के नेपालमा बैजनी आलुको खेती सम्भव छ ?

एजेन्सी। आलुको सेवनबाट दीर्घायु बन्न सकिन्छ भन्ने खबर सुन्दा धेरैलाइ आश्चर्य लाग्न सक्छ । सम्झनुहोस यस्तो आलुको सेवनले तपाईको आयु नै बढाउन मद्धत गर्नेछ । प्रसंग हो दिर्घायु बनाउने अनौठो (पर्पल पोटेटो) बैजनी आलुको । पेरू र बोलेभियामा उत्पत्तिस्थल मानिने वैजनी आलु १६ओ शताव्दी मै यूरोपतिर प्रवेश गरेको भएता पनि सन १९८० को दशकमा अमेरिका […]

कार्यक्रमअलैँची जोन, बजेट प्रतिफलविहीन कार्यक्रममा

फिदिम। अलैँचीको उत्पादन र गुणस्तरमा निरन्तर ह्रास आइरहेका बेला पाँचथरको फालेलुङ गाउँपालिकामा सञ्चालित अलैँची जोनमा प्रतिफलविहीन कार्यक्रमलाई प्राथमिकता दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित यस कार्यक्रममा धेरै वटा तालीम, गोष्ठी, कार्यशाला र प्रकाशन–प्रसारणका कार्यक्रम राखिएका छन् । यस्तै अनुदानका कार्यक्रमलाईसमेत प्राथमिकतामा राखिएको छ । तर, अलैँची उत्पादन ह्रासको क्रमलाई न्यून गर्ने, गुणस्तर सुधार […]

गाई तथा बाख्रा पालक किसानलाई पकेट क्षेत्र कार्यक्रम मार्फत अनुदान लिन आव्हान

लमजुङ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत कार्यक्रम अनुसार दूध र मासुको सहज आपूत्र्ति गर्न साझेदारी अवधारण अनरुप गाई तथा बाख्रा पकेट क्षेत्र कार्यक्रम संचालन गर्ने भएको छ । कार्यक्रममा समावेश हुन चाहने कृषक समुह समिति सहकारी , स्थानिय तह, गैर सरकारी संघ संस्थाहरुले सुचना प्रकाशित भएको […]

मकवानपुरको हाँडीखोलामा देशकै ठूलो कृषि केन्द्र बन्दै

मकवानपुर। अलिपरबाट झट्ट हेर्दा कुनै तारे होटल वा रिसोर्ट झैं लाग्ने आकर्षक कटेज, मनोरम पोखरी, डाले घाँसका बोट अनि उखुजस्तै देखिने नेपियर घाँसका बुट्यान, साना साना खोर अनि खोरभित्र आकर्षक स्थानीय जातका कुखुरा तथा हेर्दा स्थानीय झैं लाग्ने उन्नत जातका गिरीराज, लोहाटन, हेमसरा लगायतका कुखुरा अनि ठूला दुईतले कटेजको भुइँतलामा अलग अलग गाई, भैंसी तथा […]

दूग्ध विकास संस्थानका पूर्व महाप्रवन्धक सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

ललितपुर। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का पूर्व महाप्रवन्धक सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीडीसीका पूर्व निमित्त महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जना विरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले संस्थानको दुग्ध वितरण प्रक्रियामा टेण्डर नगरी पुरानै कम्पनीलाई ठेक्का दिएर करोडौं भ्रष्टाचार […]

प्रभावकारी बन्दै पशु बीमा कार्यक्रम

पाँचथर। किसानका लागि पशुधनको सुरक्षाको दृष्टीले राम्रो मानिने पशु बीमा कार्यक्रम पछिल्लो समय पाँचथर तथा ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लामा प्रभावकारी बन्दै गएको छ । कतिपय बीमा कम्पनीले पशु बीमा गर्दा त्यसमा रु एक सय थप्दा पशु धनीकोसमेत बीमा हुने भएपछि पछिल्लो समय पाँचथरमा पशु बीमातर्फ किसानमा आकर्षण बढ्दै गएको छ । पशुका लागि बीमाका विषयमा […]

अब बाँदर व्यवस्थापन कार्यक्रम !

ललितपुर। पशु पालन र कृषि कार्यक्रम सुनिएकै हो । अब बाँदर व्यवस्थापन कार्यक्रम पनि आएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले बाँदर व्यवस्थापन विशेष कार्यक्रम ल्याएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको निर्देशनालयको हेटौंडास्थित कार्यालयले यस आर्थिक वर्षमा स्वीकृत गरेको ११ वटा कार्यक्रमहरुमध्ये बाँदर व्यवस्थापन कार्यक्रम पहिलो नम्बरमा छ । यसका […]

दशैँमा मासुको अभाव नहुने, विदेशी पशुपंक्षी आयातमा अनिवार्य क्वारेन्टाइन जाँच

ललितपुर। यस वर्षको दशैँमा उपत्यकाभित्र मासुको अभाव हुन्छ भन्ने समाचारमा कुनै सत्यता नरहेको पशुपक्षी विभागले जनाएको छ । विभागले विज्ञप्ति प्रकाशित गरी यस्तो प्रतिक्रिया दिएको हो । उपत्यकामा झण्डै ३५ देखि ४० लाख मानिसको बसोबास रहेको अनुमान छ । नागढुङ्गा प्रहरी चेकपोष्टले दशैमा झण्डै २० देखि २५ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ भने […]

कागती, स्याउ, आँप, सुन्तला खेती गर्ने किसानलाई अनुदान लिने अवशर

ललितपुर। राष्ट्रिय फलफूल विकास केन्द्रले निजी क्षेत्रमा फलफूल खेती विस्तार कार्यक्रमको लागि किसानलाई अनुदान दिने भएको छ । आर्थिक वर्ष ७६/ ७७ को स्वीकृत कार्यक्रम अनुसार ईच्छुक फर्म, कम्पनी, संस्था तथा कृषक समुह, कृषि सहकारीले सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरमा दर्ता हुन सक्ने केन्द्रले जनाएको छ । कार्यक्रम […]

गरिमा जातको हाइब्रिड धानमा बाला लागेन

चितवन। यस जिल्लामा लगाइएको आयातीत ‘हाइब्रिड’ गरिमा जातको धानको बालाको शुरुआती चरण नै हुन नसकेपछि कृषक चिन्तित बनेका छन् । रत्ननगर नगरपालिका वडा नं १० का कृषक ओमप्रसाद रेग्मीले आफ्नोे पाँच कट्ठा खेतमा लगाएको गरिमा जातका धानको गाँज ठूलो भएको तर पसाउन नसकेको बताए । स्थानीय साझा एग्रोभेटबाट प्रतिकिलो रू.३५० का दरले किनेर लगेको बीउको […]