मेन्था खेती प्रविधि

मेन्था तुलसी परिवारमा पर्ने एक प्रकारको झार प्रकारको वनस्पति हो । यसको मुल स्थान भूमध्यसागर क्षेत्र हो । पछि यो युरोप, अमेरिका, अष्ट्रेलियामा फाष्टायो । यसको उचाई बढीमा एक मिटर सम्म अग्लो हुन्छ । बहुवर्षिया यो विरुवा हाम्रा गाउंघरमा पाईने पुदिनाको बोट जस्तै हुन्छ । साधारणतया गर्मी हावापानीमा रुचाउने यो वनस्पति तराई क्षेत्रमा राम्रोसंग सप्रने […]

अब घरमै बसि गर्नुहोस सिताके च्याउ खेती

सिताके च्याउ नेपालको पहाडी भेगका जंगलहरुमा पाईने यो च्याउलाई नेपालको विभिन्न भागमा बिभिन्न नामले चिनिन्छ । काठमाडौंमा सिताके च्याउलाई मृगे च्याउ पनि भनिन्छ । यो च्याउ झरीको मौसममा जंगलमा फालिएका काठका मुढाहरुमा पनि उम्रिन्छ । हाम्रो देशमा पनि करीव १५ वर्ष अगाडि सिताके च्याउ खेती ओखर जातका काठका मुढाहरुमा प्रयोगात्मक रुपमा शुरु गरिएको थियो । […]

कृषि उद्यमशीलता विकास गर्दै ‘किसानको पोको’

काठमाडौं। बजारमा भेटिने मिसावटयुक्त र अखाद्य वस्तु छुट्याउन नसकेर हैरान हुनेलाई मिठो र अर्गानिक उत्पादन पस्कँदै आएको ‘किसानको पोको’ कार्यक्रमले कृषकहरुमा पनि कृषि उद्यमशीलता पनि बढाउँदै लगेको छ । सो कार्यक्रमले राजधानीमै बसेर दुर्गम र विकट क्षेत्रमा उत्पादित स्वच्छ कृषिजन्य वस्तु उपभोग गर्ने रहर पुरा गर्दै आएको छ । उपभोक्ताहरुको त्यही रहर पुरा गर्नका लागि […]

बढ्न थाल्यो तरकारीको भाउ

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजारमा चैत यता तरकारीहरुको भाउ बढेको देखिन्छ । कालिमाटी फलफूल तथा तरकारी बजार समितिको तथ्याङक अनुसार गोलभेडा, आलु, काउली, मुला, च्याउ, गान्टे मुला, काक्रो, लसुन, हरियो धनीया, ब्रोकाउली लगायतको भाउ बढेको हो । नेपालमा तरकारीको उत्पादन कम भएकाले आयात गरेर बिक्री गर्नुपर्ने अवस्थाका कारण मूल्य बढ्न गएको कालिमाटी फलफूल तथा […]

पशुपक्षी बीमा गराउने क्रम बढ्दै

दाङ। पछिल्लो समयमा जिल्लाका पशुपालक किसानमा पशुपक्षीको बीमा गराउने क्रम बढेको छ । बीमा गराउँदा सरकारले अनुदान दिन थालेपछि दाङ जिल्लामा पशुपछी बीमा गराउने क्रम बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । पशु बीमा गर्दा लाग्ने खर्चमध्ये ७५ प्रतिशत रकम सरकारले अनुदानबापत बीमा कम्पनीलाई भुक्तानी दिएसँगै पशुपक्षी बीमा गराउने क्रम बढेको कार्यालयका प्रमुख […]

बढेन लसुन र प्याजको उत्पादन

ललितपुर। उत्पादन लिनका लागि लामो समय लाग्ने हुँदा व्यावसायिक रूपले खेती गर्दै आएका किसान लसुन र प्याजखेतीमा आकर्षित छैनन् । नेपालमा अरु खालका तरकारीको उत्पादन बढे पनि लसुन र प्याजको उत्पादन भने नबढेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो । काठमाडौँ उपत्यका र त्यस आसपासमा […]

दश टन अवैध मासु बोकेको कन्टेनर नियन्त्रणमा

चितवन। दश टन कुखुराको मासु लिएर आएको कन्टेनर भरतपुरमा नियन्त्रणमा लिइएको छ। भैरहवा नाका हुँदै नेपाल भित्रिएको भारतीय नम्बर प्लेटको यूपी ७० बीटी १७७६ नम्बरको कन्टेन्टर वाईसीएल चितवनको सहयोगमा कुखुरा व्यवसायीले नियन्त्रणमा लिएका हुन्। रामनगरको पानी ट्याङ्कीबाट गए राती १२ बजे नियन्त्रणमा लिइएको कन्टेनर पशु क्वारेन्टाइन चेक पोष्टलाई बुझाईएको छ। प्रतिबन्धित कुखुराको मासु आयात गरिएको […]

एकै पटक दुइ सिंचाई आयोजनाको निर्माण कार्य सुरु

कपिलवस्तु । सिंचाईको समस्याले समस्यामा परेका किसानहरुको लागी कपिलवस्तु नगरपालिकामै एकै पटक दुई वटा सिचाइ आयोजनाको काम सुरुवात भएको छ । सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु नगरपालिकामा एकै पटक दुई सिचाई आयोजनाको निर्माण सुरु भएको छ । कपिलवस्तु नगरपालिका– २ मा लम्तीय सिचाई आयोजना र नगरपलिको वडान नम्बर ८ मा दोहनी सिंचाई आयोजनाको निर्माण सुरु भएको […]

सरकारी जागिरभन्दा दूधको व्यापार राम्रो

सिरहा। सरकारी जागिर भनेपछि मान्छे हुरुक्क हुन्छन् तर निजामती सेवाको खरिदारमा कार्यरत लहान नगरपालिका–१४ का शिवकुमार कामतीलाई दूधको व्यापारमै सन्तुष्टि मिलेको छ । जिल्ला प्राविधिक कार्यालय सिरहामा खरिदार पदमा कार्यरत ४४ वर्षीय शिवकुमार कामतीले कार्यालयभन्दा बाहिरको समयमा दूध खरिद बिक्री गरेरै मासिक ३५ हजार रुपियाँभन्दा बढी आम्दानी गर्नुहुन्छ । दूधको व्यापार गरेको दुई वर्षमै उहाँले […]

कुरीलो खेती प्रविधि

कुरिलो एक बहुवर्षीय तरकारी बाली हो । यसको खेती न्यानो र समशितोष्ण हावापानी भएको खासगरी मध्य पहाडी क्षेत्रमा सफलतासाथ गर्न सकिने भएको हुँदा मध्य पहाडी क्षेत्रको सामुदायीक बन, निजी बन तथा कृषकले आफनो पाखा पखेराहरूमा व्यावसायिक रुपमा कुरीलो खेती गरी अतिरिक्त आम्दानी गर्न सक्ने राम्रो देखिएको छ । यसको जमिनवाट निस्केको कलिलो टुसालाई तरकारीको रुपमा […]