बाँकेमा भूमिहिनको नाममा दुई हजार हेक्टर वन अतिक्रमण
बाँके। बाँकेमा विभिन्न बहानामा वन अतिक्रमण गर्ने क्रम बढीरहेको छ । बाढीपीडित, सुकुम्वासी र भूमिहिनको नाममा वन अतिक्रमण भइरहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । बाढीपीडित र सुकुम्वासीको नाममा वन अतिक्रमण भएको देखिए पनि जमीन हुनेलेसमेत वन अतिक्रमण गरेर भोगचलन गर्दै आएका छन् । वन कार्यालयकाअनुसार एक हजार ९६८ हेक्टर वन अतिक्रमण भएको छ […]





