डडेल्धुरा। डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. ७ पोखराका महिला तरकारी खेतीमा लागेका छन् ।

 धान, गहुँ जस्ता निर्वाहमुखी खेतीमा आश्रित महिलाहरु पछिल्ला दुई/तीन वर्ष यता आलु, काउली, फर्सी, प्याज जस्ता मौसमी र बेमौसमी तरकारीबाट मनग्गे आम्दानी गर्न सफल भएका हुन् ।

हिउँदे तरकारीबाट २५/३० हजार र वर्षे बालीबाट ६० देखि ७० हजारसम्मको आम्दानी भएको कृषक बताउँछन् । त्यहाँ उत्पादित तरकारी भने सदरमुकाम डडेल्धुरा र स्थानीय बजारमा बिक्री गर्ने गरिएको छ ।

जग्गाको अनुपातमा तरकारी खेतीबाट कम उत्पादन र आम्दानी हुने कृषकले मौसमी रुपमा २० हजारदेखि डेढ लाखसम्मको आम्दानी गरिरहेको कृषक नै बताउँछन् । तरकारी खेतीमा देखिने रोगकिरा र असिनापानीबाट हुने क्षतिले भने किसान चिन्तित बनेका छन् ।