसहित बुटवल, […]

युवालाई पशुपालनतर्फ आकर्षित गर्न दुई करोड ४१ लाख अनुदान

पोखरा। जिल्ला पशुसेवा कार्यालयले युवालार्ई पशुपालनतर्फ आकर्षित गर्न चालु आवमा रु दुई करोड ४१ लाख २१ हजार अनुदानको व्यवस्था गरेको छ । स्थानीय भैँसी स्रोत केन्द्र काहुँ देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई रु ४२ लाख ७५ हजार र युवा लक्षित कार्यक्रमअन्तर्गत हेम्जा गाई फार्मलाई रु तीन लाख ७५ हजार दिन लागेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक […]

नयाँ बर्षमा नयाँ ब्यबसाय गर्ने सोच छ ? खरायोपालन बन्न सक्छ उत्तम बिकल्प

के तपाईसंग थोरै पुंजी छ तर कहाँ लगानी गर्ने भन्नेबारे अनबिज्ञ हुनुहुन्छ  ? के तपाई थोरै लगानीमा पनि आफ्नै ब्यबसाय गरेर आत्मानिर्भर बन्न चाहनु हुन्छ ? यदि यसो हो भने तपाईको लागि उत्तम बिकल्प बन्न सक्छ -खरायो पालन । कम खर्च मै मनग्य आम्दानी हुने भएकाले अहिले खरायो पालन प्रति आकर्षण बढ्दै गएको छ । हुन् […]

बेमौसमी तरकारीमा महिला: ७० हजारसम्म आम्दानी

डडेल्धुरा। डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. ७ पोखराका महिला तरकारी खेतीमा लागेका छन् ।  धान, गहुँ जस्ता निर्वाहमुखी खेतीमा आश्रित महिलाहरु पछिल्ला दुई/तीन वर्ष यता आलु, काउली, फर्सी, प्याज जस्ता मौसमी र बेमौसमी तरकारीबाट मनग्गे आम्दानी गर्न सफल भएका हुन् । हिउँदे तरकारीबाट २५/३० हजार र वर्षे बालीबाट ६० देखि ७० हजारसम्मको आम्दानी भएको कृषक […]

पाल्पामा चैतेधानको खेती बर्सेनि घट्दै

पाल्पा। दोस्रो बालीका रूपमा रहेको धान बालीअन्तर्गत पर्ने चैतेधान खेती बर्सेनि कम हँुदै गएको छ । युवा जनशक्ति विदेश पलायन हुन थालेपछि पछिल्लो समय गाउँघरमा चैतेधान लगाउन छाडिएको हो । एक दशक अगाडि सिँचाइ सुविधा पुगेका स्थानमा कृषकले अनिवार्य चैतेधान रोप्ने चलन थियो । तर हिजोआज भने सिँचाइ भएका स्थानमा पनि चैतेधान रोप्न छाडिएको छ […]

नयाँ वर्षको शुभकामना!

नयाँ वर्ष २०७४को उपलक्ष्यमा हाम्रा सम्पूर्ण पाठक, शुभेच्छुक र विज्ञापनदातालाई शुभकामना साथै २०७४ सालको बिहानीको पहिलो किरण  संगै  नेपाल कृषिबाटै आत्मनिर्भर बनोस सबैमा शुभ कामना ।

वैशाख १ गते मात्र फुल्ने अनौठो फूल

सिरहा।  सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ । इसाको छैटौँ–सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका […]

नेपाललाई खाद्यन्नमा आत्मनिर्भर बनाउने प्रयास असफल

काठमाडौं । खाद्यन्नमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारी स्तरबाट गरिएको प्रयास असफल देखिएको छ । सरकारले कृषि विकास मन्त्रालयबाट खाद्यन्नमा नेपाललाई आत्मनिर्भर बनाउने प्रयास गरेपनि त्यो अपर्याप्त रहेको पाइएको हो । हालै मात्र सार्वजनिक गरिएको तथ्यांकमा, नेपालगन्ज भन्सार नाका हुँदै भारतबाट चालू आर्थिक वर्ष ०७३/७४ को आठ महिनाको अवधिमा मात्रै ६ अर्ब ६९ करोड ३५ लाख […]

उखुबाट दिक्क किसान केरा खेतीतर्फ आकर्षित

नवलपरासी। उखु खेतीबाट दिक्क बनेका नवलपरासीका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका छन् । उखु खेती गरेर समयमा रकम र उचित मूल्य पाउनबाट वञ्चित जिल्लाको दक्षिण क्षेत्रका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका हुन् । उखु लगाउन दुई–तीन वर्षपछि उखुको भुक्तानी पाउन बाध्य किसान अहिले नगदे बालीका रुपमा केरा खेतीलाई लिएका हुन् । उखु खेती […]